राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरमा रहेका सामुदायिक स्वास्थ्य संस्था र माध्यमिक तहका सामुदायिक विद्यालयलाई इन्टरनेटमा ५० प्रतिशत छुट गरिने बताउनुभएको छ ।
अर्जुनचौपारी गाउँपालिका–१ का ९२ वर्षीय छबीलाल अर्यालले गाउँपालिकाले सम्मान गरेकोमा खुशी व्यक्त गर्नुभएको छ ।
नमराज सुबेदीनुवाकोट, जेठ १० गते । रसुवाको नौकुण्ड गाउँपालिकाका २९ वर्षीय सञ्जन घलेले सगरमाथा हिमालको सफल आरोहण गर्नुभएको छ । उहाँले गत वैैशाख ३० गते हिमालको आरोहण गर्नुभएको हो । रसुवाको नौकुण्ड गाँउपालिकाबाट सगरमाथा आरोहण गर्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ । उहाँले यसअघि पाँच वटा हिमालको आरोहण गरिसक्नुभएको छ । सुरुमा २०२० मा ६८९९ मिटरको लुबुला आरोहण गर्नुभएको घलेले अहिलेसम्म छ वटा हिमालको आरोहण गरिसकेको जानकारी दिनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विपन्न घर परिवारको पहिचान गरी राष्ट्रिय परिचय पत्र प्रदान गरिने बताउनु भएको छ । उहाँले आगामी वर्ष ९० किलोमिटर तटबन्धन निर्माण गरिने बताउनुभयो । सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नु हुँदै राष्ट्रपति ‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियान सञ्चालन गरिने छ भन्नुभयो ।
मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट असार १ गते ल्याउने तयारी गरेको छ ।
काठमाडौं, जेठ १० गते । सौगात मल्ल, सलोन बस्नेत र जेबी डिसीको मुख्य भूमिका रहेको फिल्म 'घनचक्कर' को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गर्नुभएको हो । हरि भट्ट सूर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको फिल्ममा करुना अर्याल र सङ्गम भट्टको लगानी छ ।ट्रेलरमा फिल्मका मुख्य कलाकार सौगात र सलोनका साथै जेबी डीसी, शिशिर भण्डारी, आशान्त शर्मा, करिश्मा लामा लगायतलाई देख्न सकिन्छ । फिल्मको छायाङ्कन सुसन प्रजापतिले र सम्पादन मित्र डी गुरुङको छ । फिल्म आगामी असार १० गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ ।
पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ९९८३ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ ।
काठमाडौं, जेठ १० गते । कलाकार केदारप्रसाद घिमिरे 'माग्ने बुढा'काे निर्देशनमा 'कमेडी हब शाे' सुरु हुने भएको छ । बुधबारबाट सुरु हुने शोको काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच शुभारम्भ गरिएको हो ।कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित हास्यविधाका चर्चित कलाकारले यो शोको शुभारम्भ गर्नुभएको हो।कमेडी च्याम्पियन हिमेश पन्तसहितका १८ कमेडियनले स्ट्याण्डअप कमेडी प्रस्तुत गर्ने बताइएको छ । यस्तै, एपीवान टेलिभिजनमा प्रत्येक बुधबार राति ८ बजे कार्यक्रम प्रसारण हुने जनाइएको छ ।शोमा माग्ने बुढा, राजा राजेन्द्र पोखरेल र हिमेशसहित सुबाेध गौतम, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीपतामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, सङ्गम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, वेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरेको प्रस्तुति रहनेछ ।
गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गते आयोजना गरिने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरेको छ । युवा तथा खेलकुद मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने जानकारी दिएको छ ।
चितवन, जेठ १० गते । भरतपुर महानगरपालिकाको प्रमुख पदमा पुनः निर्वाचित रेनु दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताउनुभएको छ । अन्तिम मतपरिणाम आएपछि प्रतिक्रिया दिँदै उहाँले महानगरवासीलाई निराश हुन नदिने बताउनुभएकाे हाे । स्थानीय तहमा यो आफ्नो अन्तिम कार्यकाल भएको भन्दै उहाँले महानगरका अधुरा काम पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“देशकै ध्यान यो महानगरमा रहेकाले आफू जित्नु सुखद भए पनि जनताको भावना बुझेर काम गर्छु”, उहाँले भन्नुभयो,“स्थानीय सरकार भनेको राजनीति गर्ने ठाउँ होइन, विकास निर्माण गर्ने हो, त्यतैतर्फ लाग्छु ।” पहिलो पटकको कार्यकालमा महानगरमा आफूले गरेको पहिलो निर्णय अहिले धेरै पालिकाले सुरु गरेकाले त्यो जनताबाट अनुमोदित भएको उहाँले