ताप्लेजुङ समाचारदाताताप्लेजुङ, वैशाख ५ गते । ताप्लेजुङको पर्यटकीय क्षेत्र सुकेटार नजिक देउरालीमा रेडपान्डा अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण गरिएको छ । फुङ्लिङ नगरपालिका–९, हाङ्देवास्थित देउराली सामुदायिक वनमा दुर्लभ वन्यजन्तु रेडपान्डाको अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण गरिएको हो । जिल्लास्थित हिमाली संरक्षण मञ्च र रेडपान्डा नेटवर्कले रेडपान्डा अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण गरेका हुन् । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने गरी केन्द्र निर्माण गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । राईका अनुसार अध्ययन तथा अनुसन्धान केन्द्र स्थापनाका लागि कुल एक करोड ५७ लाख रुपियाँको लागतमा भवनसहितका संरचना निर्माण गरिएको छ । मञ्चको सहजीकरण र रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा भौतिक संरचना निर्माण गरिएको राईले जानकारी दिनुभयो । उहाँका अनुसार वातावरणमैत्री संरचना भएकाले जैविक निर्माण सामग्री प्रयोग गरिएको छ । निर्माण कम्पनी एसएनपीका आयोजना सुपरभाइजर अमृत भट्टराईका अनुसार संरचना निर्माणमा वातावरणमैत्री कच्चा पदार्थ र स्थानीय उत्पादनका सामग्री प्रयोग भएको छ । भट्टराईले गोबर, खरानी, अन्डाको खोल, शुद्ध तोरीको तेल, चुना, माटो, परालको टुक्रालाई मुछेर (मिश्रण) स्रोत केन्द्र निर्माण कार्यमा प्रयोग गरिएको बताउनुभयो । उल्लेखित निर्माणसामग्री प्रयोगले संरचना वातावरणमैत्री बन्नुका साथै बलियो, टिकाउ र मौसम अनुकूूलित प्रकृतिको हुने पनि उहाँले बताउनुभयो । अहिले भवन निर्माणको कार्य करिब ९९ प्रतिशत सम्पन्न भएको र चाँडै सञ्चालनमा आउने बताइएको छ ।यता केन्द्र स्थापनाले वन र दुर्लभ वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने विश्वास राखिएको देउराली भित्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निमाक्रिक्या शेर्पाले बताउनुभयो । स्थानीय जैविक विविधता संरक्षणलगायत वातावरणमैत्री सेवाको प्रवर्धन, सदुपयोगसहित पर्यटन प्रवर्धन गरी उपभोक्ता समूहको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले पनि केन्द्र निर्माण गरिएको शेर्पाले बताउनुभयो । दुर्लभ रेडपान्डासहित संरक्षित जङ्गली जनावर, जडीबुटीलगायत प्रजातिको प्रदर्शनी स्थलका रूपमा विकास गर्ने योजना रहेकोस उहाँको भनाइ छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को ऊर्जामन्त्रीस्तरीय बैठकमा विद्युत् सञ्जाल विस्तारका लागि प्राविधिक तथा नीतिगत समन्वय क्षमता विस्तारबारे छलफल हुने भएको छ । बुधबार र बिहीबार हुने ऊर्जामन्त्रीस्तरीय बैठक भर्चुअल रूपमा नेपालले आयोजना गर्नेछ । बिम्स्टेकमा बङ्गलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलङ्का र थाइल्यान्ड सदस्य छन् । यस पटकका लागि बिम्स्टेक क्षेत्रमा विद्युत् प्रसारण लाइन सञ्जालको एकीकृत योजना निर्माण, विद्युत्को व्यापार सहजीकरण र भारतको बैङ्ग्लोरमा स्थापना गर्ने भनिएको बिम्स्टेक ऊर्जा केन्द्रको विषय मुख्य एजेन्डा रहेका छन् ।
