• ४ जेठ २०८१, शुक्रबार

हरिवन प्रमुखमा माओवादी विजयी

blog

हरिवनको नगरप्रमुखमा निर्वाचित माओवादीका रमेश बुढाथोकी । तस्बिर :जनार्जन खत्री

सर्लाही, जेठ ६ गते । जिल्लाको हरिवन नगरपालिकाको नगरप्रमुखमा नेकपा (माओवादी केन्द्र)का रमेश बुढाथोकी विजयी हुनुभएको छ । 

उपप्रमुखमा नेकपा एमालेकी हरिमाया घलान विजयी हुनुभएको छ । बुढाथोकीले निवर्तमान नगरप्रमुख नेकपा एमालेका गणेशप्रसाद प्रसाईंलाई १५३ मतले पराजित गर्नुभएको हो । 

सात हजार दुई मत सहित बुढाथोकी विजयी हुँदा प्रसाईंले छ हजार ८४९ मत पाउनुभएको छ । उपप्रमुखतर्फ एमालेकी घलान छ हजार ८५५ मत सहित विजयी हुनुभएको छ । निकटतम् प्रतिद्वन्द्वी माओवादीकी पद्मा मोक्तानले पाँच हजार ३२१ मत ल्याउनुभएको छ । 

वडा नम्बर १, २, ४ र ९ को वडाध्यक्ष कांग्रेस, ३, ७, १० र ११ मा एमाले तथा ५ र ६ मा नेकपा एकीकृत समाजवादीले वडाध्यक्ष हात पारेको छ ।

Author

जनार्जन खत्री