• ७ जेठ २०८१, सोमबार

व्यास नगरमा काँग्रेस विजयी

blog

व्यास नगरपालिकाको प्रमुख तथा उपप्रमुख विजयी न्यौपाने र दरै । तस्विरः अमरराज नहर्की

तनहुँ, जेठ ९ गते । व्यास नगरपालिकाको प्रमुख तथा उपप्रमुख दुवैमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका वैकुष्ठ न्यौपानोले स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई २५२ मतान्तरणले पराजित गर्नुभयो । प्रमुख विजयी न्यौपाने नगरपालिकाको निवर्तमान प्रमुख हुनुहुन्छ । 

आफ्ना प्रमुख प्रतिष्पर्धी दिपकराज जोशीमाथि कठिन जित दर्ता गरेका न्यौपानेले कुल खसेको मध्ये ३० हजार २४७ मध्ये १२ हजार ७८ मत प्राप्त गर्नुभयो  । निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार जोशीले ११ हजार ८२६ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा कांग्रेसकी इन्दिरा दरैले भने फराकिलो मतान्तरणले विजयी हुनु भएको छ । दरैले एमालेकी बसुन्धरा घर्तीले भन्दा तीन हजार ४५६ मत प्राप्त गर्नुभयो । दरैले  १३ हजार ४९८ मत प्राप्त गर्नुभयो भने घर्तीले दश हजार ४२ मत प्राप्त गर्नुभयो । 

नगरपालिकाको वडा नं. १ मा काँग्रेसका रमेश चन्द्र हड्खले, २ मा काशीराम श्रेष्ठ, ३ मा अनुप राना, ६ मा जीवन गुरुङ (कुमार), ८ मा युवराज गुरुङ र वडा नं. ९ मा सुरेश थापा अध्यक्षमा प्यानल सहित नै निर्वाचित हुनु भएको छ । एमालेले तीन वटा  वडामा विजयी भएको छ । वडा  नं. ४ मा मनवहादुर गुरुङ , ५ मा विष्णुकुमार श्रेष्ठ र ७ मा कृष्णप्रसाद न्यौपाने गरी तीन वटा वडा एमालेले जीत हासिल गरेको हो । 

आइतबारको मत परिणामबाट काँग्रसका  वडा नम्बर १० मा खेमराज पोख्रेल, ११ मा दलबहादुर दुरा र १२ मा बमबहादुर आले, १३ मा वसन्तबहादुर आले र १४ मा काजीमान श्रेष्ठ विजयी हुनु भएको छ । वडामा समेत वडा सदस्य पदहरुमा भने नेपाली कांग्रेसले विजय हासिल गरेको छ । व्यास नगरपालिकाको १४ वडा मध्ये ११ वटामा नेपाली काँग्रेस ३ वटा वडा नेपाली काँग्रेसले जितेको छ । व्यास नगरपालिकाको १४ वटै वडामा ४७ हजार ५ सय ४२ रहेको कूल मतदाता मध्ये ६३ दशमलव ४७ प्रतिशत अर्थात ३० हजार २ सय ४६ जनाले मतदान गरेका थिए । 

वैशाख ३० गते स्वतन्त्र उम्मेदवार जोशीलाई कुटपिट  भएको निर्वाचन आयोगले त्यसलाई रद्ध गरी जेठ ४ गते पुनः मतदानको मिति तोकेको थियो । 

Author

अमरराज नहर्की