हुुम्ला समाचारदाताहुुम्ला, वैशाख ५ गते । पवित्र धार्मिकस्थल कर्णाली नदीको दोभान रहेको खार्पुनाथ शिवालयमा पर्यावरणीय पार्क निर्माणको कामले तीव्रता पाएको छ । कर्णाली नदी र दोजाम कर्णालीको दोभानमा रहेको टापुुमा पर्यावणीय पार्क निर्माण भइरहेको हो । पार्क निर्माणले टापुुको संरक्षणका साथै पर्यटन क्षेत्रको प्रवद्र्धनमा समेत सहयोग पुुग्ने अपेक्षा गरिएको छ । अहिले दुुवै नदीको किनारामा ग्याबिन जाली लगाएर टापुको संरक्षण काम भइरहेको छ । टापुुमा पर्यटकहरू बस्न र रमाउन पार्क निर्माणका साथै मध्यक्षेत्रमा शिव मन्दिर पनि निर्माण गरिने योजना रहेको छ । यसअघि दुुवैतिरको नदीको कटानले टापुु जोखिममा रहेको थियो । सिमकोटबाट नजिक रहेको शिवालयमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सक्ने सम्भावना रहेकाले पार्क निर्माण गर्न लागिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताउनुभयो । उहाँले पार्क निर्माणका लागि प्रदेश सरकारले सवा चार करोड रुपियाँ आर्थिक सहयोग गरेको जानकारी दिनुभयो । पार्कमा धार्मिक पर्यटकका लागि मन्दिर दर्शन, प्राकृतिक रूपमा आउने तातो पानीमा नुहाउने सुविधाका साथै थप मनोरञ्जन प्रदान गर्नका पार्क सहयोगी हुने उहाँको दाबी छ । गत भदौमा पर्यावरणीय पार्क निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको छ । तीन वर्षसम्म सम्पन्न गर्ने गरी पार्क निर्माणको योजना सम्झौता भए पनि आगामी फागुनसम्म काम सम्पन्न गर्ने निर्माण कम्पनी पक्षले जनाएको छ । खार्पुनाथ शिवालयबाट टापुुमा जानका लागि यसअघि नै ट्रसब्रिज निर्माण गरिसकिएको छ । हाल खार्पुमा दैनिक ५० जनाभन्दा बढी आन्तरिक पर्यटकहरू भित्रिने गरेका छन् भने बाह्य पर्यटकहरू पनि बढ्ने अपेक्षा गरिएको छ ।
केही दिनयता नेपाली अखबार श्रीलङ्का सङ्कटमाथिका व्यापक चर्चा÷परिचर्चाले भरिएका छन् । श्रीलङ्का केही दशकअघिसम्म दक्षिण एसियाको सबैभन्दा समुन्नत र बलियो अर्थव्यवस्थामा गनिन्थ्यो । सन् २००३ देखि २०१२ सम्म लगातर लगभग सात प्रतिशतको आर्थिक वृद्धिदर कायम थियो ।
गलकोट समाचारदाताबागलुङ, वैशाख ५ गते । बागलुङको काठेखोला गाउँपालिका–२, भीमा पोखरा सीमा निवासी मेखबहादुर आले कृषि पेसामा आबद्ध हुनुहुन्छ । जीवनको ऊर्जाशील समय घाँस दाउरा, मेलापातमा बिताएका आले हरेक दिन भैँसीलाई घाँस पानी हाल्नदेखि दैनिक उपभोग्य सामग्री खरिद गर्न घरदेखि करिब चार/पाँच किलोमिटर माथि रोका जानुहुन्थ्यो । उकालो खरबारी र खेतको डिलमा बनेका साँघुरा र चिप्लो बाटो भारीसँग तलमाथि गर्दा धेरै पटक लड्न पुग्नुभयो । घाइते भएर कैयौँ पटक बिस्तारामै बस्नुपर्ने बाध्यता भयो । उकालो बाटोमा व्यवस्थित पद मार्ग नहुँदा सोही बाटो भएर ओहोरदोहोर गर्ने धेरैलाई समस्या थियो । बर्खामा काउली परेको गोरेटोमा खुट्टा टेकाउनै मुस्किल हुन्थ्यो । विशेष गरी चिप्ले चौर–बिटासम्मको गोरेटो बाटो व्यवस्थित हुँदा मान्छे मात्र होइन सोही बाटो भएर खेती बालीको समयमा गोरुसमेत ल्याउन र लैजान मुस्किल थियो । वडामा जनप्रतिनिधि आए पछि काठे खोला–२ को विभिन्न ठाउँमा रहेका धेरै प्रयोगमा आउने गोरेटो बाटाहरू पदमार्गमा स्तर वृद्धि भएका छन् । चिप्ले चौर–बिटा गोरेटो बाटोमा अहिले व्यवस्थित पदमार्ग निर्माण भएको आलेले बताउनुभयो । बैँसमा घाँस दाउरा गर्न यो बाटो निकै कठिन थियो आलेले भन्नुभयो, अहिले बुढेस्काल लागेपछि बाटो बन्यो, लौरो टेकेरै भए पनि तलमाथि गर्न सजिलो भएको छ । मोटर बाटो विस्तार भएपछि मासिएका गोरेटो बाटोलाई वडा कार्यालयले प्राथमिकतामा राखेर स्तर वृद्धि गरेको वडाध्यक्ष विद्यापति शर्माले बताउनुभयो । डोकोभरि मल बोकेर खेतबारीमा हिँड्दा लिरिक्क लर्कने डहरो, उकाली ओराली गर्ने साँघुरो गोरेटा पद मार्गमा रूपान्तरण भएका छन् । कतै चिप्लिएर लडिन्छ की भने आङ सिरिङ्ग हुँदै हिँड्नु पर्ने गोरेटो सुधार हुँदा बालबालिका, ज्येष्ठ नागरिक र खेती किसानमा निस्कने किसानलाई राहत मिलेको छ ।सडक मार्गको पहुँच नपुगेका सबै बस्तीलाई पदमार्गले जोडेको वडाध्यक्ष शर्माको भनाइ छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा आबद्ध मजदुर प्रयोग गरेर वडाले गोरेटो बाटोलाई पदमार्गका रूपमा विकास गरेको हो । बेरोजगार सूचीमा परेका युवालाई काम पनि पुग्ने र परिमाण पनि देखिने हुँदा उनीलाई पदमार्ग निर्माणमा लगाइएको थियो । पदमार्गको कुनै ठाउँमा ढुङ्गा प्रयोग गरिएको छ भने कतै सिमेन्टको सिँढी निर्माण गरिएको छ । सडकले नछोएको बस्ती र खेतबारीमा पदमार्ग निर्माण गरिएको छ । निकै कठिन गोरेटो भएको झहरे श्मसान घाटमा पनि पदमार्ग निर्माण गरिएको छ । धेरै भिरालो, सल्लाको वन त्यसमाथि रातो माटो हुँदा शव लिएर श्मसान घाट पुग्न निकै जोखिमपूर्ण थियो । अहिले सहज भएको भीमा पोखराका स्थानीय रामप्रसाद शर्माको भनाइ छ ।
नेपालबाट गैरकानुनी रूपमा विदेशिएका लिच्छवि र मल्लकालीन मूर्ति फिर्ता गर्ने कार्यले पछिल्लो समय गति लिएको छ । अमेरिका, फ्रान्स, बेलायत, जर्मनलगायत देशबाट ७९ वटा मूर्ति फिर्ता ल्याइसकिएको छ । बेलायतका एक नागरिकको निजी सङ्ग्रहमा रहेका तीन मूर्ति फिर्तासम्बन्धी सम्झौतापत्रमा विश्व सम्पदा दिवसकै दिन सोमबार हस्ताक्षरसमेत हुँदैछ । यद्यपि पद्मपाणि लोकेश्वेर, शाक्यमुनि बुद्ध र नागराजको मूर्ति कहाँबाट कहिले चोरिएको थियो भन्ने विषयचाहिँ अध्ययन र खोजमै रहेको छ ।
स्थानीयवासी र सुरुङ मार्ग आयोजनाबीच सहमति भएसँगै थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । आयोजनाको कार्यालयमा स्थानीयवासीले आक्रमण गरेपछि एक हप्तादेखि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य ठप्प भएको थियो ।
