• १३ साउन २०८१, आइतबार

शर्मिला चमार वडाध्यक्षमा निर्वाचित

blog

वडाध्यक्षमा निर्वाचित शर्मिलाकुमारी राम । तस्बिर : जनार्जन खत्री

सर्लाही, जेठ ९ गते । सर्लाहीको बरहथवा नगरपालिका–१०, मा दलित महिला वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । 

तराई मधेसमा निकै पछाडि परेको चमार समुदायकी ३२ वर्षीया शर्मिलाकुमारी राम वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । निर्वाचित शर्मिलाले ६०६ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका ५४ वर्षीय सत्यनारायण सिंहले ३३३ मत मात्रै पाउनुभएको छ । 

अघिल्लो स्थानीय तह निर्वाचनमा माओवादीका उम्मेदवार रामजिनिस साहले ३२९ मत सहित वडाध्यक्षमा जित हाँसिल गर्दा पनि कांग्रेसकै सिंह सात मतले हार व्यहोरेर निकटतम् प्रतिद्वन्द्वी रहनुभएको थियो । 

उहाँसँगै माओवादीबाट प्रत्यासी रहनुभएका ७३ वर्षीय रामजतन महतोले ३३१ मत मात्रै पाउनुभएको छ । शर्मिलाले जितेसँगै पहिलो पटक स्थानीय तहमा सहभागि भएको बहुजन एकता पार्टी नेपालले समेत सर्लाहीमा वडाध्यक्षतर्फ एकमात्र खाता खोल्न सफल भएको छ । 

Author

जनार्जन खत्री