• १२ पुस २०८१, शुक्रबार

राजु लामालाई काठमाडौंमा स्वागत

blog

काठमाडौं, जेठ ५ गते । सगरमाथा आरोहणपछि बिहीवार काठमाडौं फर्किनुभएका गायक राजु लामालाई त्रिभुवन विमानस्थलमा राष्ट्रिय झण्डा, बाजागाजासहित स्वागत गरिएको छ ।

जलवायु परिर्वतनविरुद्धको सन्देश दिन उहाँले 'इम्याजिन नेपाल एक्सिपिडिसन'मार्फत सर्वोच्च शिखर आरोहण गर्नुभएको थियो । ६ हजार ५०० मिटर उचाइको क्याम्प-३ मा उहाँले साङ्गीतिक प्रस्तुतिसमेत दिनुभएको थियो । 

गायक लामाले सगरमाथाको टुप्पोमा पुग्दा आफ्नो आँखाबाट आँसु आएको बताउनुभयो । उहाँले भन्नुभयो, 'यसपटक मैले जलवायु परिवर्तनको विषयमा सन्देश दिन चढेको हुँ । कार्वन उत्र्सजन घटाउने सन्देश मेरो हो ।' 

यस्तै, उहाँले युवाहरुलाई सजग गराउनका लागि पनि सगरमाथा चढेको जानकारी दिनुभयो । जलवायु परिवर्तनको विषयमा युवाहरु सजग हुन आवश्यक रहेको भन्दै लामाले टुप्पोमा पुग्न सकेकोमा खुशी व्यक्त गर्नुभयो ।