विष्णुप्रसाद पोखरेलदमक, जेठ १० गते । झापामा नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यभार सम्हाल्न शुरु गरेपछिको पहिलो निर्णय सार्वजनिक गर्न थाल्नुभएको छ । विशेष गरेर नगर प्रमुख र उपप्रमुखले आफ्नो सोचलाई पहिलो निर्णयको रुपमा अघि सार्नुभएको पाइएको छ ।झापाको अर्जुनधारा नगरपालिकाका बलदेव गोम्देनले विपन्न परिवारका लागि आफ्नो कार्यकालभरमा कम्तीमा एक हजार घर बनाइदिने बताउनुभएको छ । आफ्नो कार्यकालमा अति विपन्न घरवारविहीन एक हजार परिवारले घर पाउनेछन्, उहाँले भन्नुभयो । वार्षिक दुई सय घर बनाउनुपर्ने हुन्छ ।भद्रपुर नगरपालिकाले दीर्घरोगले थलिएका बिरामीको उपचारका लागि दिइँदै आएको यातायात खर्चलाई दोब्बर बनाउने नगरप्रमुख गणेश पोखरेलले बताउनुभएको छ । यो निर्णयमा उहाँले हस्ताक्षर पनि गर्नुभएको छ । यसअघि दीर्घरोग लागेका बिरामीलाई पाँच हजार रुपियाँ यातायात खर्च दिँदै आएकोमा यसलाई बढाएर १० हजार बनाइएको छ, पोखरेलले भन्नुभयो । यहाँ रहेका आदिवासी सन्थाल समुदायको स्वास्थ्य बीमा नगरपालिकाले गरिदिने पनि उहाँले जनाउनुभएको छ । यता, हल्दीबारी गाउँपालिकाले गाउँपालिकाले ज्येष्ठ नागरिक, गर्भवती महिला, फरक क्षमता भएकालाई गाउँपालिकामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले घरदैलोमार्फत स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय गरेको छ । अध्यक्ष रवीन्द्र लिङ्देनले पदभार ग्रहण गर्दै यस्तो निर्णय सुनाउनुभएको हो । गाउँपालिकाभित्रका सडक तत्काल मर्मत गर्ने र वर्षाको समयमा कसैले पनि यातायातको झमेला बेहोर्नुपर्ने अवस्था आउने नदिने पनि उहाँले बताउनुभयो ।बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंका अनुसार निम्नवर्गका जनताको पहिचान गरी निःशुल्क स्वास्थ्य बीमा गर्ने र ५ वर्षभित्रमा नगरमा पर्याप्त सिँचाइको व्यवस्था गर्ने निर्णय भएको छ । कृषकले उत्पादन गरेका कृषि उपजको बजार व्यवस्थापन र प्रशोधनसँगै उद्यमशीलतालाई अगाडि बढाउन उत्पादन वृद्धिका लागि सिँचाइको व्यवस्था गरिने निर्णय भएको बताउनुभयो ।दमक नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्रहरुमार्फत निःशुल्क रुपमा सुगर जाँचको व्यवस्था गर्ने पहिलो निर्णय गरेको छ । अब स्वास्थ्य केन्द्रहरुमा निःशुल्क रुपमा नगरवासीहरुले स्वास्थ्य परीक्षण गर्न पाउनेछन् । दमक नगरपालिका प्रमुख राम थापाका अनुसार सुकुम्बासी बस्तीको एक सडकलाई लकिङ टायल लगाउने योजनामा पहिलो हस्ताक्षर भएको छ ।
विवादका कारण रोकिएको उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना मङ्गलबारबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय बोक्सेमा सुरु भएको छ ।
