सिर्जना खत्रीकाठमाडौं, जेठ १५ गते। सरकारले आर्थिक वर्ष २०७९/८० को लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि एक खर्ब तीन अर्ब १८ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार बजेट प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि संघको ६९ अर्ब ३८ करोड बजेट विनियोजन गर्नुभएको हो। त्यसैगरी प्रदेशको लागि ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड विनियोजन भएको छ। बजेटमा आधारभूत स्वास्थ्य सेवामा आम नागरिकको पहुँच विस्तार गरी सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन निर्णय गरेको छ। कोभिड–१९ महामारीको व्यवस्थापनबाट प्राप्त अनुभवका आधारमा स्वास्थ्य प्रणाली आवश्यक सुधार गरेर भविष्यमा यस्ता महामारीको सामान गर्न सक्षम र प्रभावकारी आधारभूत स्वास्थ्य प्रणालीको स्थापना गर्ने जनाएको छ। दिगो विकास लक्ष्य हासिल गर्न स्वास्थ्य क्षेत्र २०७९/२०८७ कार्यान्ययन गरिने। आगामी आर्थिक वर्षमा ६५५ स्थानीय तहमा निर्माणधीन आधाभूत अस्पतालको निमार्ण सम्पन्न गरिने त्यसको लागि सरकाले १० अर्ब विनियोजन गरेको छ। पुराना निमार्र्ण अवस्थामा रहेका अस्पताल एवम् स्वास्थ्य संस्थाका भवन नयाँ मापदण्ड अनुसार पुनःनिर्माणका लागि आवश्यक रकम विनियोजन गरेको छ। ज्येष्ठ नागरिकलाई विशिष्टीकृत स्वास्थ्य सेवा सुनिश्चित गर्न थप २० वटा केन्द्रीय र प्रदेशिक अस्पतालमा ज्येष्ठ नागरिक वार्ड स्थापन गरेर संचालनमा ल्याउने व्यवस्था मिलाएको छ। सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ। त्यसैगरी, मिर्गौला प्रत्यारोपण गरेका तथा डायलासिस गराइरहेका व्यक्ति सबै किसिमका क्यान्सर रोग निदान भएका व्यक्ति र मेरुदण्ड, पक्षघातका बिरामीलाई औषधि उपचार खर्चबापत पाँच हजारका दरले उपलब्ध गराउन एक अर्ब ५० करोड छुट्याएको छ। मातृ मुत्युदर घटाउन, गर्भवती पोषण कार्यक्रम, स्वास्थ्य जाँच र सुरक्षित सुत्केरी उपलब्ध गराउने। पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर घटाउन सुरक्षित मातृत्व सुरक्षा स्याहार पोषण र खोप कार्यक्रमका लागि थप प्रभावकारी बनाउने जनाएको छ। स्वास्थ्य संस्थानबाट प्रसूति सेवा उपलब्ध गराई मातृशिशु मृत्युदर घटाउन आमा सुरक्षा कार्यक्रमको रकम वृद्धि गरेको छ। मानव विकास सूचांकमा पछि परेका २५ जिल्लाका बिपन्न परिवारका सुत्केरीलाई एकमुष्ठ पाँच हजार पोषणखर्च उपलब्ध गराइनेछ।गुणतस्तरी स्वास्थ्य सेवा उपलब्ध गराउन र स्वास्थ्य प्रर्यटन प्रवद्र्धन गर्न लुम्बिनी प्रदेशको राजापुरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मार्फत र मधेष सप्तरीको चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठानमार्फत् सेवाहरु सहितको स्वास्थ्य सेवा प्रदान उपलब्ध गराउन स्वास्थ्य शिक्षण अस्पताल निमार्ण कार्य अगाडि बढाइनेछ।सिकल सेल एनिमिया अनुसन्धन तथा उपचार केन्द्र निमार्ण गरिने। रुपन्देहीको सैनामैना नपलपसासी पूर्वको देवचुली, कैलालीको लम्की, कर्णलीको राकम र धार्दिङको बेल्खुमा ट्रमा सेन्टर स्थापना गर्ने। दुर्गम जिल्लाका अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उतप्रेरित गर्न एक चिकित्सक एक अस्पताल कार्यक्रम संचालनमा ल्याइनेछ। क्यान्सर रोगको निदानका लागि स्वादेशमै उपचार दिन आवश्यक पर्ने पेट स्क्यिान मेसिन तथा साइकोलोटोन उत्पादन गर्ने मेसिन खरिद गर्न ५० करोड बजेट विनियोजन गरेको छ। पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपको सुरुवात गरिने।मिर्गौला रोगीहरुका लागि निःशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था गर्ने सबै प्रदेशिक अस्पतालमा डायलासिल निःशुल्क गर्न डायलासिस मेसिन खरिद गर्न २० करोड बजेट विनियोजन गरेको छ। स्थानीय तहसँगको सहकार्य र समन्वय गर्न स्वास्थ्य प्रविधि अनुभवसमेत आदन प्रदान गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेडिकल कलेजलाई वार्षिक कम्तीमा दुई पटक अनिवार्य रुपमा स्थानीय तहका आधारभूत अस्पतालमा ग्रमीण तथा दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने व्यवस्था मिलाएको छ। पूर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्य सेवासहितको पुनस्थापन केन्द्र स्थापन गर्ने। बालबालिका सम्बन्धी विशिष्टिकृत स्वास्थ्य संस्थाको क्षमता विकास गर्न बजेट विनियोजन गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम दिगो बनाउन बीमा कम्पनीमार्फत् संचालन गर्न आवश्यक तयारी गरिनेछ। आम नागरिकको सहभागीतामा नागरिक आरोग्य अभियान संचालन गरिनेछ। आयुर्वेद होमियोप्याथी तथा वैकल्पिक चिकित्सा पद्धतिको संरक्षण प्रवधान गर्ने। ४० वर्षमाथिका नागरिकलाई स्थानीय तहका स्वास्थ्य संस्थामा वर्षमा एक पटक नसर्ने रोग निःशुल्क स्क्रिनिङ सेवा संचालन गर्ने।शारीरीक तथा मानसिक अपांगता भएका व्यक्तिलाई प्रत्येक प्रदेशमा एक एक वटा पुनस्थापना परामर्श केन्द्र स्थापना गर्ने। व्यसायिक तथा रोग नियन्त्रण योजना तर्जुमा गरी कार्यन्ययनमा ल्याइनेछ।
