चित्र मिजारसिन्धुपाल्चोक, जेठ ७ गते । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले पदभार ग्रहण गरे लगत्तै नगरको पहिलो बैठकले नगरवासीको स्वास्थ्य बीमा गरिने नीतिगत निर्णय गर्नुभएको छ । नयाँ आर्थिक वर्षदेखि सबै नगरवासीको स्वास्थ्य बीमा गर्ने अभियान शुरु गर्ने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी वर्षको नीति तथा कार्यक्रममा नगरवासीको हितका लागि स्वास्थ्य बीमा समेटेर बजेट व्यवस्था गर्ने बताउनुभयो ।उक्त नगरका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद पौड्यालले नयाँ आर्थिक वर्षको चौमासिकबाट उक्त स्वास्थ्य बीमा कार्यक्रम कार्यान्यवनमा आउने जानकारी दिनुभएको छ । तत्कालका लागि द्वन्द्व प्रभावित, दीर्घरोगी, अल्पसङ्ख्यक, सीमान्तकृत, निम्न आय भएका नगरवासीको स्वास्थ्य बीमा शुरु गरिने प्रप्रअ पौड्यालले बताउनुभयो ।नगरबासीको जीविकोपार्जनमा सुधार ल्याई समृद्ध नगर बनाउने अभियानमा नगर लागिसकेका उहाँले बताउनुभयो । नगरबासीको आयआर्जन बढाउन कृषि क्षेत्रसँग जोडेर काम थाल्ने उहाँले जोड दिनुभएको छ । पदभार ग्रहणपछि नगरबासीको स्वास्थ्य बीमा कार्यक्रमको नीतिगत निर्णय गर्दे चौतारा साँगाचोकगढी नगरप्रमुख कृष्णप्रसाद सापकोटा ।
शेरबहादुर राई ओखलढुङ्गा, जेठ ८ गते । ओखलढुङ्गाको मानेभञ्ज्याङ् गाउँपालिकामा आइतबार विहान एक बालिका गम्भीर घाइते अवस्थामा फेला परेका छन् । मानेभञ्ज्याङ् गाउँपालिका–५ धिम्लेमा स्थानीयले गम्भीर घाइते र अचेत अवस्थामा बालिकालाई फेला पारेका हुन् । प्रहरी र स्थानीयले बालिकाको उद्धार गरी उपचारका लागि ओखलढुङ्गा सामुदायिक अस्पताल पठाएका छन् । बालिका मानेभञ्ज्याङ्ग–५ धिम्लेकै रहेको खुलेको छ । करिब १८ वर्षीय बालिका बेलुका परिवारसँगै खाना खाएर सुतेका थिइन । विहान घरमा नभएपछि परिवारले उहाँको खोजी गर्दा गाउँ नजिकैको खोल्सामा उहाँलाई अचेत अवस्थामा स्थानीयले फेला पारेका थिए । बालिकाको बलात्कारपछि मरणासन्न हुने गरी कुटपिट भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनसन्धानबाट देखिएको ओखलढुङ्गा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले बताउनुभयो । बालिकाको शरीरमा लागेको गम्भीर चोट, फाटेको कपडालगायत घटनाको प्रकृति हेर्दा बालिकालाई सामूहिक बलात्कार गरी पोल खुल्ले डरले मरणासन्न हुनेगरी कुटपिट गरी मरेको ठानेर फालेको हुनसक्ने स्थानीनयले बताएका छन् । बालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो । बालिका बलात्कृत भएको हो वा होइन भन्ने विषयमा स्वास्थ्य परीक्षणको रिपोर्ट नआइसकेकाले केही भन्न नसकिने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख खनालको भनाइ छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
देशका सातै प्रदेशका विभिन्न स्थानीय तहको प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारहरु निर्वाचित हुनुभएको छ । यो समाचार तयार पार्दासम्म निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रदेशगतरुपमा विजयी स्वतन्त्र उम्मेदवारको अवस्था निम्न अनुरुपको छ ।
महोत्तरीको भंगहा नगरपालिकामा प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल र उपमेयरयमा नेपाली काँग्रेस पार्टीका उम्मेदवार विजयी हुनुभएको छ । भंगहा नगरपालिकाको मेयरमा लोसपा नेपालका संजिव साह र उपमेयरमा नेपाली काँग्रेसका शान्तिकुमारी सिंह निर्वाचित हुनुभएको छ ।
रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको छ । मुम्बई स्थित वानखडे स्टेडियममा शनिबार राति भएको खेलमा दिल्ली क्यापिटल्स मुम्बई इन्डियन्ससँग पाँच विकेटले पराजित भएपछि बेंगलोरले प्लेअफमा स्थान बनाएको हो ।
स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ७०१ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले ३११ पालिका जितेको छ भने नेकपा ९एमाले०ले १८८ पालिका जितेको छ। यसैगरी, नेकपा माओवादी केन्द्रले १२० पालिका जित्दा नेकपा एकीकृत समाजवादीले नौ, जनता समाजवादी पार्टीले २० र अन्य पार्टीले ५३ पालिका जितेका छन्।
