काठमाडौं, वैशाख १५ गते। पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८८२ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको हो। २४ घण्टामा १८ जनाले कोरोना जितेका छन् भने मृत्यु शून्य छ। अहिले देशभर २४९ जना सक्रिय सङ्क्रमित छन्। मन्त्रालयका अनुसार २४ घण्टामा एक लाख २५ हजार ४३ जनाले खोप लगाएका छन्।
काठमाडौं, वैशाख १५ गते। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पत्राउ गरेको छ। बर्दिया बारर्दिया नगरपालिका १ जमुनिया घर भएर काठमाडौं नयाँबानेश्वर बस्ने २४ वर्षीय दिनेशभक्त वलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। केन्द्रीय अनुसनधान ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार बिहीबार उनलाई ग्वार्कोबाट पक्राउ गरिएको हो। खातामा पैसा छ भनेर चेक दिएका थिए। चेक भुक्तान हुन नसकेको भन्दै दायर रिटमाथि सुनुवाइ गर्दै पाटन उच्च अदालतले वलीविरुद्ध २०७७ फागुन १६ गते १२ दिन कैद र २३ लाख ६५ हजार पाँच सय जरिवाना ठहर गरेको थियो। फैसला कार्यान्वयनका क्रममा वली बिहीबार ग्वार्कोबाट पक्राउ परेका हुन्।
सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । बिहीबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमार्फत मल्लले सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट राजीनामा दिने घोषणा गर्नुभएको हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालय र प्रकृति संरक्षण कोषबीच आपसी सहकार्य सम्झौता भएको छ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सल्यानका दशमध्ये पाँच वटा पालिकामा प्रमुख/अध्यक्ष/उपाध्यक्ष पदमा सात जना जनप्रतिनिधि दोहोरिएर उम्मेदवार बनेका छन् ।
वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले १ करोड ९४ लाखमध्ये १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ सम्पन्न गरेको छ ।
नेपालगञ्ज, वैशाख १५ गते । देशकै सबैभन्दा बढी गर्मी हुने सहरको रुपमा परिचित बाँकेमा अहिले तातो हावा ‘लु’ र प्रचण्ड गर्मीले जनजीवन अस्तव्यस्त छ । यस्तो प्रचण्ड गर्मीको बेला बाल बिजाइँमा संलग्न बालबालिकालाई सुधार्नका लागि सञ्चालनमा ल्याइएको बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरमा रहेको जयेन्दु बालसुधार गृह यातनागृहमा परिणत भएको छ । अत्यधिक गर्मीमा क्षमता भन्दा करिब तेब्बर बालकहरु सो बालसुधार गृहमा कोचाकोच गरेर राखिएकाले उनीहरुको दैनिकी निकै कष्टकर बन्दै गएको छ । सो बालसुधार गृहमा प्रचण्ड गर्मीको समयमा पनि एकै कोठामा ७३ देखि ८३ जनासम्म बालकलाई कोचाकोच राखिएको छ । बाँकी रहेका बालकहरु साना कोठामा र केही शौचालय अगाडिको भागमा सुत्ने गरेको बालसुधार गृहकी इन्चार्ज विमला काउचा मगरले बताउनुभयो । उहाँले ७० जनाको क्षमता भएको सो बालसुधार गृहमा अहिले १८३ जना बालक रहेको बताउनुभयो । ‘ठूलो समस्या भनेकै क्षमताभन्दा बढी बालक हुनु हो,’ काउचा मगरले भन्नुभयो, ‘सीमित कोठामा धेरै बालक राख्नुपर्दा व्यवस्थापन गर्न निकै समस्या छ ।’