सर्लाहीको हरिवन नगरपालिका–८ र ११ मा छाडा कुकुरले आतङ्क मच्चाएको छ । बिहीबार र शुक्रबार ती दुई वडामा १६ जनालाई कुकुरले टोकिसकेको स्थानीयवासीले बताएका छन् । त्यसरी मानिसलाई टोक्दै हिँड्ने कुकुर बहुलाएको हुनसक्ने आशङ्का गरिएको छ ।
बैतडीको सिगास गाउँपालिका–३ मा विवाह गरेर छोरी दिन प्रायः अभिभावक हच्किन्थे । यसको एउटै कारण थियो, खानेपानीको समस्या । करिब दुई सय घरधुरी बासिन्दाले पानीका लागि दुई घण्टा पैदल हिँडेर डडेल्धुराको नवदुर्गा गाउँपालिका पुग्नुपर्ने बाध्यता थियो ।
आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेट २४.२४ प्रतिशतले वृद्धि गरेको छ । आव २०७९/८० का लागि कृषिमा १० अर्ब ९२ करोड १६ लाख रुपियाँ वृद्धि भएको हो । यो कुल राष्ट्रिय बजेटको तुलनामा ३.१२ प्रतिशतले कृषि बजेट कायम गरिएको छ । यसअघि राष्ट्रिय बजेटको तुलनामा कृषि बजेट २.७६ प्रतिशत मात्र थियो ।
झापाका प्रमुख व्यावसायिक केन्द्र बिर्तामोड र दमकमा रात्रिकालीन व्यवसाय सञ्चालनको वातावरण बनाउनुपर्ने माग उठ्न थालेको छ । सुरक्षालगायतका कारणले साँझ नपर्दै बजार बन्द गर्दै आएका व्यवसायीले कम्तीमा पनि राति १० बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरणको माग हुन थालेको छ ।
सिन्धुलीको तीनपाटन गाउँपालिका–१ स्थित छर्रछरेडाँडाका बासिन्दा सुुक्खा मौसमसँगै खानेपानीको समस्याबाट प्रभावित भएका छन् । गाउँमा सञ्चालित पताले र छर्छरे लिफ्ट खानेपानी योजनाको मोटर बिग्रिएपछि झन्डै २५० घरपरिवार खानेपानीको समस्यामा परेका हुन् ।
पोखराबाट मुस्ताङका लागि आइतबार विहान उडेर सम्पर्कविहिन भएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
स्थानीय तह निर्वाचन २०७९ मा जिल्लाका विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएका ४१ जनाले आफैँलाई मतदान नगरेको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेका अनुसार जिल्लाको खानीखोला गाउँपालिकामा सबैभन्दा बढी उम्मेदवारले आफैँलाई समेत मतदान नगरेको जनाएको छ । खानीखोला गाउँपालिकामा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार पावल थिङ, उपाध्यक्षका उम्मेदवार मानबहादुर सिङ्तान र वडाध्यक्ष पदकासहित नौ उम्मेदवारले आफैँलाई मतदान नगर्नुभएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को अनुमानित आय–व्ययको विवरण बजेट प्रस्तुत गर्नुभयो । संवैधानिक प्रावधानअनुरूप प्रत्येक वर्ष जेठ १५ गतेका दिन संसद्को संंयुक्त बैठकमा आउँदो आर्थिक वर्षका लागि अनुमानित आय–व्ययको विवरण अर्थात् बजेट प्रस्तुत गर्ने गरिन्छ ।
अहिले मुलुकमा तीन तहको सरकार छ । यी सरकारका आ–आफ्ना जिम्मेवारी छन् । यी सरकारले आफ्नो जिम्मेवारीभित्रका विषयमा कानुन बनाउने, वार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्न सक्छन् ।
कुनै राजनीतिक दलका एक नेताले प्रसङ्गवश भनेका थिए, “नेता हुन त्यसै सजिलो छ र ? अघिपछि प्रशस्त कार्यकर्ता हुनुपर्छ । पार्टीभित्र आफ्नो हैकम जमाउन सक्नुपर्छ, अझ जनताले पत्याएको पार्टीको झण्डा र सिद्धान्त बोकेर हिँड्न सकेमा मात्र भइन्छ नेता ।”
