• १३ साउन २०८१, आइतबार

लिखुतामाकोसीको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी

blog

नवराज श्रेष्ठ
रामेछाप, जेठ ४ गते ।
जिल्लाको लिखुतामाकोसी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा नेकपा एमालेका कमल कडेरियालाई पराजित गर्दै काँग्रेसका केशव महत निर्वाचित हुनुभएको छ ।

महतले ५ हजार ११२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कडेरियाले चार हजार आठ मत प्राप्त गर्नुभएको छ । यसैगरी, उपाध्यक्षमा काँग्रेसकी सरस्वती गुरुङ खड्कालाई पराजित गर्दै एमालेकी दीपा पाख्रिन निर्वाचित हुनुभएको छ ।

पाख्रिनले ४ हजार १२६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी खड्काले ३ हजार ९३३ मत प्राप्त गर्नुभएको छ । पाख्रीन यस अगाडि जिल्ला समन्वय समिति रामेछापकी उपप्रमुख हुनुहुन्थ्यो ।

लिखुतामाकोसीमा एमालेले उपाध्यक्षसहित तीन वडा, काँग्रेसले अध्यक्षसहित दुई वडा र माओवादी केन्द्रले दुईवटा वडा अध्यक्ष जितेको छ । गाउँपालिकामा एमालेबाट वडाअध्यक्ष वडा नं १ दुरागाउँमा प्रदीपकुमार तामाङ, वडा नं २ सैपुमा सन्तोष पौडेल, वडा नं ६ खिम्तिमा शिवप्रसाद न्यौपानेसहित सबै विजयी भएको छ ।

त्यसैगरी, कांग्रेसबाट वडा नं ४ बिजुलीकोटमा दिपक पुलामी मगर र वडा नं ५ नागदहमा रोमबहादुर तामाङ निर्वाचित हुनुभएको छ । वडा नं ३ बिजुलीकोटमा एकीकृत समाजवादी र माओवादीको गठबन्धनबाट माओवादी केन्द्रका गोपालराज तामाङ र वडा नं ७ तिल्पुङमा कैलासकुमार दर्लामी निर्वाचित हुनुभएको छ ।