नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी तालमेलमा सहमति नजिक रहेको बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलमा उहाँले सत्तारुढ गठबन्धन महानगरपालिकाको चुनावी तालमेलमा सहमति नजिक रहेको बताउनुभएको हो ।
अविनाश चौधरीधनगढी, वैशाख ५ गते । कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया चौकमा स्वर्गीय राजा महेन्द्रको शालिक पुनस्र्थापना गरिएको छ । चोकमा रहेको शालिक २०६२–६३ सालको जनआन्दोलनको क्रममा तोडफोड गरिएको थियो । आन्दोलनकारीले महेन्द्रको शालिक तोडफोड गरेको डेढ दशकपछि अत्तरिया चौकमा पुनः शालिक पुनस्र्थापना गरिएको हो । सोमबार एक कार्यक्रमवीच श्री लोमस गिरी महाराजले शालिकको अनावरण गर्नुभयो । यसअघि, अत्तरिया चौकमा २०४३ फागुन ७ गते स्वर्गीय राजा महेन्द्रको शालिक राखिएको थियो । त्यो बेला तत्कालीन राजा स्वर्गीय वीरेन्द्र वीरविक्रम शाहले शालिकको अनवारण गर्नुभएको थियो । जनआन्दोलनका क्रममा शालिक तोडफोड भएपछि स्थानीय राजनीतिक दल, युवा, बुद्धिजीवी, व्यवसायीको अग्रसरतामा पुनः शालिक पुनस्र्थापना गरिएको हो ।
सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा जारी रहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्य किरणले सवा दश बजेदेखि सत्ता गठबन्धन दलको बैठक जारी रहेको जानकारी दिनुभयो ।
रमेश विश्वकर्मा गुल्मी, बैशाख ५ गते । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका –१०, सिमिचौरमा निर्माणाधीन रेसुङ्गा विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । १५ वर्षअघि शिलान्यास भएको उक्त विमानस्थलको निर्माण काम अन्तिम चरणमा पुगेको आयोजनाका सहायक प्रमुख इन्जिनियर दिनेश परियारले जानकारी दिनुभयो । २०६३ सालमा तत्कालीन पर्यटनमन्त्री प्रदिपकुमार ज्ञवालीले उक्त विमानस्थलको शिलान्यास गर्नुभएको इन्जिनियर परियारले बताउनुभयो । “यही बैशाखभित्र परीक्षण उडान हुनेगरी काम भइरहेको उहाँले बताउनुभयो । अहिले हामी विमानस्थलको सबै कामको अन्तिम चरणमा पुगेका छौं उहाँले भन्नुभयो । अबको केही दिनमा निर्माणको सबै काम सकेर बैशाखभित्र परीक्षण उडान गर्ने उहाँको भनाई छ । वैशाख अन्तिमसम्म भएपनि परीक्षण उडान हुने उहाँले दाबी गर्नुभयो । विमानस्थलमा २०७५ जेठ २५ गते तारा एयरको विमानले कच्ची उडान गरेको थियो । विमानस्थलमा विभिन्न चरणका कामहरु फरक–फरक निर्माण व्यवसायीबाट भइरहेका थिए । टर्मिनल भवनसहित कन्ट्रोल टावर नेपाल नागरिक उड्डयन प्राधिकण एरोड्रो इन्जिनीयरिङ्ग विभागमार्फत बोकोई श्रेष्ठ कन्सट्रक्सन जेभीले निर्माण गरेको छ । विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर ४ करोड ५ लाख २९ हजार ६ सय १० रुपियाँको लागतमा निर्माण गरिएको हो । त्यस्तै, अर्को महत्वपूर्ण संरचना धावनमार्ग कालोपत्रे गर्ने काम सकिएको छ । धावनमार्ग ५ सय २० मिटर लम्बाई र २० मिटर