• १३ साउन २०८१, आइतबार

गोकर्णेश्वर नगरप्रमुखमा काँग्रेसका रिसाल र उपप्रमुखमा एमालेका लामा विजयी

blog

काठमाडौं, जेठ ५ गते । काठमाडौंको गोकर्णेश्वर नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका दीपककुमार रिसाल विजयी हुनुभएको छ । निर्वाचन अधिकृतकाे कार्यालय अनुसार उहाँले नौ हजार ६९२ मत ल्याउनुभएकाे छ ।

रिसालका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उद्वव विष्टले आठ हजार ५०४ मत प्राप्त गर्नुभयो । नेकपा एकीकृत समाजवादीका गोपालप्रसाद बरालले एक जार ८४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार घिमिरेले ८४० मत ल्याउनुभयो ।

नगरको उपप्रमुखमा नेकपा एमालेका सन्नानी लामा आठ हजार ८०४ मतसहित विजयी हुनुभयो । कांग्रेसका शान्ति नेपालले आठ हजार ६७१ मत ल्याउनुभयो । माओवादी केन्द्रका पेमा छिरि शेर्पाले दुई हजार ७०१ र राप्रपाका शर्मिला थापाले ८५२ मत प्राप्त गर्नुभयो ।

एमालेका तर्फबाट वडा नंं. १ अध्यक्षमा द्वारिका श्रेष्ठ, २ मा मधु तामाङ, ३ मा मुरारीप्रसाद कुँइकेल, ६ मा नवराज लामा, ७ मा केशव गुरुङ निर्वाचित हुनुभयो ।

कांग्रेसबाट वडा नंं. ५ मा नारायण बहादुर सुवेदी, ८ मा नन्द लाल श्रेष्ठ र ९ मा राजिव थापा विजयी हुनुभयाे ।

वडा नंं. ४ को अध्यक्षमा लौरो निर्वाचन चिन्ह भएका स्वतन्त्र उम्मेदवार जयराम महत निर्वाचित हनुभएको छ ।

काँग्रेसबाट वडा नंं. ५ मा नारायणबहादुर सुवेदी, ८ मा नन्दलाल श्रेष्ठ र ९ मा राजीव थापा र वडा नं. ४ को अध्यक्षमा लौरो निर्वाचन चिन्ह भएका स्वतन्त्र उम्मेदवार जयराम महत निर्वाचित हनुभएको छ ।