राष्ट्रपति विद्यादेवी भण्डारीसँग विश्वस्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।राष्ट्रपति भवन शीतल निवासमा उहाँहरुबीच शुक्रबार भेटवार्ता भएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो ।
काठमाडौं, वैशाख ९ गते । अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिनुभएको छ । बिहीबार उहाँले व्यवसायी रोहित तिवारीसँग विवाह गर्नुभएको हो ।विवाहमा नजिकका आफन्त र साथीभाइ मात्रै सहभागी हुनुहुन्थ्याे । सामजिक सञ्जालमार्फत बिहेको तस्बिर सार्वजनिक गर्दै केकीले आफूहरूले जीवनको नयाँ अध्याय सुरू गरेको जानकारी दिनुभएको छ । उहाँले लेख्नुभएको छ,‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु । मेरा हरेक उतार चढावको साक्षी बन्नु भएका मेरा प्रिय दर्शकसहरुसँग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा अत्यन्तै हर्षित छु । जीवनको नयाँ अध्याय सुरू गर्दैगर्दा म र मेरो जीवन साथीले उपहार स्वरूप यहाँहरूको आशीर्वादको अपेक्षा गरेका छौं । यहाँहरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौं ।’
कपिल ज्ञवालीसिद्धार्थनगर, वैशाख ९ गते । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैशाख ८ गतेबाट सञ्चालनमा आएको छ । व्यावसायिक उडान सुरु भएसँगै जजिरा एअरलाइन्सले उडान भर्ने भएको छ । अबदेखि अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा र आन्तरिक विमानस्थल १८ घण्टा सञ्चालन हुनेछ ।राष्ट्रिय गौरवको रुपमा रहेको विकास आयोजना अन्तर्गतको अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि कुवेतको जजिरा एअरलाइन्सले हप्ताको तीन दिन उडान भर्ने भएपछि यसक्षेत्रमा उत्साह थपिएको छ । अब नियमित जसो उडान हुने खबरले स्थानीयहरु हौसिएका छन् भने व्यवसायीहरु निकै उत्साहित र आशावादी देखिएका हुन् ।अब जजिरा एअरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि अन्य एअरलाइन्स पनि सम्पर्कमा आइरहेका र सुरुमा नियमित भन्दा पनि चार्टर उडान धेरै हुने अपेक्षा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीपकुमार अधिकारीले बताउनुभयो ।सञ्चालनमा आएको नयाँ धावनमार्गमा आन्तरिक वायुसेवाका जहाजले उडान र अवतरण थालिसकेको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिनुभयो । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि जहाज उडान अवतरणमा कुनै समस्या भएमा भैरहवामा अवतरण गराउन सकिनेछ । यसले गर्दा आकाशमा एयरट्राफिकको समस्या समाधान हुने अपेक्षा गरिएको छ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले पनि स्वीकृति दिइसकेको छ । नयाँ धावनमार्गको ४५ मिटर चौडाइ र तीन हजार मिटर लम्बाइ छ । विमानस्थल सञ्चालनले लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भइ पर्यटन प्रवर्धनमा पनि थप टेवा पुग्ने अपेक्षा गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराइको भनाइ छ ।हिजोदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो उडान र अवतरण । भैरहवामा निर्माण सम्पन्न गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । तस्विरहरु: कपिल ज्ञवाली