बाबुराम शर्माचरीकोट, जेठ १० गते । दोलखाको सदरमुकामस्थितको भीमेश्वर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख ईश्वरनारायण मानन्धरले नगरवासीलाई अनुभूति हुने गरी काम गर्ने बताउनुभएको छ । चुनावी घोषणपत्रमा गरिएका सङ्कल्पभन्दा अझ बढी नगर विकासका काम हुने बताउँदै उहाँले भन्नु भयो, ‘‘नेपाली काँग्रेसको प्रतिनिधित्व गरी निर्वाचनबाट जिते पनि अब आपूm नगरका सबै दल र नगरवासीको प्रमुख भएर काम गर्नेछु । नगरवासीबाट लिँदै आएको कर घटाउँदै करको दायरा बढाउने मेरो पहिलो एजेन्डा हुनेछ । भ्रष्टाचार शून्य बनाउँदै नगरवासीका हितका काम सञ्चालन गरिनेछ ।’’ कृषि तथा पशुपालन जीवनको प्रमुख आधार, निःशुल्क स्वास्थ्य उपचार–नगरवासीको नैसर्गिक अधिकामर, गुणस्तरीय शिक्षा–आजको आवश्यकता, संस्कृति र पर्यटन–जीवनस्तर उकास्ने प्रमुख धन, श्रम, रोजगार र सामाजिक सुरक्षा–नागरिकको आवश्यकता, युवा तथा खेलकुद–स्वास्थ्य समाजको प्रमुख आधार उहाँको सङकल्पपत्रमा उल्लेख छ । त्यसैगरी सङकल्पपत्रमा खानेपानी सरसफाइ र सिँचाइ–विकासका प्रमुख आधार, भौतिक पूर्वाधार, यातायात तथा सडक–विकासका प्रमुख आधार, उद्योग वाणिज्य–रोजगारीका अवसर, जलस्रोत–हाम्रो प्राकृतिक स्रोत र सूचना तथा सञ्चार प्रविधि–समाजको द्रुतगति उल्लेख छ । पूरा नहुने योजना र सपनाका चाङले नगरवासी वाक्कदिक्क भइसकेका छन् । उहाँले भन्नुभयो, म नगरवासीलाई ब्युँताउन पनि आएको हो । नगर निर्माणमा जनप्रतिनिधि र नगरवासी सँगसँगै रहने छौँ । नगरमा हामीले देखिराखेका छौँ । ठूला खाले पूर्वाधार बन्यो भनियो तर बजेट अभावले अपूरा र अलपत्र रहेका छन् । यस्ता खाले विकासले सुशासन, पारदर्शिता र जबाफदेहितामा गैरजिम्मेवारीको बढोत्तरी हुन पुगेको छ । पाँच वर्षमा भएका आर्थिक दुरुपयोग र भ्रष्टाचारको छानबिन गरी सत्य तथ्य नगरवासीसामु ल्याउनेमा प्रतिवद्ध छौँ । उहाँले भन्नुभयो, ‘पाँच वर्षको अवधिमा काम गर्दा नगरवासीलाई धोका दिने छैन । मेरो स्थानीय सरकार मेरै लागि काम लाग्छ, मेरो भलो, मेरै स्थानीय सरकारले गर्छ भन्ने अनुभूति दिलाउने गरी काम गर्छु ।’
रुपन्देहीको सैनामैनामा एक महिलालाई फलाम दिएर हातमा लगाएका सुनका गहना लिएर फरार भएका दुई जना पक्राउ परेका छन्।
काठमाडौं, जेठ १० गते । फिल्म 'प्रेमगञ्ज'को आइटम गीत 'तरबार' सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो ।गीतमा फिल्मकी प्रमुख अभिनेत्री बेनिशा हमाललाई आइटम डान्समा प्रस्तुत गरिएको छ । किरण भुसालको संगीत, पुरुषोत्तम ढुंगेलको शब्द रहेको गीतमा दीक्षा थापा र सुरज शाही ठकुरीको आवाज रहेको छ । परिच्छेद सेनले निर्देशन गर्नुभएको फिल्ममा बेनिशा हमाल, तेज गिरी र सम्पदा बानियाँ प्रमुख भूमिकामा हुनुहुन्छ। 'जो मनमा छ जीवनमा छैन र जो जीवनमा छ मनमा छैन' भन्ने विषयवस्तुमा आधारित 'प्रेमगन्ज' भदौ ३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
संसदीय सुनुवाइ समितिले श्रीलङ्का र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
