स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३३६ जनाको पीसीआर परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
हिमाली जिल्ला म्याग्दीको एकमात्रै नगरपालिका बेनी नगरपालिकाको कार्यपालिका सदस्यहरुमा गठबन्धनतर्फका उम्मेदवारहरु विजयी हुनुभएको छ ।
वर्खा सुरुभएसँगै बाजुराका अधिकांश स्थानीय तहमा बाढीपहिरो जोखिमका बस्तीका स्थानीय निकै त्रसित बन्दै गएका छन् ।
सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जर्नादन शर्माले आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्नुहुँदै चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने बताउनुभएको छ ।
ओखलढुङ्गामा पाँच जना कैदीबन्दी जेलमुक्त भएका छन् । गणतन्त्र दिवसको अवसरमा आइतबार पाँच कैदीबन्दी जेलमुक्त भएका हुन् ।
आर्थिक वर्ष २०७९/८० को बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै हुनुहुन्छ ।
आइतबार दिउँसो ४ बजे आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुतिका लागि अर्थमन्त्री जनार्दन शर्मा संघीय संसद् भवनमा प्रवेश गर्नुभएको छ।
आइतबार बिहान पोखराबाट मुस्ताङ जिल्लाको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको जहाज जलिरहेको अवस्थामा फेला परेको छ ।
कीर्तिपुर, जेठ १५ गते । कीर्तिपुरस्थित टौदह (तःपुखु) मा छोडिएका विभिन्न प्रकारका माछा मर्न थालेका छन् । वर्षामा परेको पानीमा मिसिएको रासायनिक युरिया मल र नजिकै खोलिएका पार्टी प्यालेस र रेष्टुरेन्टबाट आउने रसायनयुक्त फोहाेर पानीका कारण माछा मर्न थालेको स्थानीयवासी बताउँछन् ।फोहर र दुर्गन्धित पानी सिधै टौदहमा मिसाइएकाले यस्तो समस्या आइपरेको हो । माछा मर्न थालेपछि पानीलाई अहिले डाइभर्ट गरी पोखरीमा मिसिन नदिएर खोल्सामा फालिएको छ ।सो टौदहमा हिन्दु र बौद्ध धर्मग्रन्थ अनुसार काठमाडौं उपत्यकामा रहेको पानी मञ्जुश्रीले आफ्नो खड्गबाट चोभारको गल्छी काटेपछि मैदान बनेको थियो र, त्यहाँ बसोबास गर्न असमर्थ भएपछि टौदहमा कर्काेटक नागलाई स्थानान्तरण गरिएको भनाइ छ । सो पोखरीमा बौद्ध धर्मका पद्मसम्भव गुरु दक्षिणकालीको शेषनारायणमा ध्यान गरेर चीन (तिब्बत) तिर धर्म प्रचार गर्ने क्रममा स्नान गरेको पाइन्छ । यही कारणले बौद्ध भिक्षुहरुले यस टौदहमा विभिन्न प्रकारका माछा छाड्ने प्रचलन छ ।स्थानीय देव खड्का अनुसार, भाँडा माझ्ने रासायनिक झोल, शौचालयको फोहाेरको कारणले माछालगायत जलचलहरु मर्न थालेको बताउनुभयो । रसायनयुक्त फोहर पानी टौदहमा सिधै फ्याँकिएकाले पनि माछा धमाधम मारिएका हुन् । विगतमा प्राकृतिक वासस्थानका कारणले टौदह आसपासमा रुसको साइबेरियादेखि घुमन्ते चारचुरुङ्गी चिसो छल्न र आहाराको खोजीमा आउने गर्दथे । सो क्षेत्रमा पार्टी प्यालेस र रेस्टुरेन्टसहित व्यापारिक प्रयोजनमा पिकनिक स्पटलगायतका भौतिक संरचनाले ती घुमन्ते चराचुरुङ्गीको वासस्थानमा समस्या पैदा भएको हो । ती क्षेत्रमा अहिले अति कम घुमन्ते चराचुरुङ्गी देख्न पाइन्छ ।फोहाेर दुर्गन्धित पानीको असर ती घुमन्ते चारचुरुङ्गीलाई पनि परेको स्थानीय ज्ञानेन्द्र महर्जन बताउनुहुन्छ ।
आइतबार दिउँसो ४ बजे आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुँदैछ।सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान सार्वजनिक गर्न लाग्नुभएको हो।
तिलाचन पाण्डे तम्घास, जेठ १५ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीले पूर्ण अशक्त ४८ वर्षीया पुनीकला आचार्यलाई घरमै गएर नागरिकता प्रदान गरेको छ । गणतन्त्र दिवसको अवसर पारेर आइतबार रेसुंगा नगरपालिका वडा नम्वर १४ मा रहनुभएकी ४८ वर्षीया पूर्ण अशक्त पुनीकला आचार्यलाई घरमै गएर नागरिकता प्रदान गरिएकाे गणतन्त्र दिवस नागरिकले अनुभूति गर्ने खालको होस् भनेर घरमै गएर नागरिकता प्रदान गर्ने योजना बनाएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । घरमै आएर नेपाली नागरिकता प्रदान गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीको सम्पूर्ण टोलीलाई आचार्यले धन्यवाद दिँदै सरकारको अनुभूति ढिलै भए पनि पाएको बताउनुभयो । गणतन्त्र दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय गुल्मीले कार्यालय परिसरमा सरसफाइ गरेको छ ।गणतन्त्र दिवसको अवसरमा रचानात्मक कार्य गर्ने उद्देश्यले कार्यालयको परिसरमा सरसफाई गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।यस्तै दिवसरको अवसरमा जिल्लामा रहेका सबै सरकारी कार्यालयमा शनिबार साँझदेखि सोमबारसम्म तीन दिन दीपावली गर्ने र रचानात्मक कार्यक्रमहरु गर्ने कार्यक्रम तय गरिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।
