• ११ असोज २०८१, शुक्रबार

सुनसरीको दुहबी र इनरुवामा कांग्रेस विजयी

blog

जयकृष्ण यादव

इनरुवा, जेठ ६ गते । सुनसरीको दुहबी र इनरुवा नगरपालिकामा कांग्रेस विजयी भएको छ । दुहबी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बेद नारायण गच्छदार पुनः निर्वाचित हुनुभएको हो । गच्छदारले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार बिनय कुमार पोखरेललाई ४५५ मतको अन्तरले पराजित गर्नुहुदै प्रमुखमा निर्वाचित हुनुभएको हो । 

प्रमुख गच्छदारले ११ हजार ९१६ मत प्राप्त गरी बिजयी हुनुभयो भने निकटतम प्रतिद्धन्द्धी  एमालेका बिनय पोखरेलले ११ हजार ४६१ मत प्राप्त गरी पराजित हुनुभयो । उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार मेनुका पोखरेल खतिवडा निर्वाचित हुनुभएको छ । 

इनरुवा नगरप्रमुखमा भण्डारी विजयी 

सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा कांग्रसका उम्मेदवार केदार भण्डारी प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँले ११ हजार ८२४ मत निर्वाचित हुनुभएको छ ।

भण्डारीका निकटतम प्रतिद्धन्द्धी नेकपा (एमाले)का सरोज पोखरेलले नौ हजार ५३ मत ल्याएर पराजित हुनुभएको छ । त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रसकै विनिता कुमारी मेहताले ११ हजार ४८० मत ल्याएर निर्वाचित हुनुभएको छ । मेहताका निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार सहजादी प्रविण आलमले नौ हजार ३३७ मत ल्याएर इनरुवा नगर उपप्रमुखमा जराजित हुनुभएको छ ।

इनरुवाको १ नम्बर वडामा कांग्रसका प्रमोद पोखरेल, २ नम्बर वडामा एमालेका विश्वनाथ ठाकुर,  ३ नम्बर वडामा एमालेका रमेश श्रेष्ठ, ४ नम्बर वडामा लोकतान्त्रिक समाजवादी पार्टीका बौवालाल मेहता, ५ नम्बर वडामा कांग्रेसका अनिलकुमार पोखरेल, ६ नम्बर वडामा कांग्रेसका सुमन थापा, ७ नम्बर वडामा कांग्रेसकै हिम्मत सिंह खवास, ८ मा असोककुमार साह तेली, ९ मा एमालेका बसिरमुद्धिन मंसुरी र १० नम्बर वडामा कांग्रेसका खलिल अख्खतर विजयी हुनुभएको छ ।