शालिग्राम नेपाल चितवन, वैशाख ९ गते । नेपाली काँग्रेस चितवनले गठवन्धनको मर्म विपरित कुनैपनि गतिविधि नगर्न पार्टीका कार्यकर्तालाई आग्रह गरेको छ । गठवन्धनको विपक्षमा उत्रेका जिल्लाका नेता तथा कार्यकर्तालाई पार्टीको केन्द्रीय निर्णय अनुसार जिल्लामा पक्षमा वातावरण मिलाउन अनुरोध गरिएको हो । जिल्ला सभापति राजेश्वर खनालले शुक्रबार जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ ‘केन्द्रिय परिपत्र भन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्ताहरुलाइ आग्रह गर्दछु ।’ बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सबै पार्टीहरु होमिएको अवस्था र नेपाली कांग्रेसले गठबन्धनलाई आत्मसाथ गर्दछ भनिएको छ । विज्ञप्तिमा केन्द्रको निर्देशन अनुसार अगाडि बढेन कुरालाइ ध्यानाकर्षण गर्दै नेपाली कांग्रेसको केन्द्रीय परिपत्र अनुसार चितवनमा गठबन्धनलाई पूर्ण पालना गरि अगाडि बढ्ने कुराको समेत जानकारी गराउन चाहन्छु बिज्ञप्ति भनिएको छ । भरतपुर महानगरपालिका भागण्डामा माओवादी केन्द्रलाई दिने पार्टी केन्द्रको निर्णयपछि जिल्लामा असन्तुष्टी भएको थियो । गत निर्वाचनमा पनि माओवादीलाई दिएको र यस पटक आफूले पाउनु पर्छ भन्दै जिल्ला सभापति सहित केन्द्रीय सदस्यहरु पार्टी सभापतिको ध्यानाकर्षण गराएका थिए । तर केन्द्रीय सभापति शेरवहादुर देउवाले भरतपुर महानगर माओवादीलाई दिएपछि जिल्लामा गठवन्धन विरोधी कार्य हुदै आएको थियो । जिल्लामा अहिले गठवन्धनका दलहरु बिच पालिका वाँडफाँडको विषयमा छलफल चलिराखेको छ । प्रारम्भिक छलफलमा जिल्लाको सातवटा पालिका मध्य भरतपुरमा प्रमुख माओवादी, उपप्रमुख काँग्रेस, माडी नगरपालिका माओवादी, रत्ननगर नगरपालिका काँग्रेस, कालिका नगरपालिका काँग्रेस, राप्ती नगरपालिका नेकपा एकीकृत समाजवादी, खैरहनी नगरपालिका काँग्रेसलाई दिने तयारी रहेको छ । इच्छाकामना गाउपालिका माओवादी केन्द्रले दावी गरेको छ भने २०७४ को निर्वाचनमा काँग्रेस विजयी भएको थियो ।
काठमाडौं, वैशाख ९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना महामारीको जोखिम कायम रहेको भन्दै सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै सङ्ख्यात्मक रुपमा सङ्क्रमण कम भए पनि जोखिम कायमै रहेकाले सबैले सर्तकता अपनाउन अनुरोध गरेको हो । मन्त्रालयले भारतलगायतका छिमेकी राष्ट्रमा पछिल्ला दिनमा सङ्क्रमण बढ्दो क्रममा रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ। विज्ञप्तिमा ‘कोभिड—१९ को सङ्क्रमण दर भारतलायतका छिमेकी राष्ट्रमा पछिल्ला केही दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा सङ्क्रमणको जोखिम कायमै रहेकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न/गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ ।’ उल्लेख गरिएको छ । मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाउन प्रेरित गर्न र समय पुगेकालाई बुस्टर डोज लगाउन अनुरोध गरेको छ।