नेपालको देउराली डोजो आठौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा देउरालीले ५ स्वर्ण, २ रजत र १ कांस्य जित्यो ।
प्रशान्त श्रेष्ठले पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडो प्रतियोगितामा आइतबार स्वर्ण जित्नुभएको छ ।
१७औं तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि तीर्थबहादुर तामाङले जित्नुभएको छ
कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आगामी पाँच वर्षभित्र नगरलाई खेलकुद नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा उक्त आकारको बजेट प्रस्तुत गर्नुभएको हो ।
सरकारले आर्थिक बर्ष २०७९/८० का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि दुई अर्ब ४६ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्मा पेश गर्नुभएको बजेटमा युवा तथा खेलकुद मन्त्रालयका लागि छुट्याईएको बजेट अघिल्लो बर्षको भन्दा २८ करोडले कम हो ।
पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज भेटिएको भनिएको स्थानमा पुग्न शेर्पा टोलीलाई पठाइएको छ । उनीहरु हिमाली क्षेत्रका आरोही हुन् । पोखरा विमानस्थलबाट कैलास एयर र डाइनेस्टिकको हेलिकोप्टरले आइतबार साँझ दुर्घटना स्थलको पहिचान गरेका थिए ।
काठमाडौं, जेठ १५ गते । मिस नेपाल २०२२ का शीर्ष २४ प्रतिस्पर्धी घोषणा गर्दै आयोजक 'द हिडन ट्रेजर'ले आइतबार 'स्यास' वितरण गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिस्पर्धीहरुले प्रतियोगी नम्बर पनि रोज्नुभएको हो ।शीर्ष २४ प्रतिस्पर्धीमा आकृति शाह, आस्रुति सुवेदी, आयुस्नोभा ढुंगाना, ऐश्वर्य शाही ठकुरी, अनुश्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बास्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी, यशस्वी श्रेष्ठ पर्न सफल हुनुभएको छ । कार्यक्रममा मिस नेपाल नम्रता श्रेष्ठ, मिस अर्थ सुप्रिया श्रेष्ठ, मिस नेपाल सुप्रा नेशनल सिमल कनौजियाका साथै मिस नेपाल इन्टरनेशनल सन्ध्या शर्माले प्रतिस्पर्धाीहरुलाई स्यास वितरण गर्नुभएको हो ।यस्तै, आगामी असार ४ गते मिस नेपालको अन्तिम प्रतिस्पर्धासमेत हुने जनाइएको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट ल्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा यो आकारको बजेट प्रस्तुत गर्नुभएको हो। कुल आकार १७ खर्ब, ९३ अर्ब, ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो।
नेपाल सरकारले आगामी साउन १ गतेबाट लागू हुने गरी निजामती कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषण गर्नुभएको हो ।
भगवान गौतमबुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटस्थित मध्यभागमा रहेको मौर्यकालिन पोखरीको उत्खनन गरिएको छ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर ३ लिबाङस्थित हाँडीखोलामा मोटरेवल पुल निर्माण हुने भएको छ । जिल्ला सदरमुकाम फुङ्लिङ हुँदै मिक्वाखोला गाउँपालिका केन्द्र साँबा थलङ जोड्ने सडकअन्तर्गत पर्ने हाँडीखोलामा मोटरेवल पुल निर्माण गरिने भएको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित गुठी संस्थानअन्तर्गत बेलाकुट्टीको जग्गामा बनाइएका टहरा तथा भवन हटाउन वडा कार्यालयले सूचना जारी गर्ने भएको छ ।
बेलिना थापा लमजुङ, जेठ १५ गते। लमजुङको मध्यनेपाल नगरपालिका ७ कोइलिनेमा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। कल्याङबेंसीबाट रामबजारतर्फ आउँदै गरेको बा ४ ख ७७८१ नम्बरको टिपर कोइलिनेमा दुर्घटना भएको प्रहरीले जनाएको छ। आइतबार दिउँसो अन्दाजी ३ बजेतिर दुर्घटना हुँदा चार पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार टिपर सडकबाट अन्दाजी ३० मिटर तल खसेको हो। मृत्यु हुने मध्यपहाडी लोकमार्गमा कार्यरत कामदार छन्। मृत्यु हुनेमा चालक धादिङको गजुरी नगरपालिका ६ का २६ वर्षीय आकाश घिमिरे छन्। टिपरले च्यापिएका अन्य तीन जनाको सनाखत हुनसकेको छैन।