मतपत्र च्यातेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव राजकुमार ढुङ्गानामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पुर्नवास नगरपालिकामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसले जित हात पारेको छ । गत ०७४ को निर्वाचनमा दुई वडामा सिमित रहेको काँग्रेस अहिले प्रमुख र उपप्रमुखसहित चार वडामा विजयी भएको हो । ११ वडा रहेको पुनर्वासमा ०७४ मा प्रमुख र उपप्रमुखसहित पाँच वडा एमाले, चारमा मादोवादी र दुई वडामा मात्र काँग्रेस विजयी भएको थियो ।
चित्र मिजारसिन्धुपाल्चोक, जेठ ८ गते । बलेफी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गंगाबहादुर तामाङले समग्र बलेफीको विकास, परिर्वतन र समृद्धिमा काम गर्ने बताउनुभएको छ । बलेफबासीको स्वास्थ्यलाई ख्याल गर्दे एम्बुलेन्स खरिद गरी अस्पलात र घर लाने लैजाने, स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र जनशक्ति बढाई गुणस्तरीय उपचार सेवा दिलाउने उहाँले बताउनुभएको छ । गर्भवती र सुत्केरी महिलालाई पोषणयुक्त कार्यक्रम अघि सार्ने, जेष्ठ नागरिकको स्वास्थ्य प्रति विभिन्न काम गर्दे सामाजिक सुरक्षा भत्ता घरदैलोमा नै पु¥याउने अध्यक्ष तामाङले बताउनुभयाे ।बलेफी गाउँबासी अधिकांश कृषि पेशा, व्यवसाय निर्भर रहेकाले कृषि क्षेत्रका परिवर्तनका लागि कृषकसँगको सहभागितामा योजना तर्जुमा गर्ने, समयमा रासायनिक मल, वीउबीजन, औषधी उपलब्ध गराउने उहाँले बताउनुभएको छ । दूधमा प्रतिलिटर दुई रुपियाँ अनुदान दिने, बलेफीमा विभिन्न नाममा जथाभावी कर संकलन गरिँदै आइएको छ । कर जनताको पहुँचअनुसार पार्ने र अतिन्यून कर प्रणाली लागू गरिने अध्यक्ष गंगाले जानकारी दिनुभएको छ ।
पर्सा प्रहरीको टोलीले लाटोकोसेरोसहित दुई भारतीयलाई पक्राउ गरेको छ । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरको गोरेटो बाटो हुँदै अवैधरूपमा लाटोकोसेरो नेपालबाट भारततर्फ लाँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
ठाकुरप्रसाद आचार्य म्याग्दी, जेठ ९ गते । नमुना कृषकको पहिचान बनाउनुभएका बेनी नगरपालिका–४ सिंगाका अणबहादुर खड्कालाई जनताले नमुना वडा निर्माण गर्नको लागि मौका दिनुभएको छ । स्थानीय तहको निर्वाचनमा उहाँलाई जनताले विश्वास गरेर वडाध्यक्षको जिम्मेवारी सुम्पेका छन् । एककरोड ८० लाख रुपियाँभन्दा बढी लगानी गरेर खड्काले गाउँमा सामूहिक बाख्रापालन व्यवसाय गर्नुभएको थियो नै उहाँको कृषि क्रान्तिलाई मलजल गर्न नेकपा माओवादी केन्द्रबाट उहाँलाई वडाध्यक्षको उम्मेदवार बनाएको थियो ।सो उम्मेदवारीलाई जनताले पनि साथ दिएपछि उहाँले नेपाली काँग्रेसका सुमन बानियाँलाई ६६५ मत अन्तरले पराजित गर्दै विजयी हुनुभयो । अघिल्लो स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा पराजित खड्का दोस्रोपटक विजयी हुनुभयो । एकपटकको हारबाट म कत्ति पनि विचलित भएको थिइन, राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील थिएँ, उहाँले भन्नुभयो ‘यसपाली वडावासीले मलाई सेवा गर्ने अवसर दिनुभयो, वडावासीको शिर उच्च हुने काम गरेर देखाउँछु ।’ आफ्नो पेशा कृषि भएकाले किसानको जीवनस्तर उकास्ने खालका कार्यक्रमहरुलाई प्राथमिकता दिने उहाँले बताउनुभयो । युवालाई कृषि पेशातर्फ आकर्षित गर्ने खालका कार्यक्रमहरु वडाका हुनेछन्, उहाँले भन्नुभयो ‘हाम्रो वडा भनेको कृषि र पशुपालनमा राम्रो सम्भावना भएको वडा भएकाले कृषि क्षेत्रको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्छु ।’ कृषिका साथै शिक्षा, स्वास्थ्य र पर्यटनका क्षेत्रमा योजना बनाएर वडाको विकासमा सबैसँग सहकार्य गर्ने सोचाई उहाँले बनाउनुभएको छ । जनप्रतिनिधि भएपछि पनि बाख्रापालन व्यवसायलाई निरन्तरता दिई अझ राम्रो बनाएर वडावासीलाई उदाहरण प्रस्तुत गर्ने सोच उहाँको छ । उहाँको फर्ममा हाल १० जनाले रोजगारी पाएका छन् । सामूहिक बाख्रापालनको राम्रो उदाहरण देखाएर वडाका बेरोजगार युवालाई सामूहिक कृषि पेशातर्फ आकर्षित गर्ने उहाँ बताउनुहुन्छ ।
भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । १९ वडा रहेको पालिकामा १३ वडासहित प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएको हो ।
काठमाडौं, जेठ ९ गते । प्रेस सेन्टर, नेपालले कृष्णसेन 'इच्छुक' स्मृति पत्रकारिता पुरस्कार २०७८ र ७९ बाट दुई जनालाई जनही ५० हजार र शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार ०७८ र ७९ बाट दुई जनालाई जनही २५ हजार रुपियाँसहित कदरपत्र प्रदान गर्ने निर्णय गरेको छ ।आइतबार साँझ बसेको प्रेस सेन्टर, नेपालको सचिवालयको बैठकले सोको लागि नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीको अध्यक्षतामा गोविन्द देवकोटा र गङ्गा बरालसहित तीन सदस्यीय निर्णायक समिति गठन गरेको छ । वि.सं २०५९ जेठ १३ गते माओवादी ‘जनयुद्ध’को दौरानमा मारिएका पत्रकार तथा सांस्कृतिककर्मी कृष्ण सेन ‘इच्छुक’को जेठ १३ गते एक कार्यक्रमकाबीच साे पुरस्कार वितरण गरिनेछ ।बैठकमा सम्बाेधन गर्नुहुँदै पत्रकार र सांस्कृतिकर्मीकाे त्याग, तपस्या र बलिदानमा बनेकाे सङ्घीयतासहितकाे अधिकार सुनिश्चित गर्नकाे लागि बनेकाे सत्तापक्षीय गठबन्धनको ऐतिहासिक विजय भएकाे नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य महेश्वर दाहालले बताउनुभयाे ।उहाँले सत्तापक्षीय गठबन्धनलाई आउँदो मध्यावधि चुनावमा परिष्कृत लगेर लैजानुपर्नेमा जोड दिनुहुँदै भन्नुभयाे, ''गठबन्धनमा रहेका दल विशेषको हार र जितको विषय प्रमुख नभएको बताउनुहुँदै उहाँले राष्ट्रियता र सार्वभौमसत्ता सम्पन्न जनताको विजय भएको छ।''यस्तै, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले पत्रकारिता पेशा छाडेर स्थानीय पालिकामा विजयी हुनुभएका प्रमुख र अध्यक्षहरुलाई अधिकतम जनताको पीडा र अभावबारे जानकार भएकाले जनजीविका, स्थानीय विकास, कुशासन र भष्ट्राचारमुक्त समाज निर्माण गर्न आह्वान गर्नुभयो ।
बाँकेमा जेठ १० गते अर्थात् मङ्गलबारदेखि कोभिडविरुद्धको खोप अभियान पुनः सुरु गरिँदैछ ।
पाल्पाको १० वटा पालिकामध्ये ६ वटा पालिकामा अध्यक्ष र उपाध्यक्षसहित नेकपा (एमाले) पहिलो दल बनेको छ ।
मोरङको पुरानो सदरमुकाम रङ्गेली नगरपालिकामा स्थानीय तहे निर्वाचनमा प्रतिस्पर्धा गरेका नेकपा (एमाले) बाहेकका अन्य दलले मतगणना बहिष्कार गरेका छन् । मतगणनाका लागि तय गरिएको न्युनतम मापदण्ड समेत पालना नगरिएको र गणनामा धाँधली गरेको आरोप लगाउँदै गठबन्धन समेतका सात दल र तीन जना स्वतन्त्र उम्मेदवारले मतगणना बहिष्कार गरेका हुन् ।
स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७२७ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली काँग्रेसले ३२० पालिका जितेको छ भने नेकपा एमालेले १९८ पालिका जितेको छ । यसैगरी, नेकपा माओवादी केन्द्रले १२० पालिका जित्दा नेकपा एकीकृत समाजवादीले नौ, जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ५९ पालिका जितेका छन् ।
वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा विजयी उम्मेदवारको चर्चा चलिरहँदा ललितपुरमा पराजित स्वतन्त्र उम्मेदवारको चर्चा पनि कम छैन । दशौं पटकसम्म वडाध्यक्षको जिम्मेवारीमा रहँदै आउनुभएका नरसिंह ब्यञ्जनकारकाे भाग्य जुरेन, याे पटक । तर पनि, स्थानीय निकाय र त्यहाँका जनताको सेवा गर्ने ईच्छा तन र मनमा जिउँदै छ अहिले पनि उहाँमा ।
नेपाल अफ्रिका फिल्म फेस्टिभलको १०औँ संस्करण जेठ १५ देखि १७ सम्म तीन दिन काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा हुनेभएको छ । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसनको आयोजनामा हुन लागेको महोत्सवमा विभिन्न देशका सयभन्दा बढी फिल्म प्राप्त भएको महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले बताउनुभयो । नेपालसहित १५ देशका २६ वटा फिल्म चयन भएको महोत्सव अध्यक्ष मिश्रले जानकारी दिनुभयो ।
शनिबार मतगणना सम्पन्न विराटनगर महानगरपालिकाको नतिजामा विजयी मतको तुलनामा बदर मतको सङ्ख्या धेरै पाइएको छ । मतदाता शिक्षा प्रभावकारी नबन्दा बदर मतको ग्राफ उकालो लागेको हो । घोषित परिणममा प्रमुख पदमा कुल