आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलले तेश्रो रोयल यू–२३ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुवात गरेको छ । ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा रोयलले टिम सिंहलाई ७६–३० को फराकिलो अन्तरले हरायो ।
केन्द्रीय सुरक्षा समितिको बैठक गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बिहीबार बस्यो । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा ३० वैशाखमा एकै चरणमा मुलुकभर सम्पन्न स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थापनबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
महोत्तरीको मटिहानी नगरपालिकामा मेयर र उपमेयरमा लोतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल विजयी भएका छन् । लोसपा नेपालका हरिप्रसाद मण्डल दोस्रो पटक मेयर पद दोह¥याउँ विजयी हुनु भएको छ । उपमेयरमाा भने लोसपा नेपालका मंजुदेवी विजयी हुनु भएको छ ।
काठमाडौं, जेठ ५ गते । नेपाली अभिनेत्री सुरक्षा पन्त रातो पहिरनमा सजिएर कान्सको रेड कार्पेटमा सहभागी हुनुभएको छ । आफ्नो अभिनय रहेको अन्तर्राष्ट्रिय फिल्म 'द एट माउन्टेन्स' को स्पेशल स्क्रिनका लागि पन्त कान्स फिल्म फेष्टिभलमा सहभागी हुनुभएको हो । पन्तले उक्त चलचित्रको टिमसहित कान्सको रेड कार्पेटमा वाक गर्नुभएको छ । फेष्टिभलमा इटालियन कलाकार, बेल्जियमका निर्देशकद्वय फिलिक्स भ्यान ग्रोनिगेन र शार्लोट भ्यान्डामेर्शसहितको सहभागिता देख्न सकिन्छ । कान्सको अफिसियल निमन्त्रणामा रेड कार्पेटमा हिँड्ने सुरक्षा पहिलो नेपाली कलाकार हुन् । यस्तै, फेस्टिभल मे १७ देखि २८ सम्म फ्रान्समा आयोजना हुने बताइएको छ ।
जिल्लाका नवनिर्वाचित १० पालिका प्रमुखहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बुधबारसम्म आएको अन्तिम मतपरिणाम अनुसार नवनिर्वाचित १० गाउँपालिकाका प्रमुखहरुले बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
बागलुङको बडिगाड गाउँपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकीा गण्डकी थापा गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
रौतहटको गौर नगरपालिका प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार शम्भु साह विजयी हुनुभएको छ ।
काठमाडौं, जेठ ५ गते । ३४ वर्ष पुरानो सडक दुर्घटनासम्बन्धी मुद्दामा भारतको उच्च न्यायलयले पञ्जाब काँग्रेसका पूर्वअध्यक्ष, कमेडियन तथा क्रिकेटरसमेत रहेका नवजोत सिंह सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएको छ ।भारतीय सञ्चारमाध्यमले जनाए अनुसार सिद्धुलाई आजै गिरफ्तार गरिने छ । सिद्धुको आक्रमणबाट एक वृद्धको ज्यान गएको थियो । अदालतले चार वर्षअघिको फैसलालाई पनि पुनरावलोकन गरेको छ । त्यसबेला उनलाई १ हजार भारु धरौटीमा छाडिएको थियो ।
पक्राउ पर्नेमा धनुषा जिल्लास्थित नगराईन नगरपालिका–८ का अकौरा टोल बस्ने ३५ वर्षीय धर्मेन्द्र पासमान, ३० वर्षीय राजिव पासमान, ५८ वर्षीय श्रीनारायण पासमान र ३१ वर्षीय राजिव पासमान रहेको रहेका छन् ।
रौतहटको मौलापुर नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का रिनाकुमारी साह निर्वाचित हुनुभएको छ । पाँच हजार ५६४ मत प्राप्त गरी साह दोस्रो पटक नगरप्रमुखमा निर्वाचित हुनुभएको हो ।
जुम्लाको गुठीचौर गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका दानबहादुर बुढा विजेयी हुनु भएको छ । निर्वाचन कार्यालय गोठिचौरका अनुसार कांग्रेसका बुढाले एक हजार सात सय ७५ मत प्राप्त गरी विजेयी हुनु भएको छ ।
लगातार तेस्रो हारसँगै नेपाली राष्ट्रिय महिला टोलीले युगान्डाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिज गुमाएको छ । पाँच खेलको सिरिजमा पाहुना टोली युगान्डा दुई खेल अगावै विजयी भएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा बिहीबार भएको तेस्रो खेलमा नेपाल युगान्डासँग ६ विकेटले पराजित भयो ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका दीपककुमार रिसाल विजयी हुनुभएको छ । निर्वाचन अधिकृतकाे कार्यालय अनुसार उहाँले नौ हजार ६९२ मत ल्याउनुभएकाे छ । रिसालका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उद्वव विष्टले आठ हजार ५०४ मत प्राप्त गर्नुभयो । नेकपा एकीकृत समाजवादीका गोपालप्रसाद बरालले एक जार ८४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार घिमिरेले ८४० मत ल्याउनुभयो ।
दुई वडाको मत गन्न बाँकी छँदै तनहुँको भानु नगरपालिकाको प्रमुख तथा उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । सो नगरपालिकामा अधिकांश वडा पनि काँग्रेसले नै जितेको छ ।
नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले कृषि क्षेत्र निर्वाहमुखी रहेको बताउनुभयो ।