• १५ असार २०८१, शनिबार

उषा ठाकुर र तारानाथ दाहाललाई 'भद्र घले पदक'

blog

काठमाडौं, जेठ ९ गते । प्रा.डा.उषा ठाकुर र तारानाथ दाहाललाई यो वर्षको 'भद्र घले पदक' प्रदान गरिने भएको छ । त्रिमूर्ति निकेतनबाट गठित 'विश्वनारी नेपाली साहित्य सम्मेलन' र 'सत्यमोहन जोशी शताब्दी महोत्सव'को आरम्भदेखि अन्त्यसम्मको नेतृत्वदायी भूमिकामा उल्लेखनीय योगदानका लागि पदक प्रदान गरिएको हो।

यस्तै, दाहालले त्रिमूर्ति निकेतनको स्थापनामा गुरुतर भूमिका निर्वाह गर्दै देशदेशान्तरमा संस्थाको गरिमामय उचाइ अभिवृद्धिका लागि योगदान पुर्याउनुभएकोमा यस पदकबाट सम्मान गरिएको हो । 

भद्र घले पदकको राशि २५ हजार रूपियाँ रहेको छ । 

जेठ २१ गते त्रिमूर्ति दिवसकाे अवसर पारेर गोविन्दराज विनोदीलाई लेखनाथ पौड्याल पुरस्कार, श्रीमती मिथिला शर्मालाई बालकृष्ण सम पुरस्कार, शैलेन्द्र साकारलाई देवकोटा काव्य पुरस्कारका साथै ५९ जनालाई सत्यमोहन जोशी शताब्दी पदक र दुई जनालाई भद्र घले पदक प्रदान गरिने बताइएको छ ।  

यसअघि नरेन्द्रराज प्रसाई, इन्दिरा प्रसाई, खनूप्रुदे ‘रामबाबू’, शताब्दी पुरुष डा.सत्यमोहन जोशी, हरिहर विरही, डा. मोदनाथ प्रश्रित, प्रा.ठाकुर पराजुली, केके कर्माचार्य, सलोमी लेप्चा तिमोथी र प्रा.डा.गार्गी शर्मालाई 'भद्र घले पदक' बाट सम्मान गरिएको थियो ।