• १३ साउन २०८१, आइतबार

मिस नेपाल २०२२ का २४ प्रतिस्पर्धीलाई 'स्यास' वितरण

blog

मिस नेपाल २०२२ का २४ प्रतिस्पर्धी । तस्बिर : राजन महर्जन ।

काठमाडौं, जेठ १५ गते । मिस नेपाल २०२२ का शीर्ष २४ प्रतिस्पर्धी घोषणा गर्दै आयोजक 'द हिडन ट्रेजर'ले आइतबार 'स्यास' वितरण गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिस्पर्धीहरुले प्रतियोगी नम्बर पनि रोज्नुभएको हो ।

शीर्ष २४ प्रतिस्पर्धीमा आकृति शाह, आस्रुति सुवेदी, आयुस्नोभा ढुंगाना, ऐश्वर्य शाही ठकुरी, अनुश्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बास्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी, यशस्वी श्रेष्ठ पर्न सफल हुनुभएको छ । 

कार्यक्रममा मिस नेपाल नम्रता श्रेष्ठ, मिस अर्थ सुप्रिया श्रेष्ठ, मिस नेपाल सुप्रा नेशनल सिमल कनौजियाका साथै मिस नेपाल इन्टरनेशनल सन्ध्या शर्माले प्रतिस्पर्धाीहरुलाई स्यास वितरण गर्नुभएको हो ।

यस्तै, आगामी असार ४ गते मिस नेपालको अन्तिम प्रतिस्पर्धासमेत हुने जनाइएको छ ।