• ४ जेठ २०८१, शुक्रबार

धनुषाको शदिननगर नगरपालिका प्रमुख र उपप्रमुखमा जसपाका उम्मेदवार निर्वाचित

blog

लक्ष्मी चौधरी 

जनकपुरधाम, जेठ ५ गते । धनुषाको शहीदनगर नगरपालिका प्रमुखमा देशकै कान्छो नगर प्रमुखको रुपम परिचित मओवादीका उम्मेदवार उदयकुमार बरबरिया यादवलाई पछार्दै जनता समाज पार्टीका उम्मेदवार दिनेशप्रसाद यादव निर्वाचित हुनुभएको छ । 

प्रमुख पदमा जसपाका उम्मेदवार दिनेशप्रसाद यादव ५ हजार ६ सय ३९ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नकपा माओवादी केन्द्रका उम्मेदवार उदयकुमार यादवले ३ हजार ९ सय १३ मत प्राप्त गर्नुभएको छ । 

यस्तै उपप्रमुखमा पनि जसपाकै उम्मेदवार लक्ष्मिनिया कुमारी मण्डल निर्वाचित हुनुभएको छ । उहाँले ४ हजार ७ सय २० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दि काँग्रेसका उम्मेदवार सुनिताकुमारी सिंहले ४ हजार ६ सय २० मत प्राप्त गर्नुभएको छ । 

नगरप्रमुखका प्रतिद्वन्दी उदयकुमार (बरबरिया) यादव यसअघि प्रमुख पदमा निर्वाचित हुनुभएको थियो । उहाँ माओवादीबाट २०७४ सालको निर्वाचनमा निर्वाचित हुनुभएको थियो ।  

धनुषाको शहिदनगर नगरपालिकाका नवनिर्वाचित प्रमुख दिनेशप्रसाद यादव ।