वासुदेव शर्मा जाजरकोट, वैशाख ९ गते । आज शुक्रबारदेखि शुरु भएको एसईई परीक्षामा यहाँस्थित ७४ माध्यमिक विद्यालयका चार हजार ३०८ जना विद्यार्थीले अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् । विगत दुई वर्ष कोरोना भाइरसको महामारीले सञ्चालन हुन नसकेको एसईई परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा भएको छ । यस परीक्षा वैशाख २० गते सम्म सञ्चालन हुनेछ । दुई हजार २४८ छात्र र दुई हजार ६० छात्रा गरी कुल तीन हजार ४०८ जनाले अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् । त्रिभुवन माध्यामिक विद्यालय खलङ्गा परीक्षा केन्द्रबाट एक सय ४९ जना मध्ये छात्रा ७६, छात्र ६० जना ग्रेटवृद्धि दुई, प्राविधिकतर्फ २३, शिक्षा तर्फ १११ जनाले अङ्ग्रेजी विषयको परीक्षा दिएका हुन् ।परीक्षामा छात्र छ र छात्रा सात जना अनुपस्थित भएका छन् । यस वर्ष सम्बन्धित विद्यालयको प्रधानाध्यापक केन्द्र अध्यक्ष रहने व्यवस्था गरेकाले परीक्षालाई मर्यादिन व्यवस्थित गरी परिक्षा प्रणालीलाई सुधार गर्न सरोकारवालसँगको छलफलबाट आवश्यक जनशक्ति व्यवस्थापन गरेको कार्यालय प्रमुख मल्लले बताउनुभयो । बीस वटा परीक्षा केन्द्रमा अठ्ठाईस सहायक केन्द्राध्यक्ष, दुई सय नौ जना निरीक्षक र ४२ जना परीक्षा सहायकको व्यवस्था गरेका छाैं, समन्वय एकाइ प्रमुख मल्लले भन्नुभयो ।बीस जना विद्यार्थी बराबर एक जना निरीक्षक रहने गरी दुई सय नौ जना निरीक्षक तोकिएको छ । परीक्षालाई मर्यादित, व्यवस्थित, शान्तिपूर्ण, भयरहित वातावरणमा सम्पन्न गर्न परीक्षा अवधिभर बीस जना विद्यार्थी बराबर एक जना निरीक्षक रहने गरी प्रत्येक परीक्षा केन्द्रमा १५ जनाको दरले निरीक्षक रहनेछन् । परीक्षा हलभित्र निरीक्षकले विद्यार्थीलाई चिट चोराउन मद्दत गरेको, चिट ओसारपसार गरेको सूचना प्राप्त भए निरीक्षकलाई निष्कासन गर्ने उहाँको भनाइ छ । होम सेन्टर नहुँदा टाढाको परीक्षा केन्द्रमा जानुपर्ने भएका कारण विद्यार्थीलाई खाना बस्नाको समस्या हुने गरेको छ ।
हरिप्रसाद कोइराला उर्लाबारी,बैशाख ९ गते । संविधान अनुसार राज्य पुनसंरचना भई तीन वटै तहको निर्वाचन भएको ५ वर्ष पुग्नै लाग्दा पनि कतिपय सरकारी, गैर सरकारी, नीजि तथा सामूदायिक संस्थाहरूले अझै आफ्नो संस्थाको बोर्डमा नयाँ ठेगाना राखेका छैनन् । सरकारी कोषबाट सञ्चालन खर्च प्राप्त नहुने संस्था मात्र होइन, वार्षिक करोडौं रुपियाँको आर्थिक कारोवार र लाखौं रुपियाँ सञ्चालन खर्च गर्ने सरकारी र सामूदायिक संस्थाले समेत पुनसंरचनाको खिल्ली उडाएका छन् । मोरङको मिक्लाजुङ गाउँपालिकाको मुख्य प्रवेशद्वारमा नै हालसम्म मधुमल्ला गाविस लेखिएको छ । राज्य पुनर्संरचना पछि तत्कालिन मधुमल्ला गाविसको कार्यालयमा मिक्लाजुङ गाउँपालिका कार्यालय बसिरहेको छ । करोडौंको भवन र पुनर्निर्माण गर्ने रकम पुग्दा बोर्ड फेर्न भने गाउँपालिकाले वास्ता गरेको छैन् । मोरङ कै गोविन्दपुर गाविस कार्यालयमा हाल रतुवामाई नगरपालिकाको वडा नम्बर– ५ को कार्यालय रहेको छ । वडाले वार्षिक ७५ लाखको बिकास बजेट बनाउँछ । तर, प्रमुख गेटमा रतुवामाई नगरपालिका वडा नम्बर– ५ को कार्यालय गोविन्दपुर लेख्ने खर्च वडा कार्यालयलाई पुगेको छैन । गाउँपालिका र वडा कार्यालय मात्र होइन । मोरङको कानेपोखरी–५ ,भौंसावारी स्थित रमाइलो बहुमुखी क्याम्पसको मुल गेटमा नै ठेगाना परिवर्तन गरिएको छैन् । क्याम्पस प्रमुख टीकाराम खरेलले भन्नुभयो– सडक पश्चिम सर्ने भएपछि गेट ढल्ने भयो । त्यसैले किन खर्च गर्ने भनेर नयाँ बोर्ड नराखेको हो । तर, छ वर्ष बितिसक्दा पनि न सडक सर्यो न गेट ढल्यो । मोरङ कै कानेपोखरी –४ हात्तीडुब्बाको सूर्योदय आधारभूत बिद्यालयले पनि बोर्ड फेर्न सकेको छैन । विद्यालयका प्रधानाध्यापक गङ्गाराम अधिकारीले भन्नुभयो– ‘साना तर महत्वपूर्ण काममा ध्यान नपुगेकै हो । अब एक साता भित्र बोर्ड फेरिने छ ।’