• ३० वैशाख २०८१, आइतबार

आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने : वार्षिक ३० प्रतिशतले रोजगारी वृद्धि गरिने

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १५ गते । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जर्नादन शर्माले आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्नुहुँदै चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने बताउनुभएको छ ।

उहाँले यस वर्षको बजेट कोभिड–१९ महामारी नियन्त्रण, जनस्वास्थ्यको रक्षा र आर्थिक तथा सामाजिक जीवनस्तर सुधारमा लक्षित रहने छ भन्नुभयो ।

बजेटको उद्देश्य उत्पादनमा आधारित हुनेछ, बजेटका प्राथमिकता कृषि क्षेत्रको रुपान्तरणमा केन्द्रित हुने, उत्पादनमा आधारित अर्थतन्त्रको विकास गरेर गरिबी न्यूनीकरण गरिने, भूमिहीन र दलितलाई आगामी तीन वर्षभित्र भूमि उपलब्ध गराउने र वार्षिक ३० प्रतिशतले रोजगारी वृद्धि गर्ने रहेका छन् ।