• १२ असार २०८१, बुधबार

फेरि मतदान गर्न १३ घण्टा पैदल हिँड्नु नपराेस् : मासपुरवासी

blog

१३ घण्टा पैदल हिडेर मतदान गर्न गरेर घर फर्कनुहुँदै हुम्लाको मासपुरवासी । तस्विरः राजन रावत

हुुम्ला, जेठ ८ गते । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका लागि मतदान गर्न हुम्लाको मासपुरवासीले १३ घण्टा पैदल हिड्नु पर्ने बाध्यता भयो । गाउँमै मतदान केन्द्र नतोकिदाँ मासपुरबासीले मतदान गर्न सास्ती खेप्नु परेको गुनासो गरेका छन् । 

जिल्लाको दक्षिणी क्षेत्रको ताँजोकाट गाउँपालिका–३ को मासपुुरबासीले आजसम्मको निर्वाचनमा मदतान गर्नका लागि आठ देखि १३ घण्टा पैदल हिड्नुु परेको स्थानीयबासी धनरुपा बुुढाले गुनासो गर्नुभयो । यस पटकको मतदान केन्द्र थपिएला भन्ने आशा भएपनि त्यो पुुरा नभएको भन्दै आउने चुुनावमा मतदान केन्द्र थप गर्न माग उहाँले माग गर्नुभयो ।

मासपुरबासीले वैशाख ३० गते सम्पन्न निर्वाचनमा १३ घण्टा पैदल हिडेर मतदानको एक दिन अगाडी नै गाउँपालिका केन्द्र छप्रेलामा  पुुगेर मतदानमा भाग लिएका थिए । आउने दिनहरुमा त्यस क्षेत्रको समस्यालाई ध्यानमा राखेर मतदान केन्द्र थप गर्ने बारे माथिल्लो तहमा ध्यानकर्षण गराउने मुुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले बताउनुभयो । 

घण्टौ पैदल हिड्नु पर्ने भएकाले यस पटक महिला मतदाताहरुले साना वालवालिकासाथै ल्याउनु भर्ने भएकाले र जेष्ठ नागरिक हिड्न नसक्ने भएकाले मतदानमा भाग नलिएको स्थानीयबासी धनरुपा बुुढाले बताउनुभयो । २०७४ सालको निर्वाचनमा एक परिवारबाट एक जना समस्यले मात्र मतदान गर्न आएको र यस पटक भने मासपुुरगाउँका मतदाताहरुले दुुःख सहेर पनि अधिकाँस मतदाता मतदान गर्न पुगेको हो । 

मासपुुर गाउँमा २३ घरधुुरीका ७५ मतदाता रहनुु भएको छ । यसअघि सवै तहका निर्वाचनमा १७ जनासम्मले मात्र मतदान गर्दै आउनुु भएको थियो । यस पटक आफ्ना जनप्रतिनिधि छान्ने अधिकारी प्रयोग गर्न गाउँवासी उत्साही भएका छन् । 

Author

राजन रावत