कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो छ महिने प्रगति विवरण बुधबार सार्वजनिक गर्नुभएको छ । कर्णाली प्रदेश सरकारले कोरोनाविरुद्धको खोपलगायत विभिन्न विकासका कामलाई उपलब्धिका रूपमा सार्वजनिक गरेकोे हो ।
काठमाडौँ, वैशाख ८ गते । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेको छ । बुधबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई उसैको मैदानमा ३–० गोलले हरायो । पीएसजीको सहज जितमा केलियन एमबाप्पे, सर्जियो रामोस र मार्किन्हसले गोल गर्नुभयो । एकपक्षीय खेलमा एमबाप्पेले २८औँ मिनेटमा गोलको खाता खोल्नुभएको थियो । उहाँले अचरफ हाकिमीको पासमा गोल गर्नुभएको हो । पहिलो हाफको इन्जुरी समयमा सर्जियो रामोसले एन्जल डि मारियाको पासमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाउनुभयो । ७७औँ मिनेटमा डि मारियाकै पासमा कप्तान मार्किन्हसले गोल गर्दै पीएसजीलाई सजिलै जिताउनुभयो । दोस्रो हाफको इन्जुरी समयमा पीएसजी १० खेलाडीमा समेटिएपनि एन्जर्सले गोल फर्काएन सकेन । जितसँगै शीर्षस्थानमा रहेको पीएसजीको ३३ खेलबाट ७७ अंक बनाएको छ । पीएसजीले दोस्रो स्थानको मार्सेलीभन्दा १५ अंकले अगाडि छ । दोस्रो स्थानमा रहेको मार्सेलीको ६२ अंक छ । पराजित एन्जर्स ३४ अंक सहित १४औँ स्थानमा छ । एजेन्सी
रङ्गेली समाचारदाताविराटनगर, वैशाख ८ गते । विराटनगरका उद्योगीहरूको छाता संस्था उद्योग सङ्गठन मोरङले आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने दस र गत वर्षको बजेट भाषणमा समेटिएका तर कार्यान्वयनमा नआएका आठ बुँदासहितको लिखित सुझाव दिएको छ । सङ्गठनले अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई उक्त सुझाव दिएको हो । सङ्गठनका अध्यक्ष सुयश प्याकुरेल नेतृत्वको टोलीले यी दुई मन्त्रालय गई सम्बन्धित मन्त्रीलाई लिखित सुझाव दिएको हो । सुझावमा चालू आर्थिक वर्षको बजेटमा युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुँदा परियोजना धितो राखेर दिइने भनिएको २५ लाख रुपियाँसम्मको ऋण सुविधालाई कार्यान्वयनमा ल्याउन माग गरिएको छ । उहाँले एक प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भनिएको उक्त सुविधा अहिलेसम्म नपाएको गुनासोे गर्नुभयो । उद्योग सङ्गठन मोरङका अध्यक्ष प्याकुरेलले स्टार्टअप व्यवसायको दर्ता नवीकरण, तथा अन्य सेवा एकद्वार प्रणालीबाट निःशुल्क उपलब्ध गराउने भनिएको पनि अहिलेसम्म कार्यान्वनयमा नआएकाले उक्त बुँदाबारे स्मरण गराएको जानकारी दिनुभयो । यसैगरी एक अर्ब च्यालेन्ज फन्ड व्यवस्था गरिएको भनेर बजेटमा लेखिए पनि त्यसको पनि कुनै कार्यान्वयन नभएको भन्दै राम्रा बुँदालाई निरन्तरतामा राखेर कार्यान्वनयमा ल्याउन माग गरिएको छ । उद्योगहरूले छिमेकी मुलुकसँगको वाणिज्य तथा व्यापार सन्धिको पुनरवलोकन कार्य अगाडि बढाएर चीन र भारतबाट प्राप्त पारवहन सुविधाको उपभोग गर्न सरकार प्रतिबद्ध हुनुपर्ने सुझाव उल्लेख गरेका छन् । यसैगरी विराटनगरस्थित नेपाल