• २ असार २०८१, आइतबार

कैलालीमा स्कुटर दुर्घटनामा एक महिलाको मृत्यु

blog

चाँदनी आचार्य

घोडाघोडी(कैलाली), जेठ ८ गते । कैलालीमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । ट्याक्टर र स्कुटर ठोक्किँदा स्कुटर चालक लम्कीचुहा नगरपालिका–१ की ३० वर्षीया सविता कँडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचौनीमा से १ त ६८२७ नम्बरको ट्याक्टर र सु.प.प्र. ०१ ००८ प १७८३ नम्बरको स्कुटर ठोक्किएका थिए । 

दुर्घटनामा स्कुटरमा सवार लम्कीचुहा–७ की २५ वर्षीया जमुना सिंह घाइते भएकाले धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

ट्याक्टर चालक गौरीगङ्गा–७ का २७ वर्षीय पुरन चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताउनुभयो । 

त्यसैगरी, आइतबार विहान कैलालीको लम्कीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । लम्कीचुहा नगरपालिका–७ का ३१ वर्षीय जयकुमार न्यौपाने मृत फेला परेको प्रहरीले जनाएकोे छ ।

न्यौपाने लम्कीचुहा–१ स्थित विद्युत कार्यालयको गेट नजिक मृत भेटिएको र मृत्युको कारणबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।