काठमाडौँ, जेठ १५ गते । नेपालमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार भएको पाइएको छ । आर्थिक वर्ष २०७८÷७९ को आर्थिक सर्वेक्षणमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेख सुधार हुँदै गएको पाइएको हो । दिगो विकासको लक्ष्य अनुसार सन् २०३० मा प्रजनन दर २ दशमलव १ पु¥याउने लक्ष्य भए पनि अहिले नै २ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा जनाइएको छ । यस्तै पाँच वर्षमुनिका बाल मृत्युदर र नवजात शिशु मृत्युदर पनि दिगो विकास लक्ष्य अनुसार घटाउन सफल भएको देखिएको छ । मातृ स्वास्थ्यसम्बन्धी अन्य सूचकको चालु आवको फागुनसम्मको उपलब्धिको अनुपातले यस आवको अन्त्यसम्म दिगो विकास लक्ष्यले तोकेको लक्ष्य पूरा हुने प्रारम्भिक अनुमान देखिएको सर्वेक्षणमा जनाइएको छ । पूर्णरुपमा सबै प्रकारका खोप लगाएका बालबालिका ५९ दशमलव ७ प्रतिशत रहेका छन् । यस्तै स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिला ५२ दशमलव ७ प्रतिशत रहेको छ । नवजात शिशु मृत्युदर (प्रति एक हजार जीवित जन्ममा, जन्मेको २८ दिनभित्र) १६, शिशु मत्युदर (प्रति एक हजार जीवित जन्ममा, जन्मेको एक वर्षभित्र)मा २५, पाँच वर्षमुनिको बाल मृत्युदर (प्रति एक हजारमा) २८ जना तथा कम्तीमा चार पटक गर्भ जाँच गराउने महिला ५० प्रतिशत, दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने गर्भवती महिला ४९ दमशलव ५ प्रतिशत रहेका छन् । चालु आर्थिक वर्षमा कूल ग्राहस्थ्य उत्पादनमा स्वास्थ्य तथा सामाजिक क्षेत्रको योगदान १ दशमलव ७९ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । आव २०७७÷७८ को तुलनामा यस आवमा स्वास्थ्य क्षेत्रको कूल मूल्य अभिवृद्धि ६ दशमलव ९१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको सर्वेक्षणमा जनाइएको छ । स्वास्थ्य क्षेत्रको सूचकमा सुधार काठमाडौँ, १५ जेठ (रासस) : नेपालमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार भएको पाइएको छ । आर्थिक वर्ष २०७८÷७९ को आर्थिक सर्वेक्षणमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेख सुधार हुँदै गएको पाइएको हो । दिगो विकासको लक्ष्य अनुसार सन् २०३० मा प्रजनन दर २ दशमलव १ पु¥याउने लक्ष्य भए पनि अहिले नै २ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा जनाइएको छ । यस्तै पाँच वर्षमुनिका बाल मृत्युदर र नवजात शिशु मृत्युदर पनि दिगो विकास लक्ष्य अनुसार घटाउन सफल भएको देखिएको छ । मातृ स्वास्थ्यसम्बन्धी अन्य सूचकको चालु आवको फागुनसम्मको उपलब्धिको अनुपातले यस आवको अन्त्यसम्म दिगो विकास लक्ष्यले तोकेको लक्ष्य पूरा हुने प्रारम्भिक अनुमान देखिएको सर्वेक्षणमा जनाइएको छ । पूर्णरुपमा सबै प्रकारका खोप लगाएका बालबालिका ५९ दशमलव ७ प्रतिशत रहेका छन् । यस्तै स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिला ५२ दशमलव ७ प्रतिशत रहेको छ । नवजात शिशु मृत्युदर (प्रति एक हजार जीवित जन्ममा, जन्मेको २८ दिनभित्र) १६, शिशु मत्युदर (प्रति एक हजार जीवित जन्ममा, जन्मेको एक वर्षभित्र)मा २५, पाँच वर्षमुनिको बाल मृत्युदर (प्रति एक हजारमा) २८ जना तथा कम्तीमा चार पटक गर्भ जाँच गराउने महिला ५० प्रतिशत, दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने गर्भवती महिला ४९ दमशलव ५ प्रतिशत रहेका छन् । चालु आर्थिक वर्षमा कूल ग्राहस्थ्य उत्पादनमा स्वास्थ्य तथा सामाजिक क्षेत्रको योगदान १ दशमलव ७९ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । आव २०७७÷७८ को तुलनामा यस आवमा स्वास्थ्य क्षेत्रको कूल मूल्य अभिवृद्धि ६ दशमलव ९१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको सर्वेक्षणमा जनाइएको छ ।
अविनाश चौधरीधनगढी, जेठ १५ गते । कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा नुहाउने क्रममा डुबेर आइतबार दुई बालकको ज्यान गएको छ । चटकपुर राजघाट जोड्ने पुलमुनि नदीमा नुहाउने क्रममा डुबेर उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा धनगढी उपमहानरपालिका–३ विशालनगरका १२ वर्षीय विष्णु गुप्ता र १० वर्षीय अनुप चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पुलमुनि नदीमा पौडी खेल्न जाँदा दुवै बालक डुबेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयो । मृतकका शव पानीबाट निकालेर पोेष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको छ ।
बागलुङ नगरपालिकामा बागलुङमा नवनिर्वाचित जनप्रतिनिधिले नगर क्षेत्रको कुनै पनि स्थानमा नयाँ सडक विस्तार गर्न कामलाई निषेध गरेका छन् ।