• १३ साउन २०८१, आइतबार
blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ ६ गते । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

शुक्रबारको बैठकमा पनि आर्थिक वर्ष २०७९–८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहनेछ ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बुधबार र बिहीबारको छलफलमा उठेका प्रश्नहरुको जवाफ आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले दिनुहुने कार्यतालिका रहेको छ ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार गृहमन्त्री बालकृष्ण खाणले अध्यादेशसम्बन्धी तीन प्रस्ताव प्रस्तुत गर्नुहुने प्रतिनिधि सभाको कार्यसूचीमा उल्लेख छ ।