साविक बाहुनी– ९ को गौथली चौकमा रहेको सिंहदेवी सामूदायिक वन उपभोक्ता समूहले पनि बोर्ड फेर्न सकेको छैन । बाहुनी– ९ हाल बेलबारी नगरपालिका वडा नम्बर– १० मा पर्छ । उता मिक्लाजुङ–३ को कालिदह खानेपानी तथा सरसफाइ आयोजनाले आफ्नो बोर्डबाट टाँडी – ८ हटाएको छैन । मिक्लाजुङ –३ टाँडी लेख्दा फरक पर्दैनथ्यो । तर, कसैको ध्यान पुगेको छैन्। स्थानीय एक उपभोक्ताले भन्नुभयो । मोरङका अधिकांश गाउँ तथा नगरपालिकाका सहकारी, सामूदायिक बन, विद्यालय र नीजि संस्थाले बोर्ड परिवर्तन नगर्दा आगन्तुकहरू भने अल्मलिने गरेका छन् । गुगलमा समेत नयाँ ठाउँका नाम आउन थालेका छन् । तर, स्थानीय संघ,संस्थाहरूले बोर्ड फेर्न भ्याएका छैनन् । जसले गर्दा मोरङ बाहिरबाट आउने जो कोही अल्मलिने गरेका छन् ।
रुकुम पश्चिम, वैशाख ९ गते । रुकुम पश्चिमका राजनितीक दलहरुले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सम्बन्धिका आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । दलहरू चुनावमा निर्वाचन आयोगले बनाएका आचारसंहिता पूर्ण रूपमा पालना गर्न प्रतिबद्ध भएका हुन् । मुसिकोट स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित सबै क्रियासिल राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पालना गर्न एकमत भएको बताइएको छ । रुकुम जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले आचारसंहिता पालना गर्ने र गराउन सबै दलहरु प्रतिबद्ध भएको बताउनुभयो । छलफल कार्यक्रममा उहाँले सबै सरोकारावालाले आचारसंहितामा पालना गर्यौँ भने उल्लङ्घन हुने सम्भावना नै रहन्न भन्नुहुँदै राजनीतिक दल र सन्चारमाध्यमले आचारसंहिता पालना गर्नु कर्तव्य भएको बताउनुभयो । कार्यक्रममा आचारसंहितको कानुनी आधार, उद्देश्य, लागू हुने निकाय, राजनीतिक दलदेखि सञ्चारमाध्यम सबैले पालना गर्नुपर्ने आचरसंहिता, निर्वाचन खर्च, मौन अवधि, मतदान तथा मतगणनाका बेला पालना गर्नुपर्ने आचरण, आचारसंहिता अनुगमन तथा त्यसका अन्य व्यवस्था, राजनीतिक दल र उम्मेदवारको भूमिका, निर्वाचनसम्बन्धी कार्यक्रम, मनोनयन दाखिला, उम्मेदवारको धरौटीलगायतका विषयमा छलफल भएको थियो । निर्वाचनको लागि रुकुम पश्चिममा सात दल दर्ता भएका छन् ।
नारद कोहारतौलिहवा, वैशाख ९ गते । कपिलवस्तुमा स्ट्रारिपर (भुसा काटने मेशिन) को प्रयोग बढ्दै गएको छ । विगत वर्षहरुमा कम्बाईन मेसिनले गहुँ र धान चुटेपछि बाँकी रहेका ठुटाहरुलाई खेतमै छाडिने गरिथ्यो । त्यही ठुटाहरुलाई सफा गर्ने नाममा खेतमा आगो लगाउने गरिएको थियो । तर एक वर्ष यता भने स्ट्रारिपर मेसिनले खेतमा बाँकी रहेको गहुँ र धानको ठुटालाई भुस बनाई सङ्कलन गर्ने गरिएको छ । कम्बाईको प्रयोग विगत १० वर्ष यता बढ्दै आएको छ । स्ट्रारिफरको प्रयोग गत वर्षदेखि कपिलवस्तुमा बढेको कृषि ज्ञान केन्द्रका प्रमुख डा. रविन्द्रनाथ चौबेले बताउनुभयो । ‘कम्बाईको प्रयोग कपिलवस्तुमा एक दशक यता बढ्दै आएको छ एक वर्ष यता भने स्ट्रारिपरको प्रयोग कपिलवस्तुमा बढेको छ’ उहाँले भन्नुभयो । उहाँले जिल्लामा दुई सयको हारहारीमा स्ट्रारिपर मेसिन भित्रिएको बताउनुभयो । विगत वर्षहरुमा कम्बाईनले गहुँ र धान काटेपछि बाँकी रहेको आधा ठुटालाई कृषकहरुले खेत सफा गर्ने नाममा आगो लगाउने चलन थियो । तर स्ट्रारिपरको प्रयोग भएपछि जिल्लामा त्यस्तो प्रचलन घटेको छ ।