• ५ असोज २०८१, शनिबार

बिमान दुर्घटनामा एकै परिवारका सात जना, गाउँ शोकमा

blog

बिमान दुर्घटना परेका धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका गोले परिवार । तस्विरः विजयकुमार साह

ढल्केवर, जेष्ठ १६ गते । मुस्ताङको मानापाथी हिमालको फेदी स्थित थासाङ गाउँपालिका–२ न्याउरिकोटको ल्याङके खोलाको मुहान क्षेत्रमा भएको तारा एयरको विमान दुर्घटनामा एकै परिवारका सात जना रहेको खुलेको छ । 

धनुषाबाट मुक्तिनाथ दर्शनका लागि हिडेका एकै परिवारका सात जना परेपछि धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँ शोकमा डुबेको छ । बिमान दुर्घटनामा १३ जना नेपाली मध्ये सात जना एकै परिवारको रहेको हो । 

उहाँहरुमध्ये ४२ वर्षीय राजनकुमार गोले, राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ्ग, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ्ग, मामा मकरबहादुर तामाङ्ग र माइजू सुकुमाया तामाङ्ग रहनु भएको छ । 

एकै परिवारका उहाँहरु एउटै टोलमा बस्ने सात जना दुर्घटनामा परेसँगै गाउँवासीमा रुवावासी  चलेको छ । 


Author

विजयकुमार साह