• १२ असार २०८१, बुधबार

हुम्लाको चङ्खेलीमा स्वतन्त्र उम्मेदवार शाही विजयी

blog

चङ्खेली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा निर्वाचित प्यारीलाल शाही र प्रेमकला शाही । तस्विरः राजन रावत

हुुम्ला, जेठ ६ गते । जिल्लाकाे चङ्खेली गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही विजयी हुनुभएको छ । उहाँले गठबन्धन तर्फ नेकपा(माओवादी केन्द्र)का उम्मेदवार गोबिन्द शाहीलाई पाँच सय बढी मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको छ । 

अध्यक्ष शाहीले एक हजार ६९५ मत ल्याएर बिजयी हुनुु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी गठबन्धन दलबाट नेकपा (माओवादी केन्द्र)का गोबिन्द शाहीले एक हजार १७२ मत प्राप्त गर्नु भएको छ । त्यसैगरि उपाध्यक्षमा नेकपा(एकिकृत समाजावादी)की प्रेमकला शाही विजयी हुनुभएको छ । उहाँले एक हजार ३७२ मत प्राप्त गर्नु भएको छ भने उहाँको प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी मैना बुुढाले एक हजार १७३ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत हेमकुुमार ढकालले जानकारी दिनुभयो । 

चङ्खेलीमा छ वटा वडा रहेको छ । यी मध्ये वडा नम्बर १ मा एमालेका गोबिन्द बोहरा, २ मा नेपाली काँग्रेसका बिर्ख सिंह, ३ मा माओवादी केन्द्रका  भारमल बुढा, ४ मा स्वतन्त्र पदमबहादुुर शाही, ५ मा हर्कधन तामाङ र ६ मा स्वतन्त्र उम्मेदवार जयबहादुुर सिरा बिजयी हुनुु भएको हो ।

चंखेली गाउँपालिकामा मतदान रद्ध भएपद्धि स्थगित भएको थियो र जेठ ४ गते पुनः मतदान भएको थियो । 


Author

राजन रावत