• १६ भदौ २०८१, आइतबार

तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

blog

दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको ट्वीनअटर (९एन एइटी) विमान । तस्विर सौजन्यः नेपाली सेना

पोखरा, जेठ १६ गते । पोखराबाट मुस्ताङका लागि आइतबार विहान उडेर सम्पर्कविहिन भएको तारा एयरको ट्वीनअटर ९एन एइटी विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । 

मुस्ताङको मानापाथी हिमालको फेदी स्थित थासाङ गाउँपालिका–२ न्याउरिकोटको ल्याङके खोलाको मुहानमा छरपस्ट अवस्थामा विमानको पाटपुर्जाहरु भेटिएको मध्यकमाण्ड हेडक्वाटर पोखराका कमाण्डपति उपरथी बाबुराम श्रेष्ठले जानकारी दिनुभयो । उद्धारमा खटिएका नेपाली सेनाको टोलीले विमान फेलापारेको जानकारी दिएको हो । यता तत्कालै त्यस क्षेत्रमा सेनाको हेलिकप्टर जाने तयारी भएको मौसमले साथदिए यात्रुहरुको मृतशरीर पोखरा ल्याउने तयारी भएको सेनाले जनाएको छ । 

आइतबार विहान विहान ९ः५५ बजे जहाज जोमसोम विमानस्थल अवतरणका लागि उडेपनि पुग्न नपाउदै सम्पर्क विहिन भएको थियो । विकट र उच्चक्षेत्रमा विमान दुर्घटनामा परेको र ठुलो आवाज आएको स्थानीयबासीहरुले जानकारी गराएपछि त्यस क्षेत्रमा आइतबारदेखिनै खोजी कार्यतिव्र बनाइएको थियो । विमानमा दुई जर्मनी नागरिक, चार भारतीय नागरीक, १३ नेपाली नागरिक र तीन चालकदल सहित २२ जना रहेका छन् । 

Author

रमेश पौडेल