अत्यधिक गर्मीको बेला पनि बालसुधार गृहमा क्षमताभन्दा तेब्बरजति बालक राख्दा बसाइ साह्रै कष्टकर देखिएको एड्भोकेसी फोरमका अधिवक्ता वसन्त गौतमले बताउनुभयो । ‘एउटै कोठामा धेरैजना बस्दा बालसुधार गृहमा छालासम्बन्धी रोगको संक्रमण फैलिएको छ,’ उहाँले भन्नुभयो, ‘सुधारगृहका ५० भन्दा बढी बालकमा यस्तो सङ्क्रमण पुष्टि भएको छ ।’ सुधारगृहमा रहेका १८३ बालकका लागि चार वटा मात्र शौचालय छन् । बिहानमा पालो पर्खेर शौच जानुपर्ने बाध्यताले धेरै कष्ट उठाउनुपरेको छ । त्यहाँ ढलको व्यवस्थापन हुन नसक्दा भान्सापछाडि ढलको पानी गन्हाउने, अत्यधिक लामखुट्टे लाग्ने गर्दा सुधारगृह यातना गृह बनेको बालकहरुले नै बताएका छन् ।
सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार सिर्जना सिंहको संकल्प पत्र सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सात 'स' को सङ्कल्प व्यक्त गर्नुभएको हो । बिहीबार माइतीघर हाइटमा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै प्रमुख पदकी उम्मेदवार सिंहले काँग्रेसको सिद्धान्त, आदर्शलाई मनन गरेर त्यसमा लाग्ने बताउनुभएको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली बिहीबार प्रकाशन गरिने भएको छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते देशभरका निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा जाँचबुझ गरिरहेको छ ।
प्रतीक शर्मासल्यान, वैशाख १५ गते । यही वैशाख ३० गते हुने निर्वाचनका लागि सल्यानमा एक लाख ७४ हजार थान मतपत्र आइपुगेको छ । मुख्य निर्वाचन कार्यलय सल्यानका अनुसार जिल्लामा आवश्यक पर्ने एक लाख ७४ हजार थान मतपत्र आइपुगेको हो । मतपत्र जिल्लामा पुगिसकेकाले मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको नियुक्ति गरेर तालिम दिएपछि मतदान सामग्रीसहित सबै स्थानीय तहमा पठाइनेछ । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले अबको केही दिनमा मतदान केन्द्रमा जाने कर्मचारीहरु खटाउने, निर्वाचन आयोगबाट आएका मतपत्रको रुजु गरेर छुट्टाछुटै प्याकेज बनाएर सबै मतदानस्थल र मतदान केन्द्रमा पठाइने बताउनुभयो । उहाँका अनुसार जिल्लामा ११४ मतदान स्थल र २०१ मतदान केन्द्र निर्धारण गरिएको छ ।जिल्लामा एक लाख ५७ हजार ७०१ मतदाता छन् । जसमा पुरुष मतदाता ७९ हजार ९०४ छन् भने महिला मतदाता ७७ हजार ८११ रहेको निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएकाे छ ।बिहीबार वक्तव्य जारी गर्नुहुँदै सभापति देउवाले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएकाे हाे ।
गोकर्ण पौडेलतुलसीपुर , बैशाख १५ गते । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचनले नागरिकमा उत्साह थपेको बताउनु भएको छ । महासचिव पोखरेलले ७५३ स्थानीय तहमा उम्मेदवारीको संख्यामा वृद्घिले यसको पृष्टि गरेको बताउनुभयो । प्रेस चौतारी दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नु हुँदै उहाँले उम्मेदवारहरुको मनोनयनका क्रममा नेता, कार्यकर्ता, नागरिकहरुको उत्साहप्रद सहभागिताले निर्वाचनको वातावरण तयार भएको बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्नु हुँदै महासचिव पोखरेलले जनता नै लोकतन्त्रको आधार भएकाले नेकपा एमालेले जनमतबाट नै राज्य सञ्चालनको दायित्व पूरा गर्ने बताउनुभयो । उहाँले पछिल्लो समयमा नागरिकबाट सामाजिक र