काठमाडौं, साउन १६ गते । हास्य टेलिभिजन कार्यक्रम 'कमेडी हब'को ट्रेलर विवादमा तानिएपछि केदार घिमिरे 'माग्ने बुढा'ले माफी माग्नुभएको छ । अन्जानमा आफूहरुबाट गल्ती भएको स्वीकार्दै घिमिरेले दर्शक र शुभचिन्तकको सल्लाह बमोजिम ट्रेलरमा समावेश उक्त दृश्यलाई युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाएको जानकारी दिनुभएको हो । कलाकार घिमिरेले माफी माग्दै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको ‘हामीले प्रसारण गर्दै आइरहेको कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेव महादेवलाई लिएर बनाइएको विषयवस्तुप्रति दर्शक तथा शुभचिन्तकहरुले देखाउनुभएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । अन्जानमै हामीबाट भएको त्रुटिप्रति सम्पूर्ण दर्शकज्यूहरूसमक्ष हामी क्षमा माग्दछौं। साथै हामीले सम्पूर्ण दर्शक, शुभचिन्तक हरुको सल्लाह र परामर्श बमोजिम यो विषयवस्तुलाई युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाइसकेका छौं।’आइतबार साँझ सार्वजनिक १०औँ भागको ट्रेलरमा देखिएको छोटो क्लिपका कारण 'कमेडी हब' र कलाकार केदार घिमिरेको चर्को विरोध भएपछि उहाँले सोमबार माफी माग्नुभएकाे हाे ।
गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग भेटघाट गर्नुभएको छ । पौडेलको निवास बोहोराटारमा भएको उक्त भेटमा समसामयिक राजनीति र पार्टीको संगठन सुदृढीकरणबारे कुराकानी भएको कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाणले जानकारी दिनुभयो ।
घरेलु टोली इङ्ल्यान्डविरुद्ध तीन खेलको सिरिज पाहुना टोली दक्षिण अफ्रिकाले जितेको छ । साउथह्याम्पटनमा आइतबार राति भएको तेस्रो खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई ९० रनले हरायो । यससँगै पाहुना टोली दक्षिण अफ्रिकाले सिरिज २-१ ले जित्न सफल भयो ।
जिल्लाको धुर्कोट गाउँपालिकाले एक हजार ७६७ रोपनी बाँझो जग्गालाई उत्पादन योग्य (कृषि योग्य) जमिनमा परिणत गरेको छ ।
डोटीको दिपायलमा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको शाखा धनगढीमा पनि विस्तार भएको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सोमबार धनगढी उपमहानगरपालिका वडानम्बर ३ मा रहेको शाखा अस्पतालको उद्घाटन गर्नु भएको हो ।
काठमाडौं, साउन १६ गते । मोडल कमल सिंह र ललना चिमरियाबीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिएको 'कसम' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो 'केके अक्टेभ' युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोको सम्पूर्ण छायाङ्कन गौतम बुद्ध जन्मस्थल लुम्विनीभित्र गरिएको छ । यस गीतमा स्वर सा रे गा मा पा बङ्गालका उप-विजेता गायक साईराज खातीको छ । गीतमा शब्द कुमार मिश्रको छ भने सङ्गीत अम्बर तुम्बापो सुब्बाको छ । गीतलाई मोहित मुनालले सङ्गीत संयोजन गर्नुभएको हो । बुद्ध थापाले खिच्नुभएको भिडियोलाई विकास दाहालले सम्पादन गर्नुभएको हो । भिडियोमा प्रकाश धितालको कन्सेप्ट र निर्देशन छ ।
विद्युतिय दुर्घटनामा परी भारतमा कम्तीमा दश जनाको मृत्यु भएको छ । घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् ।
सिन्धुलीको गोलन्जोर गाँउपालिका–६ हैबारस्थित अक्करेभिरमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी ६३ किलोमिटर सडक खण्ड सोमबार बिहानदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका–२ धर्मस्थलीस्थित भीमसेन टोलमा एकै परिवारको चारजनाको शव विभत्स अवस्थामा फेला परेको छ ।
चितवनको रत्ननगर नगरपालिका–८ स्थित बाघमारा क्षेत्रमा बाढीका कारण डुबानमा परेको होटल । लगातार परेको पानीले राप्ती र खगेरी खोलामा बाढी आउँदा यहाँका आधा दर्जनभन्दा बढी होटल तथा रेष्टुरेन्ट डुबानमा परेका छन् ।
म्यानमारका अधिकारीहरुले यहाँको राष्ट्रिय सङ्कटकालीन अवस्थालाई थप छ महिना लम्ब्याएका छन् । म्यानमारको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले आइतबार सो निर्णय गरेको हो ।
लगातारको वर्षाका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी सञ्चालन सुरु भएको छ ।
नेपालमा भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेभएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल भुटानसँग भदौ २१ गते खेल्नेछ ।
फ्रेन्च महारथि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ । इजरायलमा आइतबार राति भएको खेलमा लिनवान प्रतिद्वन्द्वी नान्टेसलाई ४–० गोलले हराउँदै पीएसजी च्याम्पियन बनेको हो ।
आयोजक इङ्ल्यान्डले पहिलो पटक महिला युरोकप फुटबल उपाधि जितेको छ । घरेलु मैदान वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा इङ्ल्यान्डले आठ पटकको च्याम्पियन जर्मनीलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै उपाधि जितेको हो ।