र भारत सीमामा रहेको रेलमार्गलाई आईसीपीसँग जोड्नका लागि बजेटको मागसमेत गरिएको छ । सङ्गठनले बुझाएको सुझावपत्रमा बजेट भाषण र ऐन कानुनमा उद्योग व्यापारलाई हित हुने विषय समेटिए पनि कार्यान्वयनमा नजाँदा समस्या हुने गरेको उल्लेख गरिएको छ । सङ्गठनको प्रतिनिधिमण्डलमा अध्यक्ष प्याकुरेलसहित उपाध्यक्ष नन्दकिशोर राठी, कोषाध्यक्ष विपिन काबरा, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, इन्द्र खत्री, पारस लुनियाँ, पूर्वअध्यक्ष मुकेश उपाध्यक्षसहितको सहभागिता रहेको महानिर्देशक चुडामणि भट्टराईले जानकारी दिनुभयो ।औद्योगिक क्षेत्रको आवश्यकतालाई दृष्टिगत गरी सुनसरीको अमडुवामा रहेको साल्ट ट्रेडिङको ६५० बिघा जग्गामा निर्यात प्रवद्र्धन गर्ने उद्योग स्थापनाका लागि सहजीकरण गर्न आवश्यक सम्पूर्ण पूर्वाधार सुविधासहितको ‘क्रस बोर्डर’ औद्योगिक क्षेत्र निर्माण गर्ने बजेट माग गरिएको छ । यसैगरी निर्यात प्रवद्र्धन तथा भारतसँगको व्यापार घाटा कम गर्न स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने र ५० प्रतिशतसम्म मूल्य अभिवृद्धि गर्ने उद्योगलाई नगदमा प्रोत्साहन दिनुपर्ने, निकासीजन्य उद्योगले प्राप्त गर्ने बैङ्क ग्यारेन्टी, नगद धरौटी, पासबुक सुविधाहरू उपयोग गर्न प्रक्रियागत सरलीकरण गरिनुपर्ने र निकासीजन्य उद्योगलाई अन्य देशका असल अभ्यासको अध्ययन गरी नेपाल सरकारले कर नीतिहरूमा सुधार गर्नुपर्ने माग राखिएको छ ।
काठमाडौं, बैसाख ८ गते । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक विहीबार (आज) दिउँसो १ बजे बस्ने भएको छ । बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा महानगर तथा उपमहानगरका उम्मेद्वारका विषयमा छलफल गर्ने गरी पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोट बैठक बस्ने नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । त्यस्तै गरी नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक आजनै विहान ११ वजे शंखमूल स्थित ए वान पार्टी प्यालेसमा बस्ने गोरखापत्र अनलाइनलाई रिजालले जानकारी दिनुभयो । अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बस्ने परिषद्को बैठक निर्वाचनका विषयमै केन्द्रीत हुने उहाँले बताउनुभयो ।
काठमाडौँ, वैशाख ८ गते । म्यानचेस्टर सिटी फेरि इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा ब्राइटनलाई ३-० गोलले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो । सिटीलाई जिताउन रियाद महारेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक एक गोल गर्नुभयो । सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा महारेजले ५३औँ मिनेटमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाउनुभयो । ६५औँ मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि ८२औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई सहज जित दिलाउनुभयो । जितसँगै सिटीले शीर्षस्थान कब्जा गरेको सिटीले ३२ खेलबाट ७७ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ७६ अंक छ । पराजित ब्राइटन ४० अंक सहित १०औँ स्थानमा छ । अर्को खेलमा चेल्सीलाई आर्सनलको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा चेल्सी आर्सनलसँग ४-२ गोलले पराजित भयो । एजेन्सी
