• २ असार २०८१, आइतबार

बाजुरा बूढीगङ्गाको मतगणना अझै अन्याेल

blog

बाजुरा बूढीगङगामा बैशाख ३० गते भएको मतदानमा सहभागि मतदाता । तस्बिर शेरबहादुर सार्की

बाजुरा, जेष्ठ ९ गते । बाजुराको बूढीगङ्गा नगरपालिकाको मतगणना अझै पनि अन्यौलनै भएको छ । निर्वाचन आयोगले मतगणना गर्ने या पुनः मतदान गर्ने भन्ने निर्णय गर्न नसक्दा १० दिनपछि पनि मतगणना अझै अन्यौलमै रहेको हो । 

बूढीगङ्गा नगरपालिकाको २,३,४,५ र ९ मा एकलौटी मतदान गरेको भन्दै निर्वाचन आयोगमा उजुरी आएपछि मतगणना कार्य रोकिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

निर्वाचन आयोगका सुगन सम्शेरजंग राणाको नेतृत्वमा प्रमखु जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, मुख्य निर्वाचन कार्यालय बाजुराका माधवप्रसाद घिमिरे, निर्वाचन कार्यालय प्रमुख वनराज अवस्थी जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भज ओझा लगायतको टोलीले बाजुराको बूढीगङगा नगरपालिकाका ती मतदान स्थलको प्रत्यक्ष अनुगमन गर्नु भएको थियो ।

बूढीगङ्गा नगरपालिका वडा नम्बर २,३,४,५,९ र १० मा फर्जि मत हालेको विवादमा धाँधली भएको आरोप छ । वडा २,३,५,९ मा एमाले र वडा ४ र ७ मा काँग्रेसका कार्यकर्ताले एकलौटी मतदाना गरेको स्थानीयको आरोप छ ।

बूढीगङ्गा नगरपालिको ३० गतेका दिनमा गरेको मतदानको मतगणना गर्ने की पुनः चुनाव गर्ने भन्ने विषयमा आयोगबाट पनि अहिलेसम्म कुनै निर्णय नआएको जिल्ला निर्वाचन कार्यालय बाजुराका नवराज अवस्थीले बताउनुभयो ।

बूढीगङ्गा नगरपालिका स्थानीय भीमबहादुर बुढाले भन्नुभयो,“नेपाल सरकारले स्थानीय तहमा जनप्रतिनिधि बिहिन नहुने गरी समयमै स्थानीय तहको निर्वाचन गराएकोमा हामी धेरै खुःसी छौ, बूढीगङ्गाको पनि तत्काल निकास दिन माग गर्नुभयो । 

निर्वाचन आयोग नेपालको २०७९ साल जेष्ठ ५ गतेको विज्ञप्तीमा पनि बूढीगङ्गा नगरपालिकामा चुनाव गर्ने या मतगणना गर्ने विषयमा कुनै निर्णय नभएको जनाएको छ । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, बूढीनन्दा, बडिमालिका,गोमुल, छेडेदह र त्रिवेणी लगायतका स्थानीय तहमा मतगणना सम्पन्न भएपनि बूढीगङ्गा नगरपालिकाको भने अँझै गणना हुन सकेको छैन् ।

बाजुराका नौ वटै स्थानीय तह मध्ये सात वटा स्थानीय तहमा अनुशासित तरिकाले चुनाव सम्पन्न भएको थियो । बाजुराको बूढिनन्दा र बूढीगङ्गा नगरपालिकामा भने मतदान गर्ने क्रममै धाँधली भएको आरोपमा यहाँको मतगणना रोकिएको हो ।

बूढीगङ्गा नगरपालिका वडा नम्बर २,३,४,५,९ र १० मा फर्जि मत हालेको विवादमा धाँधली भएको आरोप छ । वडा २,३,५,९ मा एमाले र वडा ४ र ७ मा काँग्रेसका कार्यकर्ताले एकलौटी मतदाना गरेको स्थानीयको आरोप छ ।

बूढीगङ्गा नगरपालिका १० मा भने विवाद भएपनि एमाले र काँग्रेसका कार्यकर्ता विच दुवैको सहमतिमा धाँधली भएको केही समय पछि मतदान सुरु भएको थियो । त्यसै गरी बूढीनन्दा नगरपालिकाको वडा नं ९ मा मतदान गर्ने क्रममा धाँधली भएपछि चुनाव स्थगित भएको थियो ।

बूढीनन्दा नगरपालिका वडा नं ९ को चुनाव स्थगित भएपछि अन्य वडाको मत मतगणना भने रोकिएको थियो । बूढीनन्दा नगरपालिका वडा न. ९ मा जेष्ठ ३ गते पुन चुनाव भएपछि मात्र अन्य वडाको मतगणना भएको हो ।

चुनाव सम्पन्न भएका बाजुराका हिमाली, स्वामिकार्तिक, त्रिवेणी, नेपाली काँग्रेस र जगनाथ, बूढीनन्दा, गौमुल छेडेदह, बडिमालिका एमालेले जितेको निर्वाचन कार्यालय बाजुराका प्रमुख अवस्थीले बताउनुभयो ।

Author

शेरबहादुर सार्की