निर्वाचन आयोग र राजनीतिक दलका गतिविधि स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको निर्वाचन आयोगको भनाई छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तरक्रिया र भेला निर्वाचनसम्बन्धी विषयमा केन्द्रित छ भने आयोगले निर्वाचनका लागि आवश्यक सामग्रीको व्यवस्थापन र तालिम प्रशिक्षण करिब पूरा गरेको जनाएको छ । निर्वाचनसम्बन्धी गतिविधि र कार्यक्रम अब केन्द्रबाट प्रदेश हुँदै स्थानीय तहतर्फ उन्मुख भइसकेको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो । एसईई वैशाख ९ गतेबाट सुरु हुँदैछ ।
अमरगढी समाचारदाताडडेल्धुरा, वैशाख ५ गते । स्थानीय तहको निर्वाचन हुन २६ दिन बाँकी रहँदा सत्ता गठबन्धन दलहरूबीच डडेल्धुरामा कुन पालिका कसले लिने भन्नेमा सहमति हुन सकेको छैन । केन्द्रको निर्णयअनुसार गठबन्धनमा जाने सहमति गरेका दलले मनोनयनको दिन नजिकिँदासम्म ठोस निर्णय गर्न सकेका छैनन् । काँग्रेस जिल्ला कार्य समिति सभापति भीमबहादुर साउदले शनिबार बैठक बसेर उम्मेदवारको सहमति गरिने बताउनुभएको थियो तर आइतबारसम्म पनि सहमति हुनसकेको छैन । नेकपा माओवादी केन्द्रले सातवटा पालिका रहेको डडेल्धुरामा एउटा नगरपालिकासहित दुईवटा गाउँपालिकामा दाबी गरिरहेको छ । माओवादीले परशुराम नगरपालिका, आलिताल गाउँपालिका र अजयमेरु गाउँपालिकामा दाबी गरेको हो । माओवादीले ०७४ को स्थानीय चुनावमा अजयमेरु जितेको थियो । नेकपा (एमाले)ले सदरमुकाम रहेको अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा जितेकोमा अहिले नवदुर्गाका अध्यक्ष र उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी)का प्रवेश गरेका छन् । समाजवादीले नवदुर्गा र अमरगढी नगरपालिका दाबी गरेको छ । अमरगढीका निर्वाचित उपप्रमुख पनि अहिले समाजवादीमा छन् । गत चुनावमा पर्शुराम नगरपालिका, अजयमेरु, भागेश्वर, गन्यापधुरा र आलिताल गाउँपालिका जितेको काँग्रेसले सातैवटा पालिकामा दावेदारी गरिरहेको छ । काँग्रेसको सातौँ जिल्ला अधिवेशनबाट असन्तुष्ट बन्नुभएका तत्कालीन जिल्ला कार्य समिति सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले सातवटा पालिकामा काँग्रेस एक्लै लड्नुपर्ने र आफूहरूको चित्त नबुझे सातै पालिका र ५२ वटै वडामा बागी उम्मेदवार बनाउने चेतावनी दिइरहनुभएको छ । डडेल्धुरामा गठबन्धनको विपक्षी दल नेकपा (एमाले)ले भने ५२ वटा वडा रहेको डडेल्धुराका ४४ वडामा वडाध्यक्ष र सदस्यको उम्मेदवारीको टुङ्गो लगाइसकेको छ भने बाँकी वडामा पनि सहमतिका आधारमा टुङ्ग्याइने एमाले डडेल्धुरा अध्यक्ष प्रकाशबहादुर साउदले बताउनुभयो ।
सर्लाही समाचारदातासर्लाही, वैशाख ५ गते । सर्लाहीका उखु किसानले गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहबाट चिनी निकासीमा रोक लगाएका छन् । उद्योगलाई दुई महिनाअघि बिक्री गरेको उखुको पैसा नदिएको तर चिनी भने बजारमा लगेर बिक्री गरिरहेको भन्दै किसानले चिनी निर्यातमा रोक लगाएका हुन् । आफूले बेचेको उखुको पैसा भुक्तानी नगरेसम्म उद्योगको उत्पादन बाहिर लान नदिने किसानको अडान छ । चिनी उद्योगले काठमाडौँ लाग्नका लागि लोड गरिएको ट्रक किसानले रोकेपछि सो चिनी पुनः