काठमाडौं, १६ साउन । गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग भेटघाट गर्नुभएको छ ।
पौडेलको निवास बोहोराटारमा भएको उक्त भेटमा समसामयिक राजनीति र पार्टीको संगठन सुदृढीकरणबारे कुराकानी भएको कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाणले जानकारी दिनुभयो ।
गहृमन्त्री खाणले भन्नुभयो, ‘‘मुलुकको सुमसामयिक राजनीतिक र पार्टीको सङ्गठन सुदृढीकरण र क्रियाशील बनाउनेबारे कुराकानी भयो ।’’
कांग्रेसमा मनोनयन गर्न बाँकी केन्द्रीय सदस्यको मनोनयन र पार्टीका केन्द्रीय स्तरका विभाग, समिति बनाउने र भ्रातृ संस्थालाई पूर्णता दिने तयारी छ ।