• १२ असार २०८१, बुधबार

अछामको साँफेबगरमा काँग्रेस–समाजवादी गठबन्धन विजयी

blog

साँफेबगरमा काँग्रेस–समाजवादी गठबन्धनका विजयी उम्मेदवार । तस्बिर : गोरखापत्र

शिवराज ढुंगाना 

अछाम, जेठ ९ गते । साँफेबगर नगरपालिकामा नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा र विजयी हुनुभएको हो । मतगणनाको अन्तिम परिणाम अनुसार नगर प्रमुखमा काँग्रेसका राजेन्द्रबहादुर कुँवर सातहजार २६५ मतमा नगरप्रमुखमा विजयी हुनुभएको छ । राजेन्द्रका निकटतम प्रतिद्धन्दी नेकपा (एमाले) का पशुपति कुँवरले पाँचहजार ३९ मत प्राप्त गरेर पराजित हुनुभएको छ । 

समाजवादीका शिवबहादुर कुँवर (सिलोज) ले छहजार ४३४ मतमा उपप्रमुखमा विजयी हुनुभएको छ । शिलोजका निकटतम प्रतिद्धन्दी नेकपा (माओवादी केन्द्र) का रंग ठकुल्लाले पाँहजार ३१४ मतमा पराजित हुनुभएको छ । साँफेबगर नगरपालिकामा काँग्रेस र समाजवादीको चुनावी गठबन्धन थियो भने सूर्य चिन्ह लिएर माओवादी केन्द्रले एमालेसँग चुनाव लडेको थियो । 

मत परिणाम अनुसार १४ वडा मध्येमा नेपाली काँग्रेसले आठ वडा, नेकपा (एमाले) ले तीन वडा र स्वतन्त्रले दुई र समाजवादीले एक वडा जितेको छन् । काँग्रेसबाट साँफेबगर नगरपालिका २ जाल्पादेवीमा सेतबहादुर कुँवर, ३ मा कुलबहादुर कुँवर, ४ मा नवराज बुढा, ५ मा मक्र कुँवर, ७ मा हिक्मत कठायत, ८ मा कालुसिंह कुँवर, १२ मा जनक कठायत, १४ मा सन्जु साउँद वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । 

एमालेबाट साँफेबगर नगरपालिका १० मा ललित बोगटी, ११ मा रामबहादुर बोहरा, १३ मा रुपबहादुर कुँवर विजयी हुनुभएको छ । वडा नम्बर १ वैजनाथमा नन्दसिंह ठकुल्ला र ६ भागेश्वरमा मिनबहादुर बोहरा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ । वडा नम्बर ९ बुढाकोटमा समाजवादीका दीपक कुँवर विजयी भएका छन् ।  

 अघिल्लो स्थानीय तहको निर्वाचनमा साँफेबगर नगरपालिकामा नेकपा–एमाले)ले प्रमुख, उपप्रमुखसहित आठ वडा जितेको थियो । छ वडा नेपाली काँग्रेसले विजयी हासिल गरेको थियो । साँफेबगर नगरपालिकाका निवर्तमान प्रमुख र उपप्रमुख हाल समाजवादीमा रहनुभएको छ ।