गोदाममै राखिएको छ । उखु किसान रामदिनेश यादवले सम्झौताअनुसार उखुको भुक्तानी नदिएपछि चिनी उद्योगविरुद्ध आन्दोलनमा उत्रनु परेको बताउनुभयो । उद्योगले चिनी खुरुखुरु बिक्री गरिरहेको तर किसानको रकम भुक्तानी गरेको छैन । किसानले उद्योगबाट १८ लाख रुपियाँ भुक्तानी लिन बाँकी रहेको बताएका छन् । महालक्ष्मी चिनी उद्योगका सञ्चालक वीरेन्द्र कनौडियाले ९० प्रतिशत किसानको भुक्तानी गरिसकेको र बाँकी किसानलाई भने क्रमैसँग भुक्तानी गर्ने बताउनुभएको छ । उद्योगपति कनौडियाले किसानको नाममा केही दलाल प्रवृत्तिका व्यक्तिले उद्योगमा आएर अनावश्यक दुःख दिइरहेको गुनासो गर्नुभयो । सर्लाहीका तीनवटा चिनी उद्योगमध्ये यो वर्ष इन्दुशङ्कर चिनी उद्योग हरिवन र अन्नपूर्ण चिनी उद्योग धनकौलबाट भुक्तानीबारे यो वर्ष गुनासो आएको छैन । उखु किसानले यो वर्ष पनि सरकारी अनुदान रकम भने अझै नपाएको गुनासो गरेका छन् । उद्योगी र सरकार दुवै पक्षबाट बेलैमा भुक्तानी नपाउँदा उखु किसान आजित भइरहेका छन् ।
सुकृत नेपालकाठमाडौँ, वैशाख ५ गते । माया प्रेमको कथालाई नै निरन्तरता दिएको विषयवस्तुमा बनेको चलचित्र ‘ए मेरो हजुर ४’ झरना थापाको निर्देशनमा फेरि रजतपटमा देखापरेको छ । स्वर्गीय शिव रेग्मीको निर्देशनबाट सुरु भएको ‘ए मेरो हजुर’ को शृङ्खलालाई निरन्तरता दिँदै बनेको चलचित्र सुनिलकुमार थापाको लगानी र झरना थापाको निर्देशनमा यसअघि दोस्रो र तेस्रो संस्करण पनि बनिसकेका छन् । मिलन–बिछोड र रुवावासी नै जसरी अधिकांश नेपाली चलचित्रहरूका आधार बनेका छन् । र, ए मेरो हजुर ४ पनि त्यसबाट उम्किन सकेको छैन । यसअघि साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बानियाँलाई लिएर थापाले ‘ए मेरो हजुर २’ बनाएकी थिइन् भने तेस्रोमा अनमोल केसीसँग आफ्नी छोरी सुहाना थापालाई डेब्यु गराएकी थिइन् । अनमोल र सुहानाकै जोडी ‘ए मेरो हजुर ४’ मा दोहोरिएको छ । निर्देशक थापाले यसमा पनि प्रेमकै कथा छानेकी छिन् । प्रेममै संसार अडिएको छ भन्छन्, तर उनको यस प्रेमकथा भने बक्स अफिसमा कतिञ्जेल अडिन्छ भन्ने कुरालाई चलचित्रको सफलताले निक्र्योल गर्नेछ । धनी परिवारका एक्ला छोरा हुन् प्रेम (अनमोल केसी) । प्रेमलाई पैसाको दुःख छैन तैपनि उनी कामलाई सर्वोपरि मान्छन् । आफूले मिहिनेत गरेर कमाएको प्रतिष्ठा नै आफ्नो लागि ठूलो कुरा भन्ने प्रेम ठान्दछन् । प्रेमका बुवा (सरोज खनाल)ले प्रेमलाई बारम्बार आफ्नो व्यवसायमा सघाउन आग्रह गर्छन्, तर प्रेम आफ्नै रोजगारमा रमाउँछन्, बुवाको कुरालाई टार्छन् । प्रेम, एउटा क्याफेमा कफी बनाउने काम गर्छन् । नेवार परिवारमा हुर्किएकी आर्या (सुहाना थापा) लाई बुवा रवि गिरीको डाक्टर बनाउने सपना छ तर उनी आफ्नै जन्डो पारामा मस्त छिन् । उनी रक्सी पिउँछिन्, परिआउँदा केटाहरूलाई झापड हान्छिन् र आफूलाई मन लागको जे पनि गरिदिन्छिन् । प्रेम र आर्याको भेट आर्याको हराएको कुकुर (टोनी)बाट हुन्छ । टोनीकै कारण यी दुईबीच माया बस्छ । यी दुवैको