• १३ साउन २०८१, आइतबार

'प्रेमगञ्ज'को गीत 'तरबार' सार्वजनिक

blog

काठमाडौं, जेठ १० गते । फिल्म 'प्रेमगञ्ज'को आइटम गीत 'तरबार' सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो ।

गीतमा फिल्मकी प्रमुख अभिनेत्री बेनिशा हमाललाई आइटम डान्समा प्रस्तुत गरिएको छ । किरण भुसालको संगीत, पुरुषोत्तम ढुंगेलको शब्द रहेको गीतमा दीक्षा थापा र सुरज शाही ठकुरीको आवाज रहेको छ । 

परिच्छेद सेनले निर्देशन गर्नुभएको फिल्ममा बेनिशा हमाल, तेज गिरी र सम्पदा बानियाँ प्रमुख भूमिकामा हुनुहुन्छ। 

'जो मनमा छ जीवनमा छैन र जो जीवनमा छ मनमा छैन' भन्ने विषयवस्तुमा आधारित 'प्रेमगन्ज' भदौ ३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।