• ४ जेठ २०८१, शुक्रबार

मौलापुर नगरप्रमुखमा रिनाकुमारी साह विजयी

blog

यादवराज पुरी
रौतहट, जेठ ५ गते ।
रौतहटको मौलापुर नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का  रिनाकुमारी साह निर्वाचित हुनुभएको छ । पाँच हजार ५६४ मत प्राप्त गरी साह दोस्रो पटक नगरप्रमुखमा निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामप्रवेश राय यादव दुई हजार ५०२ मतान्तरले पराजित हुनुभएको हो । यादवले तीन हजार ६२ मत प्राप्त गर्नुभएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नगरप्रमुख साह रौतहटको एकमात्र महिला नगरप्रमुख निर्वाचित हुुनुभएको थियो ।

यस्तै, उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार नागेन्द्रप्रसाद यादवले चार हजार ९१४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का रिनाकुमारी साहलाई एक हजार ५१० मत प्राप्त गर्नुभयो ।