• १३ असोज २०८१, आइतबार

मितिनी नेपालको पुस्तक बजारमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ९ गते । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिका प्रेरणादायी कथाहरू समेटिएको पुस्तक ‘हाम्रो शरीर, हाम्रो जीवन, हाम्रो अधिकार’ प्रकाशित भएको छ । समाजमा आफ्नो पहिचान स्थापित गर्न सङ्घर्ष गर्दै अगाडि बढेका समुदायका वास्तविक कथा समेटेर मितिनी नेपालले उक्त प्रेरणादायी पुस्तक पाठकमाझ ल्याएको हो । 

महिला र पुरुषका साथै समाजमा अन्य वर्ग पनि हुन्छन्, मानव अधिकारको दृष्टिकोणले सबै समान हुन्, आफ्नो पहिचानसहित हरेक व्यक्तिले स्वतन्त्र रूपमा बाँच्न पाउने हकको रक्षाका लागि पुस्तकमा समेटिएका कथाले महिलाहरूको आवाजको प्रतिनिधित्व गरेको मितिनी नेपालले जनाएको छ । सन् १९९० मे १७ मा विश्व स्वास्थ्य सङ्गठनले समलैङ्गिकतालाई मानसिक रोगको सूचीबाट हटाई समलैङ्गिकता हुनु प्राकृतिक हो भनी घोषणा गरिएको दिनको स्मरण गर्दै विश्वव्यापी रूपमा यो दिवस मनाउँदै आएको छ ।