चौडाइको छ । रौताह हरिहरि जेभीले धावनमार्ग कालोपत्रे गरेको हो । रौताह हरिहरि जेभीले धावनमार्ग कालोपत्रे ७ करोड २५ लाख लगानीमा गरेको बताइएको छ । कोभिड, निर्माण सामग्री र निर्माण व्यवासायी आफैको ढिलासुस्तीका कारण समयमा काम नभएको कार्यालयले जानकारी गराएको छ । एकसय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । शिलान्यास समयदेखि विस्थापितलाई स्थापित, जग्गा अधिग्रहणदेखि कटिङ्ग, फिलिङ्ग, टेवा पर्खाल, बाह्य ढल निर्माण, धावनमार्ग र टर्मिनलसहित कन्ट्रोल टावर निर्माणसम्मको खर्च ३५ करोड रुपियाँ भएको इन्जिनियर परियारले जानकारी दिनुभयो ।
टन्टलापुर घामसँगैको तातो हावाका कारण गर्मीको अनुभूति तीव्र भएपछि सडकमा हिँड्डुल नसकिन अवस्था आएको हो
अर्थ मन्त्रालयले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । बढ्दो व्यापार घाटा, विप्रेषण आप्रवाहमा कमी र वैदेशिक मुद्राको सञ्चितीमा परेको चापका कारण थप इन्धन कटौती गर्ने निर्णय मन्त्रालयले गरेको हो ।
गृहमन्त्री खाणले विमानस्थलभित्र रहेका बैंकका एटीएम मिसिन बिग्रिएर यात्रुहरूले दुःख पाइरहेको गुनासो आइरहेको भन्दै तत्काल समस्या समाधानका लागि पनि निर्देशन दिनुभयो ।
सरकारले यही वैशाख ६ र ७ गते भिटामिन 'ए' र जुकाको औषधि खुवाउने भएको छ । छ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको हो ।
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ५ गते । खानेपानी मन्त्रालयले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति तयार गर्ने भएको छ । मन्त्रालयले तयार गरेको नीतिको मस्यौदाका लागि सुझाव सङ्कलन गरिरहेको छ ।खानेपानीमन्त्री उमाकान्त चौधरीले सो नीतिमा विपन्न र पिछडिएका वर्गसम्म शुद्ध, स्वच्छ र सुरक्षित पानी कसरी पु¥याउने भन्नेबारे स्पष्ट व्यवस्था तथा विधि तय गरिने बताउनुभयो । उहाँले सहरी क्षेत्रमा बढ्दै गएको जनघनत्व र जलवायु परिवर्तनबाट खानेपानीका मुहानमा परेको प्रभाव चुनौतीपूर्ण बन्दै गएको बताउँदै भन्नुभयो, “पहाडका मुहान सुक्ने र तराईमा पानीको सतह घट्ने क्रम जारी छ । यसको प्रभावलाई कसरी कम गर्ने भन्नेबारे नीतिले मार्गनिर्देश गर्नेछ ।”मन्त्री चौधरीले खानेपानी मौलिक हकका रूपमा व्यवस्था गरिएकाले न्यूनतम खपतलाई निःशुल्क गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । मन्त्रालयले खानेपानी नीतिमै गरिब, निमुखा, दलित र विपन्न परिवारलाई कसरी सर्वसुलभ रूपमा शुद्ध खानेपानी पु¥याउने भन्नेबारे अध्ययन भइरहेको जनाएको छ । खानेपानी आयोजना सञ्चालन गर्दा १० देखि ३० प्रतिशत जनश्रमदान अनिवार्य गर्ने प्रावधानका कारण कतिपय महत्वपूर्ण आयोजना वर्षौंदेखि अलपत्र बनेको भन्दै मन्त्रालयले जनश्रमदानको व्यवस्था हटाउन लागेको छ ।