• १२ असार २०८१, बुधबार

यी हुन् प्रसव फिस्टुलासम्बन्धी उपचार हुने अस्पताल

blog

काठमाडौं, जेठ १० गते । सरकारले प्रसव फिस्टुलासम्बन्धी उपचार गर्न तीन वटा अस्पताललाई तोकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, काठमाडौं मोडेल अस्पताल, प्रदेशिक अस्पताल, सुर्खेत गरी तीन वटा अस्पताललाई प्रसव फिस्टुला अस्पताल तोकेको हो ।

चिकित्सककाअनुसार प्रसूतिपछि योनीबाट निरन्तर रुपमा पिसाब, दिसा वा दुवै चुहिने समस्यालाई प्रसव फिस्टुला भनिन्छ ।

लामो र कठिन प्रसव व्यथाको अवस्थामा दक्ष प्रसूतिकर्मीबाट सही समयमा उपयुक्त सेवा नपाउने प्रसव फिस्टुला हुनजान्छ ।

यस्तो समस्या देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीसँग सल्लाह र सेवा लिन मन्त्रालयले आग्रह गरेको छ । 

प्रसव फिस्टुलाको शल्यक्रिया तालिम प्राप्त चिकित्सकद्वारा निम्न स्वास्थ्यकेन्द्रमा निःशुल्क गरिन्छ ।