सर्लाहीको बरहथवा नगरपालिका–१०, मा दलित महिला वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
वैदेशिक रोजगार विभागले मलेसियामा श्रमिक पठाउने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई रोजगारदाताबाट प्राप्त आम्दानी र खर्चको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । विभागले सूचना जारी गर्दै म्या
बाजुराको बूढीगङ्गा नगरपालिकाको मतगणना अझै पनि अन्यौलनै भएको छ । निर्वाचन आयोगले मतगणना गर्ने या पुनःमतदान गर्ने भन्ने निर्णय गर्न नसक्दा १० दिनपछि पनि मतगणना अझै अन्यौलमै रहेको हो ।
सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको हो । अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत कर्मचारीको तलब बढाउने तयारी भइरहेको छ ।
रामेछापका सबै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यभार सम्हालिसकेका छन् । रामेछापमा कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो भएको छ । कांग्रेसले नगरप्रमुख र उपप्रमुख एक–एक, दुई गाउँपालिका अध्यक्ष र चार उपाध्यक्ष जित्दै पहिलो पार्टी बनेको हो ।
सुदूरपश्चिम प्रदेशका ८८ तहमध्ये ८४ पालिकाको परिणाम सार्वजनिक भएको छ । कञ्चनपुरको भीमदत्त, पुनर्बास नगरपालिका र अछामको साँफेबगर नगरपालिकाको मत गणना जारी छ । बाजुराको बूढीगङ्गा नगरपालिकाको मत गणना गर्ने कि नगर्ने भन्नेमा विवाद रहेको छ । नेपाली कांग्रेसले बूढीगङ्गाका केही बुथ नेकपा (एमाले) ले कब्जा गरेको आरोप लगाउँदै पुनः मतदानको माग गर्दै आएको छ । यद्यपि, नेकपा (एमाले) ले वैशाख ३० गतेको मतदान स्वीकार गर्दै मतगणनाको माग राख्दै आएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)ले एकअर्कालाई बूढीगङ्गामा बुथकब्जाको आरोप लगाउँदा अन्योल सिर्जना भएको छ । निर्वाचन आयोगले सो बुथको निर्वाचन बदर भने पनि पुनः मतदानको मिति तोकेको छैन ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिका प्रेरणादायी कथाहरू समेटिएको पुस्तक ‘हाम्रो शरीर, हाम्रो जीवन, हाम्रो अधिकार’ प्रकाशित भएको छ । समाजमा आफ्नो पहिचान स्थापित गर्न सङ्घर्ष गर्दै अगाडि बढेका समुदायका वास्तविक कथा समेटेर मितिनी नेपालले उक्त प्रेरणादायी पुस्तक पाठकमाझ ल्याएको हो ।
सर्लाही, जेठ ९ गते । सर्लाहीमा पहिलो महिला नगरप्रमुख निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)बाट उम्मेदवार बन्नुभएका कल्पनाकुमारी कटुवाल बरहथवा नगरपालिकाको नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । कटुवाल बरहथवाका निवर्तमान नगरप्रमुख देवानन्द महतोलाई दोब्बर बढी मतले पराजित गर्दै नगरप्रमुखमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कटुवालले १२ हजार २७३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का महतोले छ हजार ६६६ मत मात्रै पाउनुभएको छ । कांग्रेसका विगुप्रसाद चौधरीले छ हजार ५५ मत पाउनुभएको छ । नेतृ कटुवालको जितसँगै नेकपा एमालेले सर्लाहीमा खाता खोलेको छ । २०७४ सालमा लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर गरी चारवटा नगरपालिका जितेको एमालेले यो पटक बरहथवामा मात्रै जित निकालेको हो । यस्तै, बरहथवा नगरपालिकाको उपप्रमुखमा पनि एमाले नै विजयी भएको छ । एमालेका रामबाबुप्रसाद साह नौ हजार ९०१ मत ल्याएर नगरउपप्रमुखमा निर्वाचित हुनुभएको हो । साहका निकटतम प्रतिस्पर्धी कांग्रेसकी