• १३ साउन २०८१, आइतबार

राष्ट्रिय उद्योग उत्पादनको प्रवर्धन गर्न विशेष योजना आवश्यक : सांसद थापा

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ ६ गते । नेपाली कांग्रेसका सांसद गगन थापाले राष्ट्रिय उद्योग प्रवर्धन गर्न एउटा विशेष योजना आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९–८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि जारी छलफलमा भाग लिनुहुँदै सांसद थापाले सो कुरा बताउनुभएको हो ।

विसं. २०४९ देखि ०५१ सालमा नेपालमा सबैभन्दा बढी उद्योगहरु दर्ता भएका र त्यसबेला दर्ता भएका उद्योगहरुले आज केहिनकेही औद्योगिक आधार तयार गरेको उहाँले बताउनुभयो ।

यसैगरी, विसं. २०७९ देखि ८९ सम्मको दशकलाई राष्ट्रिय उत्पादन र उपभोग्य वस्तुको उत्पादन बढाउने दशकको रुपमा लिनुपर्ने उहाँले बताउनुभयो ।

उत्पादत्व बढाउन पूर्वाधारमा मद्दत गर्ने, जनशक्तिमा मद्दत गर्ने, नयाँ प्रविधिको आन्तरिकिकरण गर्ने, प्रतिस्पर्धी क्षमता बढाउने कार्य गर्नुपर्ने उहाँको धारणा छ ।