बलात्कारसम्बन्धी कानून संशाेधनको माग गर्दै नेपाल विद्यार्थी संघले कानून ,न्याय तथा संसदीय मामिला मन्त्रीलाई ज्ञापन बुझाएका छन् ।
नेपाली युवाको साझा तथा सत्य कथा बोकेको गीत ‘रहरले परदेशी कोही हुन्न’ सार्वजनिक भएको छ । गीतमा गणेश खड्काको शब्द, राजनराज शिवाकोटीको सङ्गीत, स्वरूपराज आचार्य र रचना रिमालको स्वर तथा नरेन्द्र वियोगीको सङ्गीत संयोजन छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग नागरिक सुरक्षा लोकतन्त्र र मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले भेट गर्नुभएको छ ।
कपिल ज्ञवालीसिद्धार्थनगर, जेठ ८ गते । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातवटै मन्त्रालयमा प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । शिक्षालय स्थापनाको लागि आवश्यक अध्ययनका लागि बुटवलस्थित कोरिया नेपाल बहुप्राविधिक शिक्षालयको मन्त्री कृष्णकुमार श्रेष्ठसहितको टोलीले अवलोकन गरेको छ । अवलोकनपछि मन्त्री श्रेष्ठले सात वटै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने सरकारको योजना रहेको बताउनुुभयो । उहाँले देशमै नमुना मानिएको शिक्षालयको अवलोकनपछि सातवटै प्रदेशमा यस्तो शिक्षालयको आवश्यकता झनै महसुस भएको बताउनुुभयो ।मन्त्री श्रेष्ठले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि स्वदेश र विदेशमा सिपयुुक्त प्राविधिक जनशक्ति निर्माण गर्ने योजना अघि सारेको बताउनुुभयो ।मन्त्रालयका निमित्त सचिव एंव मन्त्रालयका प्रवक्ता डण्डुुराज घिमिरेले चाहेजति सिप दिन नसकेकाले त्यस्तो जनशक्ति निर्माणका लागि सात वटै प्रदेशमा प्रशिक्षण केन्द्रहरु स्थापनाका लागि अध्ययन अनुसन्धान गर्न कोरिया नेपाल बहुुप्राविधिक शिक्षालयको अवलोकन गरिएको बताउनुुभयो ।उक्त अवसरमा शिक्षालयका उपप्रमुख इञ्जिनियर किरण काफ्लेले डिप्लोमा इन इञ्जिनियरिङ कार्यक्रम अन्र्तगत अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, मेकानिकल र रिग्रेरिशन तथा एयर कन्डिशनका कक्षा सञ्चालनमा रहेको बताउनुुभयो । कोरिया नेपाल बहुुप्राविधिक शिक्षालयमा ८ सय विद्यार्थी अध्ययनरत छन् ।बुटवल १२ तामनगरमा रहेको कोरिया नेपाल बहुुप्राविधिक शिक्षालय अवलोकन । तस्वीर ः कपिल ज्ञवाली ।
नायिका केकी अधिकारी गायक राजेश पायल राईसँग ‘तिम्रै नाम होस्’ नामक म्युजिक भिडियोमा प्रेमिल मुडमा देखिनुभएको छ । गीतमा गायिका अस्मिता अधिकारी र गायक राजेश पायल राईको स्वर सुन्न सकिन्छ । वसन्त सापकोटाले सङ्गीत दिनुभएको गीतलाई गोपाल लोहारले लेख्नुभएको हो । सुदीप बरालले छायाङ्कन रहेको गीतमा अर्जुन जीसीले सम्पादन गर्नुभएको छ ।
फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सिजनको अन्तिम खेलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा समेटिएको मेट्जलाई ५–० गोलले हरायो ।
डा. विश्वम्भर प्याकु-यालको परिचय अर्थविदका रूपमा मात्र चिनाउँदा अन्याय नै हुन्छ । उहाँ साहित्यकार, कवि तथा गीतकर पनि हुनुहुन्छ । बर्दियाको सदरमुकाम गुलरियामा जन्मिनुभएको प्याकु-यालले कक्षा ७ सम्म त्यहीँ अध्यापन गर्नुभयो । त्यसपछि काठमाडौँ आएर आफ्नो काकाकहाँ बसेर थप पढाइलाई निरन्तरता दिनुभयो ।
भारत सरकारले गहुँको निकासीमा प्रतिबन्ध लगाए पनि नेपालमा भने तत्काल अभाव नहुने सम्बद्ध निकायले जनाएका छन् । अहिले गहुँको सिजन भएको र उद्योगसँग मौज्दात रहेकाले तत्कालका गहुँको अभाव नहुने भएको हो तर लामो समयसम्म आयात रोकियो भने गहुँ कच्चा पदार्थका रूपमा प्रयोग गर्ने उद्योगलाई समस्या पर्ने र गहुँ र त्यसबाट बनेका खाद्यवस्तुको मूल्य वृद्धि हुनसक्ने अनुमान गरिएको छ । नेपालगञ्जको विकास फ्लोर मिलका सञ्चालक विकास दुगडले आ
२०७२ को टीकापुर घट्नाको दोषी ठहर भएर जेल जीवन विताइरहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी कैलालीको ठूलो दल भएको छ । सो पार्टी चौधरीकी पत्नी रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठन भएको हो ।