पोखरा महानगरको मतगणना रोकिएको छ। एमालेतर्फका प्रतिनिधि मतगणना छोडेर हिँडेपछि पोखरा महानगरको मतगणना स्थगित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
सर्लाहीको हरिवन नगरपालिका–८ कैलाशपुरी क्षेत्रमा एक कुखुरा फर्ममा आगलागी हुँदा करिब १५ लाख रुपियाँ बराबरको क्षति भएको छ ।
मन्त्रिपरिषद् बैठकले आगामी वर्ष ०७९–८० को नीति तथा कार्यक्रम पारित गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, काठमाडौं मोडेल अस्पताल काठमाडौं, प्रदेशिक अस्पताल सुर्खेत गरी तीन वटा अस्पताललाई प्रसव फिस्टुला अस्पताल तोकेको हो ।
कपिल ज्ञवालीसिद्धार्थनगर, जेठ १० गते । रुपन्देही जिल्लाको १६ पालिका मध्ये १५ पालिकाको नतिजा आइसकेको र एकको बाँकी रहँदा कुनै पनि पार्टीको जिसस गठनमा बहुमत देखिएपछि पार्टीहरुको आन्तरिक गृहकार्यमा जुटेका छन् । तिलोत्तमाको मतपरिणाम आउन बाँकी छ । यस नतिजाले पनि बहुमत पुग्ने देखिँदैन । पालिका प्रमुख र उपप्रमुखहरूको कुल संख्याको बहुमत रहेको पार्टीले जिसस गठन गर्छ । सबै परिणामबाट पनि कसैको बहुमते नपुग्ने भएकाले गठबन्धन गर्नुपर्ने देखिन्छ । जिसस गठनजिसस गठनबारे नेपालको संविधान २०७२ को धारा २२० मा व्यवस्था गरिएको छ ।जिल्लाका पालिकाहरूबीच समन्वय गर्न जिसस गठन गरिन्छ । पालिकाहरूबाट निर्वाचित प्रतिनिधिबाट जिल्लासभा गठन हुन्छ । निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३० दिन भित्र सभा बस्नुपर्छ । उक्त सभाले जिसस गठन गर्छ । जिससमा एक प्रमुख, एक उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसंख्यकसहित बढीमा नौ सदस्य रहने व्यवस्था छ । यसमा उम्मेदवार हुने व्यक्ति गाउँसभा वा नगरसभा सदस्य हुनु पर्नेछ । रुपन्देहीमा यस्तो छ अवस्था कुल मतभार ३२ (१६ पालिका) रहेको यस जिल्लामा नेपाली काँग्रेस– ९ प्रमुख, ४ उपप्रमुख, नेकपा एमाले– ३ प्रमुख, ७ उपप्रमुख, लोसपा– १ प्रमुख, २ उपप्रमुख, जनता प्रगतिशील पार्टी– १ प्रमुख, १ उपप्रमुख, जसपा– १ प्रमुख र राप्रपा– १ उपप्रमुख रहेका छन् ।
गृहमन्त्री बालकृष्ण खाणले ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं २ का बिमल कार्कीको २०७९ वैशाख २८ गते राति खोक्लिङको दुङ्जामा भिरबाट लडेर मृत्यु भएको घटनाको छानबिन गर्ने बताउनुभएको छ ।
क्यानाडामा आँधीबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ । क्यानाडाको ओन्टरियो र क्वेबेकमा आँधी आएको बताइएको थियो । सो आँधीबाट आइतबार र सोमबार १० जनाको ज्यान गएको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
जिल्लामा रहेका सात स्थानीय तहमा एक महिनामा ११ जनाले आत्महत्या गरेका छन् । २०७९ वैशाख महिनामा ज्यान सम्बन्धी १६ वटा घटना घटेकोमा ११ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यल धनकुटाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले युवकको हत्यामा संलग्न रहेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।