धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ्ग विजयी हुनुभएको छ।
सूर्य नेपाल गल्फ टुरको बर्षको अन्तिम स्पर्धा सूर्य नेपाल प्रिमियर गल्फ प्रतियोगितामा प्रोएम तर्फको उपाधि पूर्ण शर्माको टिमले जितेको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा आइतबार भएको प्रतियोगितामा प्रो पूर्णको टिमले कूल एक सय ५३ अंक बटुल्यो ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमालले विजयी भएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सजरुद्धिन मुसलमानले एमाले उम्मेदवार रमाउती यादवलाई पराजित गर्नुभएको हो।
नेपालको राष्ट्रिय खेल भलिबल दिवसको अवसरमा आइतबार विभिन्न कार्यक्रम गरेर यस दिवस मनाईएको छ । नेपाल भलिबल संघले औपचारिक कार्यक्रम नगरेपनि भलिबलमा आवद्ध संघ संस्थाले विभिन्न कार्यक्रम गरी भलिबल दिवस मनाएका हुन् ।
भारतीय सङ्गीत कम्पनी 'टी सिरिज'ले नेपाली कलाकारसँगको सहकार्यमा निर्माण गरेको गजल 'साम से ही दिल' सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गजल रिलिज गरिएको हो ।
पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणना अनुसार प्रमुखमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेमान सिंहले निकटतम प्रतिद्वन्द्वीभन्दा १५ हजार ८९५ मतान्तरले अग्रता लिनुभएको छ।
बीआर इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको नेपाली चलचित्र 'पासो'को ट्रेलर सार्वजनिक गरिएको छ ।
पछिल्लो २४ घण्टामा थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
कर्मचारीबाट राजीनामा दिएर बैतडीको पाटन नगरपालिका-१० को वडा अध्यक्षमा विजयी हुनुभएका वडा अध्यक्षले पहिलो सन्तानको रुपमा छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गर्नुभएको छ।
काठमाडौं महानगरपालिका-३१ को वडाअध्यक्षमा नेकपा (एमाले)का सरोज ढकाल विजयी हुनुभएको छ। उहाँले चार हजार ७६७ मत प्राप्त गर्नुभएको हो।
काठमाडौं महानगरपालिका-२४ को वडाअध्यक्षमा नेपाली काँग्रेसका विनोदकुमार राजभण्डारी विजयी हुनुभएको छ। उहाँले एक हजार १३२ मत प्राप्त गर्नुभयो।
गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले शिष्टाचार भेटघाट गर्नुभएको छ । आइतबार गृह मन्त्रालयमा भएको भेटमा आपसी सहयोग र द्धिपक्षीय सम्बन्धबारे छलफल भएको छ ।
हरेक दृष्टिकोणले पश्चिम नेपालको केन्द्र रहेको बाँके जिल्लाका ८ वटा पालिकामध्ये नेकपा एमालेले यस पटक एउटा पनि पालिकामा प्रमुख र उपप्रमुखमा जित्न सकेन । २०७४ सालको स्थानीय निर्वाचनमा चारवटा पालिका जितेको एमालेले यो निर्वाचनमा कुनै पनि पालिकामा विजयी हुन सकेन ।
स्थानीय तह सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेकाे अवस्थामा ७५३ पालिकामध्ये विवादका कारण स्थगित दुई पालिकाको मतदान प्रकृया अझै सुरु हुन सकेको छैन । बाजुराको बुढीगंगा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना रोकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उदयपुरको त्रियुगा नगरपालिकामा मतदान चल्दाचल्दै विवाद भएर मतदान प्रकृया नै रोकिएको थियो ।
चाँदनी आचार्यघोडाघोडी(कैलाली), जेठ ८ गते । कैलालीमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । ट्याक्टर र स्कुटर ठोक्किँदा स्कुटर चालक लम्कीचुहा नगरपालिका–१ की ३० वर्षीया सविता कँडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचौनीमा से १ त ६८२७ नम्बरको ट्याक्टर र सु.प.प्र. ०१ ००८ प १७८३ नम्बरको स्कुटर ठोक्किएका थिए । दुर्घटनामा स्कुटरमा सवार लम्कीचुहा–७ की २५ वर्षीया जमुना सिंह घाइते भएकाले धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।ट्याक्टर चालक गौरीगङ्गा–७ का २७ वर्षीय पुरन चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताउनुभयो । त्यसैगरी, आइतबार विहान कैलालीको लम्कीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । लम्कीचुहा नगरपालिका–७ का ३१ वर्षीय जयकुमार न्यौपाने मृत फेला परेको प्रहरीले जनाएकोे छ ।न्यौपाने लम्कीचुहा–१ स्थित विद्युत कार्यालयको गेट नजिक मृत भेटिएको र मृत्युको कारणबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।