• ११ जेठ २०८१, शुक्रबार

काठेखोलामा पाँच वर्षमै उल्टियो नतिजा

blog

नवीन शिशिर विक
बागलुङ, जेठ ५ गते ।
बागलुङको काठेखोला गाउँपालिकामा पहिलो स्थानीय तह निर्वाचनमा (नेकपा एमाल)ले पालिका प्रमुखसहित बहुमत वडा जितेको थियो ।

एमाले र राष्ट्रिय जनमोर्चाको गठबन्धनले पहिलो निर्वाचनमा सुःखद नतिजा निकाल्दै कार्यपालिकामा पनि सहज बहुमत पु-यायो । गाउँपालिका प्रमुखमा नेकपा (एमाले)का अमरबहादुर थापा र उपप्रमुखमा राष्ट्रिय जनमोर्चाका अर्जुनबहादुर खत्री विजयी हुनुभएको थियो ।

पहिलो स्थानीय तह निर्वाचन भएको पाँच वर्षपछि वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पहिलो पटक पराजित भएको नेपाली काँग्रेसले पाँच वर्ष अघिको नतिजा उल्टाएको छ ।

तत्कालिन गठबन्धनले जितेको पालिका प्रमुख र उपप्रमुखसहित वडा अध्यक्षमा पनि त्यही मात्रामा विजयी भएको छ ।

गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका राजु थापा र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तेजबहादुर थापा ‘तिलक’ विजयी हुनुभएको छ ।

काठेखोला गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको पार्टी संगठन र जनमत निर्णय देखिन्छ । नेकपा एमाले र नेपाली काँग्रेसको शक्ति सन्तुलन हुँदा जनमोर्चा जुन पार्टीसँग एकता गर्छ त्यसको  पोल्टोमा निर्वाचनको  नतिजा पर्ने प्रमाणित भएको छ ।

अध्यक्षमा विजयी राजु थापाले सात हजार ७५१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी छ हजार ३७६ मत ल्याउनुभएको थियो । उपाध्यक्षमा तेजबहादुर थापाले ट हजार ७१२ मत ल्याउँद एमाले उम्मेदवार कोपिला पुनले ट हजार ४४८ मत प्राप्त गर्नुभयो ।

गाउँपालिकाको वडा–१ मा नेपाली काँग्रेसका खड्क थापा, वडा–२ मा नेकपा एमालेका विद्यापति शर्मा, वडा–३ मा एमालेका कुलबहादुर विक, वडा–४ मा जनमोर्चाका लक्षमण पुन, वडा–५ मा नेपाली काँग्रेसका ज्ञामनाथ गैरे, वडा–६ मा काँग्रेसका वृहस्पती शर्मा, वडा–७ मा एमालेका प्रेम लामिछाने र वडा–८ मा काँग्रेसका परमानन्द कँडेल विजयी हुनुभएको छ ।

पहिलो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले पाँच, काँग्रेसले तीन वटा वडाअध्यक्ष जितेको थियो । अहिले त्यही मात्रामा काँग्रेस र जनमोर्चाले जित निकालेका छ ।