• ११ जेठ २०८१, शुक्रबार

गौरीगन्जमा अध्यक्ष र उपाध्यक्ष दुवै महिला निर्वाचित

blog

गौरीगन्ज गाँउपालिकाबाट अध्यक्षमा निर्वाचित फुलवती राजवंशी र उपाध्यक्षमा निर्वाचित पुजन न्यौपाने । तस्बिर : गोरखापत्र

विष्णुप्रसाद पोखरेल

दमक, जेठ ९ गते । झापाको गौरीगन्ज गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैजना महिला निर्वाचित हुनु भएको छ । जिल्लाका १५ पालिकामध्ये प्रमुख र उपप्रमुख दुबै महिला जित्ने पालिका गौरीगन्ज बनेको छ ।

नेपाली काँग्रेसकी फुलवती राजवंशी अध्यक्षमा र नेकपा (एमाले) का उम्मेद्वार पुजन न्यौपाने कुवर उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । दुबै महिला राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल रहनु भएको छ ।

राजवंशीले निकट्तम प्रतिस्पर्धी एमालेका विजयकुमार अग्रवाललाई पराजित गर्नु भएको हो । अध्यक्षमा निर्वाचित राजवंशीले ५ हजार ६८९ मत ल्याउनु भएको छ ।  उहाँका निकटतम प्रतिस्पर्धी एमालेका विजय अग्रवालले ३ हजार ३३० मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालय गौरीगन्जले जनाएको छ ।

न्यौपानलेले नेपाली काँग्रेसका मखना महतोलाई पराजित गर्दै विजय बन्नु भएको हो । उपाध्यक्षमा निर्वाचित न्यौपानेले ४ हजार ७५५ मत  ल्याउनु भएको छ । यसभन्दा अघि यो गाउँपालिकामा राप्रपाका बाबुराजा श्रेष्ठले जित्नुभएको थियो । यो पटक उहाँ उम्मेद्वार बने पनि तेस्रो स्थान हासिल गर्नुभएको छ ।