काठमाडौं, वैशख ८ गते । सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काँग्रेस एक्लै लडेपनि निर्वाचनमा पुग्ने आत्मविश्वास रहेको बताउनुभएको छ । नेपाल विद्यार्थी संघको ५३ औं स्थापना दिवसको अवसरमा स्थानीय निर्वाचनमा नेवि संघको भूमिका र पार्टीको दायित्व विषयक विचार गोष्ठीमा उहाँले स्थानीय निर्वाचनमा काँग्रेसले अन्य दलसँग गठबन्धन गर्न आवश्यक नरहेको धारणा राख्नुभयो ।निर्वाचनमा आज के कारणले र किन हामी गठबन्धन गरेर अगाडि गइरहेका छौं ? भन्ने प्रश्न उहाँले गर्नुभयो । काँग्रेसको केन्द्रीय समितिले समेत निर्णय गरिसकेको अवस्थामा गठबन्धनका शीर्ष नेताहरुबीच यस्तो निर्णय भएकोप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।राष्ट्रियता, प्रजातन्त्र र समाजवाद पार्टीको सिद्धान्त रहेको विषय उल्लेख गर्नुहुदै उहाँले निर्वाचनमा घर–घर गएर काँग्रेसको उम्मेदवार विजयी गराउन पनि उहाँले आव्हान गर्नुभयो ।काँग्रेसको कुरा गर्दा बीपी कोइराला, किसुनजी, गणेशमान सम्झनुपर्छ, काँग्रेसको पृष्ठभूमि अरुभन्दा भिन्नै छ, उहाँले भन्नुभएको छ ।
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ८ गते । सभा, समारोह, उत्सव र समूहमा खानपिन गर्दा सुरुमै भनिने ‘चियर्स’ अङ्ग्रेजी शब्द हो । ‘चियर्स’को सट्टा कुनै नेपाली शब्द प्रयोग गर्न सके त्यसले नेपाली संस्कृति, मौलिकपन र नेपालीपन दिनसक्छ । नेपाली सेलिब्रेटी सेफ सन्तोष साहले यो शब्द ‘आयला’ हुनुपर्ने बताउनुभएको छ । “अङ्ग्रेजी शब्द ‘चियर्स’को साटो नेवारी संस्कृतिमा सगुनको रुपमा प्रदान गरिने ‘आयला’ शब्द प्रयोग गर्दा आफ्नै मौलिकता झल्कने, पर्यटकलाई पनि रोचक हुने र गन्तव्यको सकारात्मक प्रवद्र्धन हुन्छ,” उहाँको भनाइ छ । उहाँले ‘आयला’ सम्बन्धित सन्देशमूलक प्रचारात्मक भिडियोसमेत सार्वजनिक गर्नुभएको छ । बीबीसी मास्टर सेफ सन्तोष साहसहित चर्चित विदेशी सेफको टोली अहिले नेपालमा मौलिक खाना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिरहेको छ । टोली चैत २७ गते काठमाडौँ आएको हो । यो टोलीले १० दिनसम्म विभिन्न स्थानमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिमा संलग्न भएको थियो । नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान अभियानअन्तर्गत प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको सहकार्यमा ‘बीबीसी मास्टर सेफ :द प्रोफेसनल २०२०’ का फाइनालिस्टको टोली नेपाल आएको हो । नेपालको मौलिक संस्कृति र खानामार्फत नेपाललाई गन्तव्यका रूपमा प्रचारप्रसार गर्नु यो अभियानको उद्देश्य हो । पाटा नेपालद्वारा आयोजित ‘मास्टरसेफ फाइनालिस्ट टुर टु नेपाल’मा चर्चित सेलिब्रेटी सेफ सहभागी छन् । उनीहरूले नेपालको पहिचान झल्काउने पहिरनमा नेपालका विभिन्न गन्तव्यमा मौलिक खानाको अवलोकन, अन्वेषण एवं प्रवद्र्धन गरेको आयोजकले जनाएको छ । आयोजकका अनुसार मास्टर सेफको नेपाल भ्रमण तथा गतिविधिबाट विश्वमा नेपालको मौलिक खाना र संस्कृतिको प्रचारप्रसार हुनेछ र नेपाली पर्यटन क्षेत्र पूर्ण खुला र जीवन्त रहेको सकारात्मक सन्देश प्रवाह हुनेछ ।
