• १९ असार २०८१, बुधबार

ट्याक्टरको ठक्करबाट साइकल यात्रुको मृत्यु

blog

जानु पाण्डे

कपिलवस्तु, जेठ १५ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान सवा १० बजे भएको दुर्घटनामा सोही नगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय बालमुकुन्द चौधरीको घटनास्थलमा मृत्यु भएको छ ।

नगरपालिकाको वडा नम्बर १ बनवामा लु ४ त २५४५ नम्बरको ट्याक्टरले साइकलमा सवार रहेका चौधरीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक दलराम टमाटाले बताउनुभयो । घटनाको अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको टोली खटिएको छ । दुर्घटनापछि ट्याक्टरचालक फरार रहेको प्रहरीले जनाएको छ ।