मन्त्रालयले जनसङ्ख्यामा आधारित रहेर सञ्चालन हुने गरेको मापदण्डलाई परिमार्जन गर्ने तयारी गरेको छ । जसअनुसार तराई र उपत्यकामा १५ हजार, पहाडमा पाँच हजार तथा हिमाली क्षेत्रमा एक हजार जनसङ्ख्या रहेको स्थानमा मात्र आयोजना हुँदै आएका थिए ।पहाड र हिमालमा बढ्दै गएको बसाइँसराइका कारण जनसङ्ख्या कम भएका स्थानमा आयोजना सञ्चालन हुन नसक्ने अवस्था आउन सक्ने भन्दै मन्त्रालयले यसलाई परिमार्जन गर्न लागेको हो । मन्त्रालयले तयार पारेको नीतिको मस्यौदामा शुद्ध र सुरक्षित खानेपानीको व्यस्थालाई सुनिश्चित गर्न कम्तीमा प्रत्येक स्थानीय तहमा पानीको गुणस्तर परीक्षण गर्ने उल्लेख छ । साथै खानेपानीका मुहानलाई प्रदूषणमुक्त गराउन सार्वजनिक शौचालय तथा ढल विस्तारलाई प्राथमिकता राख्ने जनाएको छ ।खानेपानीको वितरणलाई प्रभावकारी बनाउन उपभोक्ता समितिलाई साधन, स्रोतसहित अधिकार सम्पन्न बनाउने तथा खानेपानीको सहज वितरणका लागि निःशुल्क विद्युत् तथा सौर्य ऊर्जाको प्रयोग बढाउने लक्ष्य मन्त्रालयले लिएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म ९४ प्रतिशत जनतासम्म आधारभूत खानेपानी सेवाको पहुँच पुगेको छ ।
आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गरेर जान सहमत भएका सत्तारूढ दलहरूबीच मकवानपुरमा अझै सहमति जुट्न सकेको छैन । गठबन्धनमा रहेका दलहरूको आ–आफ्नै माग र दाबी रहेकाले स्थानीय तह र वडामा भागबन्डा नमिल्दा सहमति नबनेको हो । गठबन्धनका दलहरूको बैठक पटक–पटक बस्दै आए पनि भागबन्डा नमिल्दा बैठक स्थगित भएको नेपाली काँग्रेस मकवानपुरका सचिव भीमसेन महतले जानकारी दिनुभयो । तालमेल गरेर जानेमा सबै दल सहमत रहेको तर गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र)ले लचकता नअपनाउँदा थप छलफल अगाडि बढ्न नसकेको उहाँले बताउनुभयो ।
वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मिति आउन अब २५ दिन छ । राजनीतिक दलहरू आ–आफ्नो हिसाबले निर्वाचनमा होमिएका छन् । चुनावी तापक्रम विस्तारै बढ्न थालेको छ । महानगरपालिका, नगरपालिका र गाउँपालिकाको नेतृत्व चयन गर्न नेताहरूलाई हम्मे हम्मे परेको छ ।
कपिल ज्ञवालीसिद्धार्थनगर, वैशाख ५ गते । रुपन्देहीको तिलोत्तमा २ की २८ वर्षीया एक महिलाको शङ्कास्पद ज्यान गएपछि शुरु भएको आन्दोलन अझै रोकिएको छैन । अमृता खत्री टण्डनको रहस्यमय रुपमा मृत्यु भएको पाँच दिन बितिसके पनि घटनाको विवाद झन् चर्किरहेको छ । उहाँको चैत्र ३० गते राति मृत्यु भएको हो । अहिले दैनिक माइती पक्षले न्यायको माग गर्दै आन्दोलन गरिरहेका छन् ।पछि माइती पक्षले घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट गराउन माग गरेका छन् ।आइतबार माइती पक्षले तिलोत्तमा २ जानकीनगरमा पत्रकार सम्मेलन गर्दै विष सेवन नभई हत्या नै भएको दाबी गर्दै अनुसन्धान फितलो नबनाउन खोजिएको भन्दै प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् । ज्यान कसुरमा मुद्दा दर्ता गर्न जाँदा आलटाल गरेको मृतकका दाजु पुष्पक खत्रीको आरोप छ । ‘राति ९ः३२ सम्म मसँगै कुरा भएको छ, ९ः५० मा लुम्बिनी अस्पतालले मृत भनेको छ । ढोका खुल्लै छ, बेड जस्ताको तस्तै छ,’ पुष्पकले भन्नुभयो, ‘सरसर्ती हेर्दा पनि बहिनीको हत्या भएकै देखिन्छ ।’