• १३ साउन २०८१, आइतबार

३० वर्षपछि सिद्धार्थनगरमा कांग्रेस विजयी

blog

सिदार्थनगरको प्रमुख र उपप्रमुखमा निर्बाचित मेयर खान र उपमेयर अधिकारी । तस्वीर :कपिल ज्ञवाली ।

सिद्धार्थनगर,जेठ ५ गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा ३० वर्षपछि नेपाली कांग्रेसका उम्मेदवार प्रमुखमा बिजयी भएको छ । भैरहवामा तीन दशक पछि कांग्रेसले आफ्नो विरासत फर्काउन सफल भएको हो । 

नेकपा (एमाले)को पकड रहेको उक्त क्षेत्रमा इस्तियाक अहमद खानले प्रमुखमा विजयी हुनुभएको हो । स्थानीय निर्वाचनमा कांग्रेसका उम्मेदवार खानले नौ हजार १३४ मत प्राप्त गरी बिजयी हुनुभयो भने निकटतम  प्रतिस्पर्धी राप्रपाका प्रमुख उम्मेदवार सागर प्रताप राणालाई ९९७ मतान्तरले पराजित गर्नुभयो । उहाँको ८ हजार १३७ मत छ ।

उपप्रमुखमा एमालेको उम्मेदवार उमा अधिकारीले ८ हजार ८१३ मत ल्याएर विजयी भएकी हुँदा निकटतम प्रतिद्वन्द्वी राप्रपाको उम्मेदवार विनिता गुप्ताले छ हजार ५४४ मत प्राप्त गरेको गरेको रुपन्देहीको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिनुभयो ।

१३ वटा वडा रहेको सिद्धार्थनगर नगरपालिकामा वडा नम्बर एकको वडाअध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार उज्जवल पोखरेलले विजयी हुनुभएको छ । त्यस्तै वडा नम्बर २, ३ र ४ को वडाअध्यक्षमा राष्ट्रिय प्रजाजन्त पार्टीका उम्मेदवार क्रमशः छेदीलाल श्रीवास्तव, नारायण शर्मा उपाध्यय, मुक्तिनाथ यादव विजयी हुनुभयो ।

यस्तै वडा नम्बर ५, ६, ७, ८ र १३ को वडाअध्यक्षमा कांग्रेसका उम्मेदवार क्रमशः पुरनप्रसाद श्रेष्ठ, विरेन्द्र श्रीवास्तव, दामोदर शर्मा घिमिरे, राजनजंग राणा, सोमबहादुर गुरुङ (सेते) विजयी हुनुभयो ।

वडा नम्बर ९, १०, ११ र १२ को वडाअध्यक्षमा एमालेका उम्मेदवार क्रमशः शेषकान्त भण्डारी, सुर्जमन अहिर यादव, दिलिप कुमार यादव, कुमार गुरुङ निर्वाचित हुनुभयो ।

सिद्धार्थनगरमा ४४ हजार ६ सय ५२ मतदाता रहेकोमा ३२ हजार ६७ मतदाताले मतदान गरेका थिए । यस नगरपालिकामा २०४९ सालको स्थानीय निर्वाचनमा कांग्रेसबाट मेयरमा बलराम गौतम निर्वाचित भएपछि यहां कांग्रेसले लगातार पराजय ब्योहोरिरहेको थियो । 

Author

कपिल ज्ञवाली