प्रेम र त्यसमा आउने आरोह–अवरोहमै चलचित्रको मुख्य कथा घुमेको छ । चलचित्रको मध्यान्तरसम्म प्रेम र आर्याको माया र नाचगानमा सकिएको छ । घरपालुवा कुकुरले चलचित्रमा अधिक प्राथमिकता पाएको छ । कहिलेकाहीँ त यस्तो लाग्छ टोनीका अघिल्तिर सबै कलाकार सहायक हुन् । चलचित्रको कथा जनावर प्रेमप्रति बडो संवेदनशील छ । यतिसम्म कि टोनीलाई न्याय दिलाउनको खातिर पे्रम र आर्या अदालतसम्म पुग्छन् । न्यायाधीशको भूमिकामा किरण केसी छन् । उनले बहसपछि दिएको निर्णयमा निर्देशक अलि बढी महìवाकाङ्क्षी देखिएकी छिन् । निर्देशकले नेपाल पुलिसलाई पनि चलचित्रमा व्यङ्ग्य गर्न खोजेकी छिन् । यस्तै चलचित्रमा नेपालमा भएको बङ्गलादेश विमान दुर्घटनाको प्रसङ्ग जोडिएको छ । यसले कथालाई पूर्णता दिन कोसिस गरेको छ । आफ्नो लभर ब्वायको इमेजमा टिक्न अनमोलले कुनै कसर छाडेका छैनन् तर उनले आफ्नो अभिनय कौशल देखाउने पर्याप्त मौका भने यस पटक पनि पाएका छैनन् । आफ्नो दोस्रो चलचित्रमा सुहानाले केही नयाँ गर्न खोजेको देखिन्छ । उनले यस चलचित्रमा यथेष्ट प्राथमिकता पनि पाएकी छिन् । नेवार पहिरन र लवज उनलाई एकदमै सुहाएको छ । रवि गिरीसँग जति कौशल छ त्यसको पर्याप्त उपयोग चलचित्रमा हुन पाएको छैन । सलोन बस्नेत, रिअर राई र सरोज खनालले खासै प्रभावकारी भूमिका पाएका छैनन्, त्यसैले उनीहरूको काम औसतमै टुङ्गिएको छ । चलचित्रको सङ्गीत र सिनेम्याटोग्राफीमा भने राम्रो काम भएको छ । समग्रमा चलचित्र एक पटक हेर्दा पछुताउनु पर्दैन । आशा छ, आगामी चलचित्रमा निर्माता÷निर्देशकले आफ्नो मेकिङमा स्तरोन्नति गर्नेछन् र दर्शकले यिनका चलचित्र दोहो¥याई तेह¥याई हेर्नेछन् । गुणवत्तामा ध्यान दिइएको खण्डमा आफ्नो चलचित्रले प्राथमिकता पाएन, हलवालाले दुःख दिए भनेर गुनासो गर्ने ठाउँ रहने छैन ।
दैलेख समाचारदातादैलेख, वैशाख ५ गते । लगानी अभावका कारण नौ वर्षदेखि अलपत्र रहेको दैलेखको अपर पराजुली साना जलविद्युत् आयोजनाको निर्माणले अब गति लिने भएको छ । कर्णाली प्रदेश सरकारले जनताको जलविद्युत् (सञ्चालन र व्यवस्थापन) कार्यविधि २०७५ का आधारमा पाँच करोड रुपियाँ लगानी गर्ने भएपछि यो आयोजनाको निर्माण अगाडि बढ्ने भएको हो । यसबाहेक प्रदेश सरकारले सात करोड रुपियाँ पनि जुटाइदिने भएको आयोजना कार्यालयले जानकारी दिएको छ ।निजी क्षेत्रको लगानी रहेको यो आयोजनामा डुङ्गेश्वर गाउँपालिकाको २५ लाख रुपियाँ खर्च भएको छ । सो गाउँपालिकाका अध्यक्ष नगेन्द्र मल्लले आव २०६७÷७७ मा अपर पराजुली साना जलविद्युत् आयोजना निर्माणका लागि सेयरबापत २५ लाख रुपियाँ भुक्तानी दिएको बताउनुभयो । यो आयोजनालाई एभरेस्ट बैङ्क, सिद्धार्थ बैङ्क र मेगा बैङ्कको ७० प्रतिशत र लगानीकर्ताको ३० प्रतिशत गरी ५५ करोड रुपियाँको लागतमा निर्माण सुरु गरिएको थियो । दैलेखको डुङ्गेश्वर गाउँपालिका–४, ब्युराखेतमा निर्माण भइरहेको २.