युवा पुस्ता सुन्दरता तथा फेसनका प्रवृत्तिलाई पछ्याउन मन पराउँछन् । आफू राम्रो बन्न कुनै पनि हदसम्म जान युवा पुस्ता सुन्दरताको विभिन्न प्रविधि अपनाउने गरेको पाइन्छ । राम्रो बन्न सौन्दर्यसामग्री प्रयोग नगरी अन्य विधिद्वारा आकर्षक देखिने ट्रेन्ड बढिरहेका बेला सुन्दरता थप्न नयाँ प्रविधिसँगै नयाँ शैलीको थालनी भएको छ । माइक्रोब्लेडिङ, हेयर ब्रिडिङ तथा एक्सटेन्सन, हेयर ट्रान्सप्लान्ट, बोटोक्स, आइल्यासेस–एक्सटेन्सन, नेल एक्सटेन्सन तथा आर्ट, बडी स्लिमिङ, केमिकल पिलिङ आदि प्रविधिले मानिसलाई सुन्दर बनाउनेमात्र होइन, सधैँ जवान देखाउने र सौन्दर्यमा निखार थप्ने काम गरिरहेका छन्
काठमाडौँ, वैशाख ८ गते । रियल म्याड्रिडले स्पेनिस ला लिगामा उपाधि दौड बलियो बनाएको छ । बुधबार राति भएको खेलमा रियलले ओसासुनालाई उसैको मैदानमा ३–१ गोलले हरायो । अनुभवी कप्तान करिम बेन्जेमाले दुई वटा पेनाल्टी मिस गरेपनि रियलले सहज जित निकालेको हो । रियलको जितमा डेभिड अलाबा, मार्को असेन्सियो र लुकास भाजक्वेजले गोल गर्नुभयो । ओसासुनाका एन्टी बुडिमिरले सान्त्वना गोल फर्काउनुभयो । रियलले १२औँ मिनेटमा डेभिड अलाबाको गोलबाट अग्रता लिएको थियो । तर, रियलको अग्रता एक मिनेट पनि टिकेन । १३औँ मिनेटमा एन्टी बुडिमिरले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । त्यसपछि ४५औँ मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई पुन अग्रता दिलाउनुभयो । बेन्जेमाले दोस्रो हाफमा दुई पेनाल्टी मिस गर्नुभएको थियो । बेन्जेमाको दुवै पेनाल्टीलाई ओसासुनाका गोलरक्षक सर्जियो हेरेराले बचाउनुभयो । इन्जुरी समयमा लुकासले भिनिसियस जुनियरको पासमा गोल गर्दै रियललाई सजिलै जिताउनुभयो । जितसँगै उपाधितर्फ लम्किएको रियलले शीर्षस्थानमा १७ अंकको अग्रता बनाएको छ । अब रियललाई उपाधिको जित्न पाँच खेलबाट चार अंक मात्त आवश्यक छ । रियलले अबको दुई खेलमै उपाधि जित्ने सम्भावना छ ।दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ६१ अंक तथा दुई खेल कम खेलेको बार्सिलोनाको ६० अंक छ । रियलसँग पराजित ओसासुना ४४ अंक सहित नवौँ स्थानमा छ । बुधबार रातिनै भएको खेलमा एट्लेटिको ग्रानाडासँग गोलरहित बराबरीमा रोकिएको हो । अर्को खेलमा गेटाफेले सेल्टा भिगोलाई २–० गोलले हरायो । एजेन्सी
पुराना प्रश्नपत्रको सँगालो अभ्यास गरेका भरमा कक्षा ८, १० र १२ को परीक्षाबाट अब सहजै पार पाउन सकिने छैन ।पालिकाले सञ्चालन गर्ने कक्षा ८, माध्यमिक शिक्षा परीक्षा (एसईई) र केन्द्रीयस्तरमा सञ्चालन हुने कक्षा १२ को परीक्षामा वर्षैपिच्छे प्रायः प्रश्न दोहोरिने गरेका छन् । यसैका कारण पुराना प्रश्नपत्रको सँगालो र गेस पेपरको व्यापार निकै फस्टाएको छ ।
