• ९ जेठ २०८१, बुधबार

पाँच कैदीबन्दी जेलमुक्त

blog

शेरबहादुर राई
ओखलढुङ्गा, जेठ १५ गते ।
ओखलढुङ्गामा पाँच जना कैदीबन्दी जेलमुक्त भएका छन् । गणतन्त्र दिवसको अवसरमा आइतबार पाँच कैदीबन्दी जेलमुक्त भएका हुन् । ५० प्रतिशत कैद भुक्तान हुन बाँकी रहेका पाँच कैदीबन्दीलाई जेल मुक्त गरिएको जिल्ला कारागार ओखलढुङ्गाका जेलर रेवन्त दाहालले बताउनुभयो ।

सरकारी लिखत किर्ते गरेको आरोपमा जेल परेका तीनजना, ज्यान मार्ने उद्योग हातहतियार मुद्दामा सजाय भुक्तान गरिरहेका एकजना र बहुविवाह मुद्दाका एकजना गरी पाँचजना जेलमुक्त भएको जेलर दाहालको भनाइ छ । जिल्लाबाट सात जनाको कैद मिनाहाका लागि सिफारिस भएमध्ये राष्ट्रपति विद्यादेवी भण्डारीबाट पाँच जनाको कैद मिनाहा भएको हो ।