१५ मेगावाट जलविद्युत् आयोजनाको ८० प्रतिशत काम पूरा भए पनि आर्थिक अभावका कारण आयोजना सम्पन्न हुन सकेको थिएन । २०७२ देखि निर्माण कार्य सुरु भएको यो आयोजनाको हेडवक्र्स, पाइपलाइन बिछ्याउने, विद्युत्गृह निर्माणलगायतका काम करिब आधाभन्दा कम नै भएको छ । आयोजनाको नौ सय मिटर क्यानल निर्माण गरिएको छ । एक हजार ४४० मिटर पाइपलाइन, दुई हजार सात सय मिटर कुलो गरी चार किलोमिटर टाढाबाट पानी ल्याई टर्वाइनमा झारेर विद्युत् उत्पादन हुनेछ । लगानी स्रोत जुटाउन नसकेपछि आयोजनाको कामले गति लिन सकेको थिएन ।सो आयोजनाको प्रवद्र्धक रारा हाइड्रोपावरका अध्यक्ष नरसिंह मल्लले यो आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने पूर्वाधार नहुँदा आयोजनाको काम पछाडि परेको बताउनुभयो ।
मकवानपुर समाचारदाताहेटौँडा, वैशाख ५ गते । आसन्न स्थानीय निर्वाचन नजिकिँदै गर्दा बाल अधिकारको विषय, बाल अधिकारको संरक्षण एवं प्रवद्र्धनका सवालहरूका बारेमा राजनीतिक दलहरूलाई ध्यानाकर्षण गराइएको छ । बाल अधिकारको विषयलाई दलको घोषणापत्रमा समावेश गर्न आग्रह गर्दै सिविन–नेपाल, मकवानपुरले मकवानपुरमा जिल्लामा क्रियाशील राजनीतिक दलहरूलाई १० बुँदे ज्ञापनपत्र बुझाएको हो । बाल अधिकारको संरक्षण एवं प्रवद्र्धनको सवाल रष्ट्रिय गौरवको योजना बनाइनुपर्ने भन्दै सातवटा दललाई ज्ञापनपत्र बुझाइएको सिविन बाल हेल्पलाइन मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो । वैशाख ३० गते हुने निर्वाचनबाट बालबालिकाले समेत लोकतान्त्रिक अभ्यास र शासन सञ्चालनमा नागरिक अधिकारको प्रयोगबारे जानकारी लिने अवसर प्राप्त गर्ने भन्दै बालबालिकालाई राजनीतिक गतिविधिमा संलग्न गराउँदा उनीहरूको शारीरिक एवं मनोवैज्ञानिक हानि पुग्ने सिविन–नेपालले जनाएको छ । निर्वाचनमा बालबालिकाको संरक्षण र निर्वाचन घोषणापत्रमार्फत बालबालिकाका विषयलाई सम्बोधन गर्नेे सवालमा पछिल्ला समयमा यस दलले खेलेको भूमिका सकारात्मक भएको जनाउँदै आगामी निर्वाचनमा बालबालिकाको प्रयोग हुनसक्ने सम्भावनाप्रति सचेत हुन र नगर्न सिविन–नेपालले राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।सिविन–नेपालले बालबालिका तथा किशोर–किशोरीलाई चुनावको कुनै पनि प्रक्रियामा समावेश नगर्र्र्न, बाल अधिकारको संरक्षण र प्रवद्र्धनको सवाललाई राष्ट्रिय गौरवको योजना बनाउने घोषणा गर्न र नेपाल सरकारले विभिन्न समयमा गरेका बालबालिकासम्बन्धी प्रतिवद्धताहरूको कार्यान्वयनमा दलको प्राथमिकता घोषणापत्रमा समावेश गर्न भनेको छ । यस्तै सडकमा आश्रित, अभिभावकविहीन, हिंसा, दुव्र्यवहार, शोषण, बेचबिखन, बालविवाह, मानसिक समस्यालगायतका कारणबाट जोखिममा रहेका बालबालिकाकोे उचित संरक्षण, पुनस्र्थापना, विकास, सीप, शिक्षा र परिवारको जीविकोपार्जनका विषयमा निश्चित योजना र कार्यक्रम बनाउने प्रतिबद्धता घोषणापत्रमा उल्लेख गर्न ज्ञापनपत्र बुझाउँदै सिविन–नेपालले दलहरूसँग माग गरेको छ ।