• ४ जेठ २०८१, शुक्रबार

मधेस प्रदेश सभा १९ गते आह्वान

blog

धीरेन्द्रप्रसाद साह
जनकपुर, जेठ ६ गते ।
मधेस प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको आह्वान गरेको छ ।

बैठकले जेठ १९ गते दिउँसो १ बजे प्रदेश सभाको नवौं अधिवेशन आह्वान गर्ने निर्णय गरेको प्रदेश सरकारको प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।

सोही बैठकले प्रदेश प्रहरी ऐन कार्यावन्यनको लागि सातै प्रदेशको आन्तरिक मामिला मन्त्रीहरुको बैठक असारको पहिलो हप्तामा जनकपुरमा गरिने निर्णय गरेको उहाँले बताउनुभयो ।

त्यस्तै, मुख्यमन्त्री किसान उत्थान कार्यविधि स्वीकृत पनि बैठकले गरेको छ। कार्यविधिअन्तर्गत साना किसानले वर्षमा बैंकमार्फत १० हजार पाउने उहाँको भनाइ छ ।