तौलिहवा, बैशाख ८ गते । आफैलाई गोली हानेकी कपिलवस्तु शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको उपचारको क्रममा मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक जेसी शाहका अनुसार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा आज (विहीबार) बिहान उहाँको मृत्यु भएको हो ।‘आज बिहान साढे ६ बजेतिर हामीलाई खबर आयो उहाँको निधन भयो,’ प्रहरी नायब उपरिक्षक शाहले भन्नुभयो । उहाँका अनुसार उपचारका लागि राति नै काठमाडौं लैजाने तयारी गरिए पनि हेलिकप्टर नआएकाले भैरहवामै उपचार गरिएको थियो ।कपिलवस्तुको शमशेरदल गणमा कार्यरत सिपाही राजवंशीले बुधबार आफ्नै पेटमा गोली हानेकी थिइन् । ड्युटीमा रहेको बेला आफैले बोकेको एम १६ राइफलले गोली हानेको प्रहरी नायब उपरिक्षक शाहले जानकारी दिनुभयो ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रबीच ऊर्जा व्यापार सहजीकरण गर्ने, ‘ग्रिड कनेक्सन’सम्बन्धी गुरुयोजना तयार पार्ने र ऊर्जा व्यापार केन्द्र स्थापना गर्न सहमति भएका छन् । भर्चुअल रूपमा आयोजित बिम्स्टेक ऊर्जामन्त्रीस्तरीय तेस्रो बैठक १२ बुँदे संयुक्त वक्तव्य जारी गर्दै बुधबार सम्पन्न भएको छ ।
दार्चुलाको सबैभन्दा विकट मतदान केन्द्र रहेको व्यासमा हेलिकप्टरमार्फत मतपेटिका र कर्मचारी पठाउने तयारी भइरहेको छ ।स्वदेशतर्फको बाटो भएर व्यास गाउँपालिका–१, छाङरु र टिङ्कर जान नसकिने भएपछि हेलिकप्टरमार्फत कर्मचारी र निर्वाचन सामग्री पठाउने तयारी गरिएको हो । नेपालतर्फबाट हिँडेर जानसमेत पैदल बाटो छैन । अप्ठ्यारो गरी जाने हो भने छाङरु, टिङ्कर पुग्न पाँच दिन लाग्दछ । व्यासको वडा नम्बर १ मा दुईवटा मतदान केन्द्र छन् । छाङरुको कैलाशपति आधारभूत विद्यालयमा ३७५ जना र मोती महिला सङ्घ आधारभूत विद्यालय टिङ्करमा २३१ जना मतदाता रहेका छन् ।
काठमाडौँ, वैशाद ८ गते । युभेन्ट्स कोपा इटालिया कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्सले फियोरेन्टिनालाई २–० गोलले हरायो ।युभेन्ट्स समग्रमा ३–० को जित निकाल्दै फाइनलमा पुगेको हो । यसअघि पहिलो लेगमा युभेन्ट्स १–० गोलले विजयी भएको थियो । युभेन्ट्सको सहज जितमा फेडरिको बर्नरडेस्ची र डानिलोले गोल गर्नुभयो । पहिलो र दोस्रो हाफमा समान एक एक गोल गरेको युभेन्ट्सले ३२औँ मिनेटमा फेडरिको बर्नरडेस्चीको गोलबाट अग्रता लिएको थियो । त्यसपछि इन्जुरी समयमा डानिलोले गोल गर्दै युभेन्ट्सलाई फाइनमा लग्नुभयो । उपाधिको लागि युभेन्ट्सले इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । इन्टर मिलानले एसी मिलानलाई ३–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनल खेल मे ११ तारिख हुनेछ । एजेन्सी
बाँकेका मधेसी र मुस्लिम समुदायका छात्रालाई ध्यानमा राखेर नेपालगञ्जमा स्थापना गरिएको मङ्गलप्रसाद महिला कलेज सञ्चालनमा आएको छ ।