• १३ साउन २०८१, आइतबार

जलेश्वर नगरपालिका प्रमुखमा जसपा विजयी

blog

जलेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित सुरेश साह (सोनार) र रौशन खातुन । तस्विर : महेशकुमार दास

महोत्तरी, जेठ ८ । जिल्लाको जलेश्वर नगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी(जसपा) नेपालका उम्मेदवार विजयी हुनुभएको छ । 

जलेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा जसपाका नेपालका सुरेश साह (सोनार) र रौशन खातुन निर्वाचित हुनुभएको छ । प्रमुख साहले एक हजार ८७६ मतान्तरले विजयी हुनुभएको छ । साह सात हजार ३०६ मत ल्याउनुभएको थियो भने उहाँका निकटतम् प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका निर्वतमान प्रमुख रामशङ्कर मिश्रले पाँच हजार ४३० मत ल्याउनुभएको थियो । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार रामआधार कापर चार हजार ७८२ मत ल्याएर तेस्रो हुनुभएको छ । जलेश्वर नगरपालिकाको उपप्रमुख खातुन पाँच हजार ८२३ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का निर्वतमान उपमेयर मुनचुन देवीले चार हजार ९०१ मत प्राप्त गरेको छ । 

लोसपा नेपालबाट उपमेयरका उम्मेदवार फरहत खातुन चार हजार ८६२ पाएर तेस्रो हुनुभएको निर्वाचन अधिकृत ठाकुरचन्द्र त्रितालले बताउनुभएको छ । १२ वडा रहेको जलेश्वर नगरपालिकाको वडाहरुमा भने मिश्रत परिणाम आएको निर्वाचन अधिकृत त्रितालले बताउनुभयो । 

जलेश्वर नगरपालिका वडा  नं.  १ मा जसपा नेपालका अनिलकुमार झा, वडा नं. २ मा जसपा नेपालका वरुण दहाल, वडा नं. ३ मा नेपाल कम्पयुनिस्ट पार्टी (एकीकृत समाजवादी) का रत्नकुमार चौधरी, वडा नं. ४ मा नेकपा एमालेका हरिश्चन्द्र महतो, वडा नं. ५ मा नेकपा एमालेका कृष्णमोहन शर्मा, वडा नं. ६ मा नेकपा एमालेका रवीन्द्रप्रसाद साह, वडा नं. ७ मा नेकपा एमालेका रामछविला यादव, वडा नं. ८ मा एमालेका विजयकुमार सिंह विजयी हुनुभएको छ । 

यसैगरी वडा नं. ९ मा जसपा नेपालका रविन्द्र यादव, वडा नं. १० मा जसपा नेपालका विकाउ दास कथवनिया, वडा नं. ११ मा जसपा नेपालका मनोजकुमार साह र वडा नं. १२ मा एमालेका मनोजकुमार मण्डल विजयी हुनुभएको छ । 

Author

महेशकुमार दास