बताउनुभयो । पहिलो पटक उहाँ निर्वाचित भएसँगै पहिलो निर्णय भरतपुर अस्पतालमा महिलाका लागि बहिरङ्ग सेवाको टिकट निःशुल्क गरिएको थियो । पाँचदलीय गठबन्धन शान्ति र प्रगतिको लागि भएकाले यो लामो समयसम्म जाने बताउँदै उहाँले यो भत्किहाल्ने, टुटिहाल्ने जस्तो केही पनि नहुने बताउनुभयो । निर्वाचन अघि सार्वजनिक गरेको प्रतिबद्धता अनुरुप नै आफू अबको पाँच वर्ष उही गतिमा काम गर्ने उहाँले दोहो¥याउनुभयो । उहाँले भन्नुभयो “महानगरभित्र पूरा गर्न बाँकी योजना, आयोजना यो कार्यकालभित्रै सम्पन्न गर्नेतर्फ विशेष ध्यान जान्छ ।” भरतपुरलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार केही काम अगाडि बढेपनि पूर्ण नभएकाले त्यसमा बढी ध्यान जाने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो “भरतपुरमा मुख्य गरेर रोजगारीको समस्या विकराल बन्दै गएको छ । त्यसको समाधानतर्फ पनि विशेष ध्यान दिनेछु ।” शिक्षा, स्वास्थ्य, पूर्वाधार, विकास, फोहाेर तथा ढल व्यवस्थापनमा जोड दिने भन्दै उहाँले आफूले गरेको कामको अनुमोदन जनताले गरिदिएकोमा खुसी प्रकट गर्नुभयो । गठबन्धनभित्र चुनौती भए पनि गठबन्धनभित्रका दलले इमानदारी प्रकट गरेकाले जित भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “विपक्षीहरुले हराउनका लागि ठूलो योजना बुने तर पनि असफल भएका छन् । अब हामी मतदाताले दिएको जिम्मेवारी पूरा गर्नतर्फ लाग्छाैँ ।”
लीलाराज खड्का बिर्तामोड, जेठ १० गते । झापामा जिल्ला समन्वय समिति गठन गर्न नेकपा एमालेलाई बहुमत जुटेको छ । कुल १५ पालिका रहेको झापा जिल्लामा पालिका प्रमुख र उपप्रमुख गरी ३० मत भार रहेकोमा झापामा यसपटक एक्लै १७ जना पालिका प्रमुख र उपप्रमुख जित्दै बहुमतसहित झापामा एमाले पहिलो दल बनेको छ । १६ मत ल्याउँदा झापामा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र समन्वय समिति गठन गर्न सक्छ । झापामा एमालेपछि नेपाली कांग्रेसले कुल ९ पदमा विजयी हुँदै दोस्रो र कुल ४ पदमा विजयी हुँदै झापामा राप्रपा तेस्रो ठूलो दल बनेको छ । यसअघि २०७४ सालको निर्वाचनमा नेकपा एमालेले कुल १९ पदमा विजयी हुँदै पहिलो दल बनेर एकलौटी रुपमा जिल्ला समन्वय समिति गठन गरेको थियो । यसपटक नेकपा एमालेले शिवसताक्षी नगरपालिका, बाह्रदशी गाउँपालिका, अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका, गौरादह नगरपालिका गरी ६ वटा पालिकामा पालिका प्रमुख र उपप्रमुख दुबैमा नेकपा एमालेले विजयी हुँदा कनकाई नगरपालिकामा नगरप्रमुखमा विजयी भएको छ । यता, बुद्धशान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकामा उपाध्यक्ष पदमा एमाले विजयी भएको छ । नेपाली कांग्रेसले झापा गाउँपालिकामा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा विजयी हुँदा, बुद्धशान्ति गाउँपालिका,भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकामा पालिका प्रमुख र कनकाई नगरपालिका, दमक नगरपालिकाममा पालिका उपप्रमुखमा नेपाली कांग्रेसले जित निकालेको छ । राप्रपाले भने झापामा हल्दिबारी गाउँपालिकामा अध्यक्ष र उपप्रमुख दुबैमा जित निकालेको छ । यो राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृह नगर हो । राप्रपाले दमक नगरपालिकामा कांग्रेस, माओवादीसहितको गठबन्धनबाट नगरप्रमुख जितेको छ । यो एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । यसबाहेक राप्रपाले भद्रपुर नगरपालिकामा नगर उपप्रमुखमा जितेको छ । झापामा कुल १६१ वडामध्ये एमालेले ६१ वडा जित्दा, नेपाली कांग्रेसले ५१ वटा वार्ड माओवादी केन्द्र र राप्रपाले समान ७÷७ वटा वडा जित्दा नेकपा एकीकृत समाजवादीले १ वटा वडा र स्वतन्त्रले ४ वटा वडामा विजयी भएको छ ।
अर्थमन्त्री जनार्दन शर्मालाई पेसागत महासङ्घ नेपालका संयोजक प्रेमलकुमार खनाल, महासचिव रामप्रसाद रिमाल, सचिवालय सदस्य तथा एकीकृत सरकारी कर्मचारी सङ्गठनका अध्यक्ष मोहनकुमार घिमिरेसहितको टोलिले ज्ञापनपत्र बुझाउनुभएको छ ।
काठमाडौं महानगरपालिका-२२ को वडाध्यक्षमा नेकपा (एमाले)का चिनीकाजी महर्जन विजयी हुनुभएको छ। उहाँले दुई हजार ६० मत प्राप्त गर्नुभएको छ।
पृथ्वी राजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका-५ तल्लो गुणादीमा मङ्गलबार बिहान बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।