राजनीतिकरुपमा अग्रसर व्यक्तित्व नेतृत्व तहमा आउन नसकेको गुनासो आइरहेको अवस्थामा जिल्लाका दुवै उपमहानगरमा त्यस्ता नेतृत्वलाई पार्टीले अघि सारेको बताउनुभयो । उहाँले भन्नुभयो – तुलसीपुरको नेतृत्वमा उम्मेदवारी दिने टीकाराम खडकाजस्ता सादगी,राजनीतिक चरित्रको नेता जिल्लामै हुनुहुँदैन,उपप्रमुखकी उम्मेदवारी स्यानी चौधरी सामाजिक अगुवा एउटा उदाहरणीय पात्रकारुपमा हुनुहुन्छ । महासचिव पोखरेलले एमालेकै नेतृत्वको सरकारले देशमा रहेको विमानस्थलमा रात्रीकालीन उडान, अन्तर्राष्ट्रिय विमानस्थल थप, नेपाललाई सुरुङ युगमा प्रवेश गराएको बताउनुभयो । उहाँले फरक प्रसङ्गमा अब वामपन्थी आन्दोलनलाई नेता जोड्ने नभई कार्यकर्ता र विचार जोड्ने आन्दोलनसँग जोड्नुपर्ने बताउनुभयो । महासचिव पोखरेल जिल्लामा पालिकास्तरमा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गर्न गृह जिल्ला दाङ आउनुभएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष हुकुमबहादुर बस्नेतले जानकारी दिनुभयो ।
कपिल ज्ञवालीसिद्धार्थनगर, वैैसाख १५ गते । रुपन्देहीको देवदह नगरपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच तालमेलमा सहमति भएको छ । दुबै पार्टीको प्रदेश र जिल्ला कमिटीको परिपत्र अनुसार तालमेल भएको हो । दुई दलका नेताहरुको बैठकले माथिल्लो कमिटीबाट प्राप्त सर्कुलर कार्यान्वयन गर्ने सहमति अनुसार गठबन्धन गरेर जाने सहमति भएको काँग्रेस नगर सभापति रहनुभएका प्रमुम पदका उम्मेदवार हीराबहादुर खत्रीले बताउनुभयो । यस अघि दुवै दलका उम्मेदवारहरुले छुट्टाछुट्टै मनोनयन दर्ता गरेर अघि बढेका थिए । ताजा सहमति अनुसार माओवादी केन्द्रले नेपाली काँग्रेसलाई नगरप्रमुखमा खत्रीलाई सहयोग गर्नेछ भने, काँग्रेसले माओवादी केन्द्रलाई उप–प्रमुखमा सुन्दरी गिरीलाई सहयोग गर्नेछ । हामीले गठबन्धनबीच सहमतिको वातावरण बनाएका थियौं, केन्द्रबाट आएको सर्कुलरले पनि यसमा सहयोग नै ग¥यो’ –उहाँले भन्नुभयो ।प्रमुख र उपप्रमुख दुई मुख्य पदमा सहमति गरेसँगै देवदहमा गठबन्धन कायम भएपछि देवदह नगरमा दुवै दलका उम्मेदवार नेता कार्यकर्ताहरुमा उत्साह बढेको छ । सहमति अनुसार माओवादी केन्द्रका नगर अध्यक्ष समेत रहेका नगरप्रमुखका उम्मेदवार गोविन्द ठडराईले नगरप्रमुखबाट उम्मेदवारी फिर्ता लिने र काँग्रेसका महासमिति सदस्य रहनुभएकी उपप्रमुखका उम्मेदवार सरिता चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिनुहुनेछ ।नगरमा रहेका १२ वटा वडामा भने गठबन्धन दलबीचमै मैत्रीपूर्ण प्रतिस्पर्धा हुने केसीले बताउनुभयो ।
कलाकार एरिना ताम्राकारको अनुभवमा महिला शक्तिको खानी हो, आफ्नो शक्तिलाई चिनेर जुनसुकै क्षेत्रमा प्रतिबद्धतासहित अगाडि बढे हरेक चुनौतीको सामना गर्न महिला सक्षम छन् । विगत तीन दशकदेखि चित्रकलामै समर्पित कलाकार ताम्राकारलाई देश–विदेशमा यही विधाले चिनाएको छ । कलाको अध्ययन गर्दा नै उहाँ यही क्षेत्रमा सिङ्गै जीवन अर्पित गर्ने प्रणले अगाडि बढ्नुभयो ।
आरोही तथा सामाजिक अभियन्ता कल्पना महर्जनले विसं. २०७६ जेष्ठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट उद्धघोष गरेको बाल बिवाह रोकथाम अभियान लाई ललितपुरबाट सुरुवात गरेको छ ।