सङ्घीय शासनअन्तर्गत सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार रहने संवैधानिक व्यवस्था छ । भुइँ तहबाट हेर्दा नागरिकको सहज पहुँच भएको र सानातिना समस्याको गाँठो फुकाउने सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार हो । त्यसैकारण हुनुपर्छ, गणतन्त्रको जगमा संविधान सभाबाट २०७२ मा जारी गरिएको नेपालको संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाएको छ । २०७४ सालमा तीन चरणमा गरी स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो ।
नेपालमा उदारीकरणको सुरुवात (२०४८–०४९ साल) पछि सबैभन्दा मौलाएको भनेको बैङ्क–वित्तीय क्षेत्र हो । झन्डै तीन दशकपछिको अहिलेको अवस्थामा मुलुकमा २७ वटा ‘क’ वर्गका ठूला वाणिज्य बैङ्क, १८ वटा ‘ख’ वर्गका विकास बैङ्क, २० वटा ‘ग’ वर्गका फाइनान्स कम्पनी र ७१ वटा ‘घ’ वर्गका लघुवित्तले वित्तीय सेवा दिइरहेका छन् । अर्कोतिर ३३ हजारभन्दा बढी सहकारी संस्थाको जोड पनि वित्तीय कारोबारमै छ ।
सरकारले आगामी आर्थिक वर्षमा चार भञ्ज्याङमा चार सुरुङमार्गको अवधारणाअन्तर्गत काठमाडौँ उपत्यकाका बाँकी तीन भञ्ज्याङमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन अघि बढाउने भएको छ।
काठमाडौं, जेठ १४ गते।राष्ट्रियसभामा सरकारले ल्याएको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबुल भएको छ। राष्ट्रियसभाको आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेटलाई टेबुल गर्नुभएको हो। बैठकको सुरुमा भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज बिहानदेखि हराइरहेको तारा एयरको ट्विनअटर जहाजको खोज तथा उद्धारको सम्बन्धमा सभालाई जानकारी गराउनुभएको थियो।बजेटमाथिको सैद्धान्तिक छलफल र छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनका लागि यही जेठ १७ र १८ गतेका लागि दिन तोकिएको छ ।राष्ट्रियसभाको अर्को बैठक यही जेठ १७ गते बिहान ११ बजे बस्नेछ।
काठमाडौं, जेठ १५ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आइतबार बिहानदेखि हराइरहेको तारा एयरको ट्विनअटर विमानको खोज तथा उद्धार कार्य युद्धस्तरमा भइरहेको जानकारी गराउनुभएको छ।राष्ट्रियसभाको आइतबारको बैठकमा सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको रुलिङपछि उहाँले तारा एयरको पोखराबाट जोमसोमका लागि आज बिहान ९ः५५ बजे उडेको ट्विनअटर विमान १०ः११ मिनेटपछि सम्पर्कबाहिर गएको जानकारी गराउनुभयो।यात्रु र चालक दल गरी २२ जना रहेको विमान हराइरहेको सम्भावित क्षेत्रमा खोजबिन कार्यलाई तीव्रता दिए पनि मौसम प्रतिकूलका कारण कठिनाइ देखिएको बताउँदै मन्त्री आलेले उद्धारका लागि पोखरा र जोमसोममा तीन हेलिकोप्टर तयारी अवस्थामा राखिएको बताउनुभयो। अहिले मौसम प्रतिकूल रहेकाले भोलि बिहान ६ बजेअगाडि नै खोज तथा उद्धारका लागि सबै संयन्त्र परिचालन गरिने जानकारी दिनुभयो। नेपाली सेना, नेपाल प्रहरी, हिमालय उद्धार सङ्घका जवानहरु अहिले सम्भावित स्थानमा स्थलमार्गमार्फत खोज तथा उद्धारमा खटिएको पनि मन्त्री आलेले जानकारी गराउनुभयो।