गङ्गा दाहालले सात हजार ११९ मत मात्रै ल्याउनुभएको छ । निवर्तमान नगरउपप्रमुख माओवादी केन्द्रकी सीतादेवी माझी तेस्रो हुनुभएको छ । माझीले छ हजार ३१४ मत पाउनुभयो । आइतबार राती बरहथवा नगरपालिकाको मतगणना सकिएसँगै सर्लाहीको २० वटै पालिकाको मतगणना सम्पन्न भएको छ । २० पालिकामध्ये नेपाली कांग्रेस सबैभन्दा धेरै १२ पालिका, माओवादी केन्द्र चार पालिका, जनता समाजवादी पार्टी (जसपा) दुई पालिका, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक÷एक पालिकामा विजयी भएका छन् ।
जिल्लामा खसेको मतमध्ये २० दशमलव ८९ प्रतिशत मत बदर भएको छ । सात वटै गाउँपालिकाका ५४ वटा मतदान केन्द्रमा खसेको एक लाख ४९ हजार २८३ मतमा २६ हजार ९५२ मत बदर भएको मुुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले जानकारी दिनुभयो ।
ओखलढुङ्गामा जिल्ला समन्वय समिति गठनका लागि नेपाली कांग्रेसलाई स्पष्ट बहुमत प्राप्त भएको छ । स्थानीय तहको निर्वाचित जनप्रतिनिधि उम्मेदवार हुने जिससका लागि कांग्रेसले एकल बहुमत बनाएको हो । स्थानीय तहका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षले मतदान गर्ने जिससका लागि जिल्लामा नेपाली कांग्रेसको तर्फबाट नौ जना मतदाता हुनुहुन्छ । एक नगरपालिकासहित सात गाउँपालिकाबाट १६ जना मतदातामध्ये नेपाली कांग्रेस एक्लैको नौ जना मतदाता छन् । यसैगरी नेकपा एमालेको पाँच, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबाट एक–एक जना हुनुहुन्छ । नेपाली कांग्रेसले मानेभञ्ज्याङ र सुनकोसी गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुवै जितेको छ ।
पहिलो स्थानीय तह निर्वाचनमा साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा कुमारजङ्ग याखा निर्वाचित हुनुभयो, त्यो बेला पराजित उम्मेदवार हुनुन्थ्यो नेपाली कांग्रेसका क्षेत्रीय सभापति जितेन्द्र राई । यस प्रतिस्पर्धामा बाजी कुमारजङ्ग याखाले मार्नुभएको थियो । पाँच वर्षपछि दोस्रो स्थानीय तह निर्वाचनमा पुनः यी दुई बीच चुनावी प्रतिस्पर्धा भयो । जसमा यो पटक भने कांग्रेसका जितेन्द्र राईले बाजी मार्नुभयो ।
रम्भा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी हुनुभएको छ । एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका विष्णुप्रसाद भण्डारी र उपाध्यक्षका उम्मेदवार राधाकुमारी श्रेष्ठ निर्वाचित हुनुभएको हो ।
स्थानीय तह निर्वाचनमा प्रमुख/अध्यक्षमा उम्मेदवार बन्नुभएका प्रमुख दलका जिल्ला अध्यक्षहरू पराजित भएका छन् । मधेस प्रदेशअन्तर्गत सिरहा र धनुषामा पार्टीका जिल्ला अध्यक्ष पराजित भएका हुन् । प्रमुख दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी (जसपा), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का जिल्ला अध्यक्षहरू स्थानीय तह निर्वाचनमा पराजित भएका छन् ।
गण्डकी प्रदेश सभाको बजेट अधिवेशन २०७९ जेठ ११ गते दिनको १ बजे बस्ने भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बजेट अधिवेसन आह्वान गर्नुभएको हो ।
कास्कीको मादी गाउँपालिकाको सबैभन्दा कान्छा उम्मेदवार देवीजङ्ग गुरुङ वडाध्यक्षमा विजयी हुनुभएको छ। यहाँको १२ वडामध्ये उहाँ सबैभन्दा कान्छो उम्मेदवार हुन। उहाँ नेकपा एमालेका उम्मेदवार उमरबहादुर गुरुङलाई हराएर वडाध्यक्षमा विजयी हुनुभएको हो। मादी १ सिक्लेसका नवनिर्वाचित वडाध्यक्ष देवीजङ्गको उमेर ३० वर्ष रहेको छ।