उहाँले आफूहरु अन्यायमा परेको बताउँदै प्रहरीबाट निष्पक्ष अनुसन्धानको चाहना राखेको बताउनुभयो । विष सेवन गरेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा लैजाँदा उपचारका क्रममा मृत्यु भएको भनिए पनि घटना शङ्कास्पद देखिएपछि पीडितले हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । अमृताका दाजु खत्रीले दिएको जाहेरीपछि वैशाख १ गते प्रहरीले अमृताका श्रीमान् प्रेम टण्डन, ससुरा टहलसिंह र सासु दीपा टण्डनलाई पक्राउ गरेको छ । शव पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै अन्त्येष्टि गरिने माइती पक्षले बताएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डीएसपी ठगबहादुर केसीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताउनुभयो । यतिबेला आन्दोलनभन्दा पनि आफूहरुलाई अनुसन्धानमा सघाउन उहाँले पीडित पक्षसँग आग्रह गर्नुभएको छ ।
जाजरकोटमा कृषकहरुले बाली भित्र्याउनको लागि आधुनिक प्रविधिको प्रयोग गर्न थालेका छन् । कृषिमा आधुनिकिकीकरणसँगै नयाँ नयाँ प्रविधिको खोजी गर्ने यहाँका कृषकहरु बाली लगाउन र भित्र्याउनसमेत आधुनिक यान्त्रिकरणको प्रयोग गर्न थालेका छन् । पहिले गहुँबाली काटेपछि गोरुको माध्यमद्धारा गहुँ मिर्ने यहाँका किसानहरु अहिले थ्रेसर मेशिनमार्फत् गर्न थालेका छन् ।
व्यक्तिगत बेरुजु भएका व्यक्तिले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएपछि बहालवाला जनप्रतिनिधिले धमाधम बेरुजु फछ्र्याेट गर्न थालेका छन् । संस्थागत बेरुजु फस्र्याेट गर्नेतर्फ भने स्थानीय तहका जनप्रतिनिधिले बेवास्ता गर्दै आएका छन् । निर्वाचन आयोगले जारी गरेको आ
इश्वरचन्द्र झाकाठमाडौँ, वैशाख ५ गते । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगको ‘कल सेन्टर’मा जिज्ञासाको चाप बढेको छ । आयोगले स्थानीय तह निर्वाचन सम्बन्धमा सर्वसाधारणलाई लागेको जिज्ञासाको जवाफ दिन र आचारसंहिता उल्लङ्घनका घटनाबारे गुनासो गर्न चैत १५ देखि ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दैनिक तीन सयभन्दा बढी फोन आएको बताउनुभयो । सर्वसाधारणले आयोगको कल सेन्टरमा मतदाता नामावलीमा नाम समावेश, मतदाता परिचयपत्रको प्रतिलिपि कसरी र कहिले पाउने, आचारसंहिता उल्लङ्घनका घटनाबारे सोधपुछ गरेको आयोगले जनाएको छ । प्रवक्ता पौडेलले भन्नुभयो, “कल सेन्टर अत्यन्तै प्रभावकारी भएको छ, कर्मचारीले जवाफ दिन नसकेको प्रश्न सम्बन्धित शाखाका प्रमुख वा सहायकसमक्ष राखिने व्यवस्था गरिएको छ ।” कल सेन्टरको निःशुल्क नम्बर ११०२ मा आएको सवालको जवाफ चार जना कर्मचारीले दिने गरेका छन् । अन्य प्राविधिक र व्यवस्थापनका गरी नौ जना कर्मचारी कार्यरत छन् ।