‘खेतमा आगो लगाउँदा मित्र जीवहरु नाश हुने गरेको थियो, माटोको उर्वराशक्ति समेत घटेको थियो’ प्रमुख चौबेले भन्नुभयो ‘स्ट्रारिपरको प्रयोग भएपछि कृषकहरुलाई धेरै फाइदा पुगेको छ ।’ गत चैतदेखि वैशाखको यता खेत खेतमामा स्ट्रारिपरले गहुँको ठुटाहरुलाई काटेर भुस सङ्कलन गर्दै आएका छन् । कपिलवस्तु नगरपालिका – ६ थुम्हवाका कृषक जयप्रकाश कुर्मी आफूले ५ लाख मूल्यमा स्ट्रारिपर मेसिन किनेर चैतको सुरुवातदेखि नै भुस सङ्कलन गर्दै आएको बताउनुभयो । उहाँले अहिले स्ट्रारिपर मेशीनलाई खेतमा भुस सङ्कलन गर्न भ्याई नभ्याई रहेको बताउनुभयो । भुस काटेवापत आफूहरुले खेत धनीहरुलाई एक ट्रालीको डेढ सयदेखि दुई सय रुपियाँ दिने गरेको उहाँले बताउनुभयो । एक ट्राली भुसको तीन हजार देखि तीन हजार पाँच सयमा विक्री गर्ने गरेको कृषक चौधरीले बताउनुभयो । एक ट्राली भुस सङ्कलन गर्दा कम्बाईने काट्न छाडेका ३० देखि ३५ किलोसम्म गहुँका दानासमेत सङ्कलन हुने गरेको उहाँको भनाइ छ । जिल्लामा स्ट्रारिपर भित्रिएपछि कृषकहरुलाई निकै सजिलो भएको कृषक सङ्घका जिल्ला अध्यक्ष चर्तुभुजमणि त्रिपाठीले बताउनुभयो । ‘स्ट्रारिपर मेसिन कृषकहरुका लागि बरदान नै भएको छ ’ उहाँले भन्नुभयो ‘स्ट्रारिपर नहुँदासम्म जिल्लाका अधिकांश कृषकहरुले खेतमा आगाले लगाउने गर्थे तर एक वर्ष यता भने त्यही खेतमा रहेको ठुटा बापतको डेढदेखि दुई सय रुपियाँ रकम पाउने गरेका छन् ।’ उहाँले स्ट्रारिपर मेसिन पर्यावरणमैत्री बनेको बताउनुभयो । स्ट्रारिपर मेसिनले गर्दा पशुपालक कृषकहरुलाई निकै फाइदा पुग्ने भएकाले पशुपालन फस्टाउने उहाँले बताउनुभयो । खेतमा आगो लगाउन छाडिएकाले खेतको उर्वराशक्तिमा यसले टेवा दिने गरेको छ ।
शेरबहादुर राईओखलढुङ्गा, वैशाख ९ गते । बैशाख ३० मा हुने स्थानीयतहको निर्वाचनमा उम्मेदवारी दर्ता गर्नका लागि ओखलढुङ्गाका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै २० जना शिक्षकले जागिरबाट राजीनामा दिनुभएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नेत्रप्रसाद गजुरेलले बताउनुभयो ।देवी आधारभूत विद्यालय मानेभञ्ज्याङका शिक्षक रामचन्द्र महतो, सरस्वती आधारभूत विद्यालय रावादोलुका रामबहादुर बस्नेत, कालिका आधारभूत विद्यालय आहालेका शिक्षक चन्द्र कटुवाल, जेसे माध्यमिक विद्यालय पात्लेका गुन्जबहादुर सुनुवार, बालज्योति माध्यमिक विद्यालय चित्रेका शिक्षक मधुकरप्रसाद चौधरी, जन्तरखानी माध्यमिक विद्यालय जन्तरखानीका प्रधानाध्यापक मेखबहादुर मगरको राजीनामा स्वीकृत भएको एकाइ प्रमुख गजुरलले जानकारी दिनुभयो । यस्तै हिमगंगा माध्यमिक विद्यालय रावादोलुका शिक्षक डिल्लीराम बस्नेत, तिलक विश्वकर्मा र टोपबहादुर बस्नेत लगायत हर्कपुर माध्यमिक विद्यालय मानेभञ्ज्याङका गोविन्दप्रसाद अधिकारी, कालिका आधारभूत विद्यालय चुहानछापका शिक्षक जयकुमार कार्की, कालिका आधारभूत विद्यालयका भालुथुम्काका शिक्षक युवराज घिमिरेको पनि राजिनामा स्वीकृत भएको छ । सोडान्तर आधारभूत विद्यालय मानेभञ्ज्याङका होमप्रसाद दाहाल, भुमेथान आधारभूत विद्यालयका शिक्षक तोयानाथ काफले, चन्चला आधारभूत विद्यालय खोदम्पाका शिक्षक बालकुमार खड्का र जन्तरखानी मावि जन्तरखानीका शिक्षक शङ्खवीर राईले राजीनामा दिनुभएको शिक्षा विकास तथा समन्वय एकाइ ओखलढुङ्गाले जनाएको छ ।
