• १३ असोज २०८१, आइतबार

परिवेश कथा संग्रह सार्वजनिक

blog

परिवेश कथा संग्रह सार्वजनिक गरिँदै । तस्बिर : केशव खनाल

काठमाडौं, जेठ ९ गते । साहित्यकार लीला झाद्वारा लिखित पुस्तक परिवेश बजारमा आएको छ । आज एक समारोहका बीच राष्ट्रिय मानव अधिकार आयोगको सदस्य लिलि थापाले कथा संग्रह परिवेशको विमोचन गर्नु भयो ।

कार्यक्रममा बोल्दै थापाले ‘समाज समस्याको खानी हो । महत्वकांक्षा पाल्नेहरु समाजका समस्याको खोजी  गर्दछन् र समाधानका उपाय पनि पत्ता लगाउन प्रेरीत गर्दछन् ।’ पुस्तकमा समाविष्ठ कथाहरुले समाजको दुई पाटालाई मज्जाले केलाएको बताउनु भयो । 

कार्यक्रमममा निर्मला बस्नेतले पुस्तकबारे समिक्षा मन्तव्य राख्नु भयो । यसै गरि पुस्तकका बारेमा सामाजिक अभियन्ता राजिन रायमाझीले प्रकाश पार्नु भएको थियो । 

कथा संग्रह निकाल्ने प्रेरणा आफ्ना पिता महेशचन्द्र रेम्मीबाट पाएको बताउदै लेखकले समाजमा नैतिकता र संस्कारको खाचो टट्कारो रुपमा रहेको आफुले पाएकाले समाजमा भएका नकारात्मक चिन्तनलाई चिर्न आफुले प्रयास गरेको बताउनु भयो । पुस्तकमा १० वटा फरक फरक कथाहरु समाविष्ठ छन् । पुस्तकको मुल्य २०१ रुपिँया रहेको छ ।