• ८ जेठ २०८१, मङ्गलबार

लडेर वृद्ध र डुबेर युवकको मृत्यु

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङमा एकैदिन भीरबाट लडेर एक वृद्ध र पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका–२ थेचम्बुका ६७ वर्षीय जयप्रकाश तामाङको भीरबाट लडेर मृत्यु भएको हो । 

तामाङको बाख्रा चराउने क्रममा शनिबार भीरबाट लडेर मृत्यु भएको हो । यस्तै मेरिङ्देन गाउँपालिका–५ थुकिमाका २० वर्षीय ङिमा शेर्पाको पानीमा डुबेर मृत्यु भएको छ । शेर्पाको पनि शनिबार नै गाउँ नजिक रहेको सबुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । 

मृतकमध्ये तामाङको शव शनिबार नै जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी कुशराम कार्कीले जानकारी दिनुभयो । कार्कीकाअनुसार शेर्पाको शव आइतबार विहान पोष्टमार्टम गरी परिवारलाई बुझाउने तयारी गरिएको छ ।