स्याङ्जाका ७३ मतदान केन्द्र सुरक्षाका दृष्टिले अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् । स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा जिल्लास्थित सुरक्षा समिति स्याङ्जाले जिल्लाका मतदान केन्द्रको वर्गीकरण गरेको हो । अतिसंवेदनशील, संवेदनशील र सामान्य संवेदनशील मतदान केन्द्रका रूपमा जिल्लाका मतदान केन्द्रलाई वर्गीकरण गरिएको छ । जिल्लाका १९९ मतदान केन्द्रमध्ये ७३ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा परेका छन् । त्यस्तै, ७३ मतदान केन्द्र संवेदनशील र ५३ मतदान केन्द्र सामान्य रहेका छन् ।
कोरोना भाईरस (कोभिड–१९) महामारीले गर्दा भौतिक रुपमा रोकिएको एसईई परीक्षा दुई वर्ष पछि विद्यार्थीहरुको भौतिक उपस्थितिमा सञ्चालन भएको छ । शुक्रबारदेखि देशैभर परीक्षा सुरु भएको छ । शुक्रबार पहिलो दिन सञ्चालन भएको परीक्षाको झलक ।शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयकै मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा विद्यार्थीलाई निश्चित परीक्षा केन्द्रबाट पुरानै तरिकाबाट परीक्षा लिइएको छ । परीक्षामा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ७ सय ६० विद्यार्थी सहभागी हुनेछन् । नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेडवृद्धितर्फ ११ हजार ४ सय ५४ ले परीक्षा दिँदैछन् । तस्विरहरु : सुजन गुरुङ / केशब गुरुङ /मनाेजरत्न शाही
केन्द्रीय तथ्याङ्क विभागले कृषि गणनाका लागि ८६ करोड रुपियाँभन्दा बढी खर्च गर्ने भएको छ । सातवटा प्रदेश तथा ७० वटा जिल्लामा कार्यालय स्थापना गरी राष्ट्रिय कृषि गणना २०७८ सुरु गरेको विभागले त्यसका लागि सात हजार दुई सय कर्मचारी खटाएको छ । विभागले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका निर्देशक डा. महेश सुवेदीले कृषि गणनाकै लागि आव २०७७÷७८ मा पाँच करोड रुपियाँ खर्च भइसकेको, चालू आर्थिक वर्ष ७२ करोड र आगामी आर्थिक वर्ष नौ करोड रुपियाँ खर्च हुने जानकारी दिनुभयो ।
मोरङको तराईका नगरपालिकाका विद्यार्थी एक किलोमिटर धाएर आधारभूत विद्यालयको शिक्षा लिइरहेका छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । देशकै प्रमुख औद्योगिक नगर छ मोरङमा । प्रदेश १ को राजधानी पनि मोरङमै पर्छ । रतुवामाई नगरपालिका–३, को दक्षिण–पूर्वी कुनामा रहेको मिर्चाडाँगी गाउँका बालबालिका कक्षा ३ देखि माथिको अध्ययन गर्न रतुवा नदी पार गरेर एक किलोमिटर पश्चिमको पिढालीसम्म पुग्ने गर्छन् ।
कोरोना महामारीको असर कम भएसँगै अहिले काठमाडौँको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ तर आन्तरिक उडान तोकिएको समयमा हुँदैनन् । पाँच घण्टासम्म ढिलो उडान हुने र रद्द हुने क्रम बढेपछि यात्रुले सास्ती बेहोर्नुपरेको छ । पछिल्लो एक सातामा मात्रै ९० वटा उडान रद्द भएका छन् ।