विभिन्न अनलाइनमार्फत हुने गरेका यौनजन्य शोषण र अपराधलाई सम्बोधन गर्ने गरी आवश्यक नीति एवं एकीकृत बालसंरक्षण प्रणाली विकास र क्रियाशीलतालाई दलको घोषणापत्रमा प्राथमिकता दिन आग्रह गर्दै सिविन–नेपालले दलहरूलाई बुझाएको ज्ञापनपत्रमा बालबालिकाको संरक्षण, विकास र सशक्तीकरणका लागि कम्तीमा १५ प्रतिशत बजेट विनियोजन गरी बालक्लब तथा किशोरी क्लबहरू गठन एवं सञ्चालन नगर्ने प्रतिबद्धता जाहेर गर्न भनेको छ ।साथै विपत् तथा कोभिड–१९ लगायत अन्य रोग वा विभिन्न कारणबाट अभिभावक गुमाएका बालबालिकाको अभिभावकत्व स्थानीय तहले ग्रहण गर्ने र हरेक बालबालिकाको निःशुल्क स्वास्थ्य बीमा, गरिब तथा जेहेनदार छात्रछात्राको निम्ति छात्रवृत्ति, विद्यालय टाढा भएको अवस्थामा यातायातकोे व्यवस्थाका साथै हरेक बालबालिकाका लागि समान, गुणस्तरीय एवं व्यावहारिक शिक्षाको व्यवस्था गर्ने प्रतिबद्धता घोषणापत्रमा उल्लेख गर्न सिविन–नेपालले दलहरूलाई आगह्र गर्दै ज्ञापनपत्र बुझाएको छ ।साथै पितृसत्तात्मक सोच र प्रविधिको दुरुपयोगको दुष्परिणामका रूपमा देखिएको विभेदपूर्ण लिङ्ग छनोट गरी भ्रूण हत्या गर्ने चलन अन्त्यका लागि पहल गर्न भनिएको छ ।सिविन–नेपालले नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमोर्चा नेपाल मकवानपुरलाई ज्ञापनपत्र बुझाएको हो ।
सचिन पोख्रेलसुन्दर हरैचा (मोरङ), वैशाख ५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको उज्यालो भविष्य निर्माणका लागि व्यावहारिक तथा जीवनोपयोगी खोज र अनुसन्धानमा आधारित शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । सैद्धान्तिक ज्ञानले मात्र विद्यार्थीलाई आत्मनिर्भर र रोजगारमूलक बनाउन नसक्ने बताउनुहुँदै उहाँले अहिले विश्वविद्यालयले सञ्चालन गरिरहेका प्राज्ञिक कार्यक्रमलाई आवश्यक सुधार र परिमार्जित गर्दै अघि बढ्न सुझाव दिनुभयो । पूर्वाञ्चल विश्वविद्यालयको आइतबार आयोजित १०औँ दीक्षान्त समारोहलाई कुलपतिसमेतको हैसियतबाट शुभकामना सन्देश पठाउनुहुँदै प्रधानमन्त्री देउवाले गुणस्तरीय उच्च शिक्षाको माध्यमबाट स्वदेश र विदेशका विभिन्न क्षेत्रमा आवश्यक प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु अहिलेको अपरिहार्यता रहेको उल्लेख गर्नुभयो । “हाम्रो मुख्य राष्ट्रिय चिन्ताको विषय भनेको बौद्धिक जनशक्ति पलायन, सीपसँग शिक्षाको छुट्दै गएको सम्बन्ध र विकास निर्माण कार्यमा स्वदेशी जनशक्तिको न्यूनतम उपलब्धता र सहभागिता हो,” सन्देशमार्फत प्रधानमन्त्री देउवाले भन्नुभयो । उहाँले उच्च शिक्षा आर्जनका लागि नेपालीले बर्सेनि विदेशी विश्वविद्यालयलाई तिर्ने अर्बौं रकम मुलुकभित्र सदुपयोग गर्ने वातावरण निर्माण गर्न अपरिहार्य भइसकेको पनि स्पष्ट पार्नुभयो । पूर्वाञ्चल विश्वविद्यालयले आफ्नो स्थापनाको तीन दशकको यात्रा क्रममा राष्ट्रका लागि आवश्यक गुणस्तरीय र दक्ष जनशक्ति उत्पादनमा महìवपूर्ण योगदान पु-याएको भन्नुहुँदै प्रधानमन्त्री देउवाले प्रशंसा पनि गर्नुभयो । समारोहमा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षाको विकास र विस्तारबाट मात्र मुलुकको विकास सम्भव छ